×

NMB BANK
NIC ASIA

सुर्खेत - राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भेरी-बबई बहुद्देश्यीय आयोजनामा संघ र प्रदेश सरकारबीच विवाद हुने सम्भावना देखिएको छ । वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकारले राखेको बिजुली उपहारको प्रस्ताव सोझै इन्कार गरेपछि दुवै सरकारबीचको विवाद सतहमा देखिएको हो ।

Muktinath Bank

प्रधानमन्त्री ओलीसमक्ष मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिजुली उपहारस्वरुप दिनुपर्ने, प्रभावित क्षेत्रका जनतालाई सिंचाई लगायतका सुविधा दिनुपर्ने र लालपूर्जा वितरण गरिदिनुपर्ने माग राखेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले हुम्ला तथा डोल्पामा भेरीको पानीले सिंचाई गर्न नसकिने बताउँदै जहाँको खेतमा पानी सिंचाई गरेपनि त्यो नेपालकै रहेको बताएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्रीले प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीको भनाइलाई थप सहयोग पुग्ने गरी बोलेको जस्तो देखिएकाले कर्णालीबासी निराश हुनुपरेको सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए ।


Advertisment
Nabil box
Kumari

‘प्रधानमन्त्री ओलीले वैशाख एक गते घोषणा गर्नुभएको नाग्म-रारा सडक कालोपत्रे गर्ने प्रतिबद्धता भुलेका छन् । हामीले सम्झाएका पनि थियौं,' मन्त्री ज्वालाले भने, 'तर कुनै सुनुवाई नै भएन । भेरी-बबई आयोजनामा पनि विवाद आउन सक्छ । संघीय सरकारले तत्काल कर्णालीबासीको चाहना मुताविक काम गर्नुपर्छ ।’

Vianet communication
Laxmi Bank

प्रदेश सरकारले पानी पाँच नम्बरलाई दिएपनि बिजुली भने कर्णालीले पाउनुपर्ने माग राखेको उनको भनाइ छ । ‘प्रदेश सरकारले बिजुली उपहारस्वरुप दिन संघीय सरकारलाई आग्रह गरेको छ,’ उनले भने, ‘उर्जा मन्त्री वर्षमान पुनसँग पनि मेरो कुराकानी भइरहेको छ । आयोजनालाई कसरी लैजाने, प्रदेश सरकारले के लाभ पाउने, कति प्रतिशत कर्णालीको लगानी हुने, प्रभावित क्षेत्रका जनता र पाँच नम्बर प्रदेशका जनताले कति पाउने जस्ता कुराको तत्काल टुंगो लगाउन जरुरी छ । नभए भविष्यमा विवाद हुन सक्ने र त्यसले गलत नजीर बसाल्न सक्ने हुँदा यस सम्बन्धमा संघीय सरकारले बेलैमा ध्यान दिनुपर्ने मैले देखेको छु ।’

मन्त्री ज्वालाले अहिले बबईमा रहेको टिबीएम मेसिनलाई कर्णालीमै अन्य आयोजना निर्माणका लागि लगाउने वातावरण बनाउन सरकारसँग आग्रह गरेको बताए । ‘हामीले डुंगेश्वरदेखि सुर्खेत उपत्यकासम्म सुरुङमार्ग मार्फत पानी ल्याउन सकिने योजना देखाएका छौं,’ उनले भने, 'तर सरकार भने सिन्धुली लैजाने कुरा गरिरहेको छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x