राजविराज मालपोतमा प्रभू बैंकको एक्स्टेन्सन काउन्टर

बैशाख ६, २०७६

सप्तरी – जिल्लाको सदरमुकाम राजविराजस्थित मालपोत कार्यालय परिसरमा प्रभू बैंकको एक्स्टेन्सन काउन्टर कार्यालय सञ्चालनमा आएको छ ।

राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवले एक समारोहबीच बैंकको एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

एक्स्टेन्सन काउन्टरले मालपोत कार्यालयको कामको सिलसिलामा मालपोत कार्यालय राजविराजमा आउने सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलब्ध गराउन थालेको छ । बैंकको एक्स्टेन्सन काउण्टरले सेवाग्राहीहरुले मालपोत कार्यालयलाई बुझाउने राजश्व रकम संकलन गर्नेछ । 

मालपोत कार्यालय राजविराजको परिसरमा सञ्चालनमा आएको बैंकको एक्स्टेन्सन काउण्टरबाट मालपोत कार्यालयले बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ ।

कामको सिसिलामा मालपोत कार्यालयराजविराजमा आउनुहुने सम्पूर्ण सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा पनि टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । 

बैशाख ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस