कात्तिक १६, २०८०
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
प्रेम शब्द हामी सबैले सुनेका छौं । सन्त कबीरले प्रेमलाई अढाइ अक्षरे भनेका छन् तर यसभित्रका वर्णसंख्या भने पाँच छन् – प्, र्, ए, म्, अ । युवावर्ग कुनै न कुनै रूपमा परिचित छन् यससित । प्रायः विवाहको प्रमुख माध्यम नै यही बन्दैछ हिजोआज ।
विपरीतलिङ्गीप्रतिको आकर्षणको कारण नै यही हो भन्छन् प्राणीशास्त्रीहरू तर यो विपरीतमा मात्र सीमित भने छैन । यो आफैंमा यस्तो चमत्कार हो जसमा सारा संसार अडेको छ । संसार बनाएको पनि यसैले हो । चलाएको पनि यसैले छ ।
सरसर्ती हेर्दा प्रेम एकले अर्कोप्रति राख्ने भावना हो जस्तो लाग्छ हामीलाई । त्यस्तै गर्दै आएका पनि छौं हामी । तर वास्तविकता त्यो होइन । वस्तुतः प्रेम भनेको आफूले आफैंलाई गर्ने विषय हो । गर्छु भनेर पनि हुँदैन यो र अरूलाई दिन्छु भनेर पनि हुँदैन यसलाई । गर्छु भनेर वा अरूलाई दिन्छु भनेर गर्न थालियो भने नाटकबाहेक केही हुँदैन यो । देख्न त त्यस्तै देखिन्छ । वास्तवमा त्यस्तो हुँदैन । हुन त हो तर होइन भन्नु मनासिब हुनेछ यसलाई दार्शनिक भाषामा । एकले अर्कोलाई गर्ने प्रेम त त्यस्तो शीशाको घर हो जसमा अलिकति ठेस लाग्नेबित्तिकै सबै चकनाचुर हुन पुग्छ ।
महर्षि याज्ञवल्क्यले पति, पत्नी, बुवा, छोरा, आमा र छोरी कसैले पनि कसैलाई प्रेम गरेको हुँदैन भनेका छन् बृहदारण्यक उपनिषद्मा । ‘न वा अरे पत्युकामाय पत्यु प्रियो भवति आत्मनस्तु कामाय पति प्रियो भवति ।’ (बृहदारण्यक उपनिषद् २।५) उनको आशय पनि यही हो । कोही पनि कसैका लागि प्रिय हुँदैनन् अपितु आफ्नै लागि प्रिय हुन्छन् । वास्तविक प्रेम त्यो हो, जुन आफूले आफैंलाई गर्ने गरिन्छ । अरू सबै फोस्रा आडम्बर हुन् । आडम्बरले कसैको पनि भलो गर्दैन । उल्टै दुःखको भार बढाउने काम गर्छ ।
हाम्रो जीवन पनि प्रेम हो । जीवनको स्रोत पनि प्रेम हो । पे्रम समाधिविना न गर्भाधान हुन्छ, न गर्भधारण नै सम्भव छ । प्रेमले नै जन्माएको छ हामीलाई । प्रेमले नै बचाएको पनि छ । सुन्दा आश्चर्य लाग्न सक्छ तर जीवनलीला समाप्त हुँदा पनि प्रेम नै तरङ्गित भइरहेको हुन्छ । महाकालको प्रेम नहुँदो त पुनर्जीवन पाउने नै थिएनौं हामीले । आमाको शिशुप्रतिको प्रेमले उनको स्तनमा दूध भरिन्छ । आमाप्रतिको प्रेमले शिशुलाई उनीप्रति आकर्षित गराउँछ । यही नियम सारा संसारमा लागू भएको हुन्छ । हामी भन्छौं संसार बनाउने, टिकाउने र गिराउने काम प्रकृतिले गर्छ । हो, सबै प्रकृतिकै खेल हो तर त्यसको पनि अन्तर्यमा भने प्रेम नै सल्बलाइरहेको हुन्छ ।
प्रकृति आफैं प्रेमरूप हो, प्रेमको भण्डार हो । अंगअंगमा प्रेम नै प्रेम ओतप्रोत भएको छ उसको । प्रेमले नै उसलाई खेलाएको छ, टिकाएको छ, हँसाएको छ, नचाएको छ । प्रेमविना प्रकृति जड हुन्छ, शुष्क हुन्छ । उसले केही गर्नै सक्दैन । उसलाई सजीव हुन पे्रम नै चाहिन्छ ।
आज संसारमा कोही पनि सुखी छैनन् । सन्तान हुने पनि दुःखी नहुने पनि दुःखी । धनसम्पत्ति हुने पनि दुःखी, नहुने पनि दुःखी । आखिर किन यस्तो ? किनकि हामीले प्रेमको स्वरूप बुझेकै छैनौं । हामी सबै प्रेमबाटै आएका हौं, प्रेमकै खोजमा आएका हौं । युगौंदेखि यही खोज्दै आएका छौं तर खोजको तरिका भने जानेका छैनौं । फलतः हाम्रा प्रयास बालुवामा हालेको पानीबाहेक केही हुन सकिरहेका छैनन् । यस्तै अवस्था रहेमा अब पनि युगौंसम्म यस्तै हुनेछन् । प्रश्न उठ्नसक्छ, त्यसो भए के गर्ने त ? उत्तर यही हो कि केही पनि नगर्ने । आफैंलाई चिन्ने र आफूले आफैंलाई प्रेम गर्ने । यसलाई केही उदाहरणबाट बुझ्ने प्रयास गरौं ।
