टाटा मोटर्स नेपालद्वारा सार्कस्तरीय स्किलफेस्ट र टेकफेस्ट २०१९ आयोजना

बैशाख ६, २०७६

काठमाडौं – टाटा मोटर्स नेपालले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर र वर्कशपमा संलग्न प्राविधिकहरूको ज्ञान र सीपको पहिचान र कदर गर्ने उद्देश्यका साथ म्याक लुब्रिकेन्ट्सको सहकार्य मा यही अप्रिल ११ र १२ मा काठमाडौंमा ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ सञ्चालन गरेको छ ।

सार्कस्तरीय प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका तथा भुटानबाट जम्मा १२ जना प्राविधिक तथा १२ जना सेवा सल्लाहकार (हरेक देशका दुवै समूहमा ३–३) सहभागी भएका थिए ।


ADVERTISEMENT

सेवा सल्लाहकारतर्फ नेपालका उज्जवल परियार प्रथम भएका थिए भने नेपालकै राजाराम केसी दोस्रो भएका थिए । तेस्रो पुरस्कार भने बंगलादेशका अब्दुल मलिक र श्रीलंकाका मेलाका पुस्पसराले संयुक्त रुपमा ग्रहण गरेका थिए ।

प्राविधिक वर्गमा नेपालका डेमबहादुर लामा प्रथम हुन सफल भए भने श्रीलंकाका धनुसका कुमारा दोस्रा र बंगलादेशका आलाम्गीर हुसैन तेस्रो भए ।

पुरस्कार वितरण कार्यक्रम काठमाडौंस्थित होटल याक एण्ड यतिमा भएको थियो । दुवै वर्गका पुरस्कार विजेता ३–३ जना प्रतियोगीले भारतको पुणेमा हुने विश्वस्तरीय प्रतियोगितामा सहभागी हुनेछन् ।

सार्कस्तरीय प्रतियोगिता हुनुभन्दा अघि नेपालको प्रतिनिधि छनोटको लागि २ सय ५० सहभागीमध्ये विभिन्न ३ चरणको छनोट प्रतियोगिता पार गरी ३ जना प्राविधिक सार्क राउन्डमा सहभागी हुन योग्य भएका थिए ।

त्यसैगरी ५४ जना सेवा सल्लाहकार सहभागीमध्ये अन्तिम तीनको छनोट भएको थियो । दुवै वर्गको छनोट गर्ने सिलसिलामा लिखित जाँच, अन्तर्वार्ता, गाडीको प्राविधिक त्रुटिको पहिचान लगायत विभिन्न ५ विधिको अवलम्बन गरिएको थियो । कार्यक्रमको आयोजना टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले गरेको थियो ।

बैशाख ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस