×

NMB BANK
NIC ASIA

सगरमाथाको चुचुरोबाट पर्यटन जागरणको उद्घोष

बैशाख ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –मुलुकभरि नै पर्यटन जागरणको सन्देश फैलाउने उद्देश्यले किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

 १३औँ पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाको  नाउँ गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा समेत दर्ज छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वि विल राईज फाउण्डेसन (हामी उठ्ने छौँ) ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ओझेलमा रहेका पर्यटकीय थलोहरुको खोजी गर्ने देशव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिता सञ्चालन गरिरहेको छ । 
 
प्रतियोगीले देशैभरीका ओझेलमा रहेका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुनसक्ने कुनै पनि गाउँठाउँका प्राकृतिक, सांस्कृतिक, भेषभूषा, जातजातिको पहिचान, खानपान, कलालगायतका कुनै एक विषयवस्तुमा केन्द्रित रही अधिकतम पाँच मिनेटसम्मको भिडियो बनाउन सक्नेछन् । कुनै व्यक्ति समूह वा संस्थाले फरक फरक विषयवस्तुमा केन्द्रित रही एकभन्दा बढी भिडियो समावेश गर्न सक्ने प्रावधान छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत जानवरी १ देखि शुरु भएको प्रतियोगिता ३१ मे २०१९ सम्म चल्नेछ ।


Advertisment
Nabil box
Kumari

 देशैभरिबाट भिडियो सङ्कलनार्थ यस फाउण्डेशनले काठमाडौँ, हेटौँडा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ, विरगञ्ज, जनकपुर, इटहरी, विर्तामोड, मोरङ, पोखरा, तनहुँ र भैरहवा गरी सातै प्रदेशका १६ ठाउँमा पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रमको आयोजनासमेत गरिसकेको छ । 
 
राष्ट्रियसभाका सांसद कोमल ओली, भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य, पर्यटन बोर्डका सीइओ दीपकराज जोशी, अल्ट्रा धावक मीरा राई, पूर्वराष्ट्रिय फुटबलर एवं प्रशिक्षक राजुकाजी शाक्य, कलाकार तथा सामाजिक अभियन्ता निर्मल शर्मा, अभिनेत्री श्वेता खड्का, नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, किर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पालगायतले फुर्वालाई बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा भिडियो च्यालेन्ज ‘मेरो गाउँ, मेरो ठाउँ’  अङ्कित झन्डा हस्तान्तरण गरेका हुन् ।
 
सो अवसरमा सांसद कोमल ओलीले नेपालका गाउँठाउँलाई विश्वभर परिचित गराउन यो अभियान अत्यन्तै सान्र्दभिक एवं समय सापेक्ष रहेको उल्लेख गर्दै यसमा सहयोग गर्न सबैमा अपिल गरिन् ।

Vianet communication
Laxmi Bank

भ्रमण वर्ष २०२० का संयोजक वैद्यले यो अभियानको अवधारणा नै उत्कृष्ट रहेकाले भ्रमण वर्ष २०२० पनि यो अभियानसँग जोडिएकाले यसमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वि विल राइज फाउन्डेसनका अप्रेशन निर्देशक अनुप के बरालले भिडियो च्यालेन्ज अभियानले आफ्नो ठाउँको विशेष पहिचानलाई बाहिर ल्याउन सहयोग गर्ने भन्दै अहिलेसम्मको सहभगिताले आफूहरु उत्साहित भएको बताए ।

सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पाले मुलुकको प्रत्येक गाउँठाउँमा पर्यटन जागरण सन्देश फैलाउने अभियानको प्रयास अनुरुप आरोहणको १४औं पटक ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झण्डा सगरमाथाको चुचुरोमा फहराउने प्रतिबद्धता व्यक्त गर्दै यस अभियानले नेपालको पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताए ।
 
देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन् । प्रतिस्पर्धाबाट  छानिएका उत्कृष्ट भिडियोले रु एक लाख नगदसहितको पुरस्कार पाउने छ । दोस्रोले रु ५० हजार र तेस्रो हुनेले २५ हजारको पुरस्कारको पाउने छन् । पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि रु एक लाखकै पुरस्कार पाउने आयोजकले जनाएको छ । 
 
साथै, उत्कृष्ट सम्पादन र लेखनले पनि रु २५/२५ हजारको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ । उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट रु दुई लाखको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने भएका छन् । 
 
कुनै पनि भिडियो नदोहोरियोस् र कसले कुन ठाउँ वा विषय उठान गर्दैछ भन्ने जानकारीका लागि फाउन्डेसनको वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी (www.wwrf.org.np) मार्फत् अनलाइन फारम भर्नुपर्ने हुन्छ । यसपछि आफूले तयार पारेको भिडियो भने गुगल ड्राइभमार्फत सङ्कलन गर्न सकिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x