तपाईं आफैमा तपाईं मात्र होइन, सिंगो ब्रह्माण्डको प्रतिबिम्ब हुनुहुन्छ तपाईं । ‘यत्पिण्डे तद् ब्रह्माण्डे’ भनिएको छ दार्शनिक ग्रन्थहरूमा । ब्रह्माण्ड समष्टि ब्रह्माण्ड हो भने तपाईं व्यष्टि ब्रह्माण्ड हो । जे जति समष्टि ब्रह्माण्डमा छ, ती सबै व्यष्टि ब्रह्माण्ड अर्थात् तपाईंभित्र छ । हावा, पानी, माटो, पशुपन्क्षी, कीटपतंग, बोट, बिरुवा, वनस्पति, मानिस तथा छरछिमेकी, सूर्य, चन्द्र, तारा, नक्षत्र आदि द्यावाभूमिका सबै चीज तथा पदार्थ तपाईंभित्रै छन् । तपाईंको जीवन बनाउने पनि तिनै हुन्, बचाउने पनि तिनै हुन् । यस अर्थमा ती सबै तपाईंकै हो, तपाईं नै हो ।
तपाईंले आफ्ना घरपरिवार तथा छरछिमेकी मात्र होइन, समग्र विश्वब्रह्माण्डमा जे जति देख्दै वा कल्पना गर्दै आउनुभएको छ ती सबै तपाईं नै हो । ती रूपमा मात्र अलग हुन्, सारमा होइनन् । तपाईंको घरअगाडिको पहाड पनि तपाईं, स–साना नदीनालादेखि समुद्र पनि तपार्ईं, हावा पनि तपाईं, माटो पनि तपाईं, बोटबिरुवा पनि तपाईं, सर्प, बिच्छी, माछा र माकुरो पनि तपाईं । मुसा, बिरालो, परेवा र ढुकुर पनि तपाईं, घरपरिवार तथा छिमेकी पनि तपाईं, पृथ्वी पनि तपाईं, आकाश पनि तपाईं, अनि त्यसभित्र रहेका सबैका सबै तपाईं नै हो, तपाईंकै हो । जब विश्वब्रह्माण्डका यावत् पक्ष तपाईं हो भने तिनलाई प्रेम गर्नु भनेको आफैंलाई प्रेम गर्नु हो ।
तपाईंले प्रेम त गर्नुभएको छ तर ती सबै भिन्न दृष्टिले गर्नुभएको छ, आफू अर्कै हो र अरू अर्कै हो भन्ने ठानेर गर्नुभएको छ । फलतः तपाईंको प्रेम कोरा अभिनयबाहेक केही हुन सकिरहेको छैन । तपाईंका हालसम्मका प्रेम सबै विनिमयमा आधारित छन् । तपाईं केही पाइन्छ कि वा दिन्छन् कि भनेर अरूलाई प्रेम गरिरहनुभएको छ । धर्मग्रन्थले पनि यही सिकाएको छ । धर्मगुरुले पनि यही सिकाएका छन् तर यसो गर्दा के हुन्छ थाहा छ ? तपाईंले जे गर्नुभएको छ, अरूले पनि त्यही फिर्ता गर्दै आएका छन् ।
तपाईं केही पाउन्जेल उसलाई प्रेम गर्नुहुन्छ । जब पाउन छाड्नु हुन्छ, उसलाई सके घृणा गर्नु हुन्छ नभए पनि पर त पक्कै पार्नु हुन्छ । अन्ततः उनीहरूले पनि त्यस्तै गर्छन् । विनिमयमा आधारित प्रेमको नतिजा यस्तै हुन्छ । फलतः तपाईं कहिल्यै सुखी र आनन्दित हुन सकिरहनुभएको छैन । जबसम्म यस्तै अवस्था रहन्छ, तबसम्म आनन्द पाउन सक्नुहुने पनि छैन तर जतिबेला सबैलाई आफैं ठानेर प्रेम गर्न थाल्नु हुन्छ त्यसपछि भने केही गर्नै पर्दैन । तपार्इंले चाहेको चीज आफैं प्राप्त हुन थाल्नेछन् ।
अब के गर्ने हो, तपाईंकै हातमा छ । सबैलाई आफैं ठानेर प्रेम गरी सुखी हुने कि भिन्न दृष्टि राखेर आफू अर्कै हो र अरू अर्कै हो भन्ने ठानेर दुःखकै संसार खडा गर्ने हो, रोजाइ तपाईंकै हो । तपाईं आफैं पनि प्रेम स्वरूप हुनुहुन्छ र त्यसैलाई पाउन युगौंदेखि प्रयास गर्दै आउनुभएको पनि छ । त्यसैले जब सबैलाई आफैं ठानेर प्रेम गर्नु हुन्छ, तब सच्चा प्रेम हुन्छ र त्यसैले तपाईंको आवश्यकता पूरा पनि गर्छ र सुखी र आनन्दित पनि बनाउँछ । होइन अहिलेकै अवस्था प्रिय छ भने त्यो पनि केही छैन । गर्न त सक्नुहुन्छ तर तपाईंको प्रेम अभिनयबाहेक केही हुने पनि छैन र तपाईंको जीवन सुखी र आनन्दित हुन सक्ने पनि छैन ।
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...