×

NMB BANK
NIC ASIA

सुर्खेत- कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ को चैत मसान्तसम्म जम्मा १०.२७ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

आर्थिक मामिला तथा योजना मन्त्रालयले शनिवार आयोजना गरेको पत्रकार भेटघाट सम्मेलनलाई सम्बोधन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले चालुतर्फ १६.४८ प्रतिशत खर्च भएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समग्रमा सरकारले ११.९४ प्रतिशत खर्च भएको मन्त्री ज्वालाको भनाइ थियो । ‘मन्त्रालयको खुद अख्तियारी २६ अर्ब २८ करोड ३६ लाख कायम भएको थियो,’ मन्त्री ज्वालाले भने, ‘तीन अर्ब ७ करोड २५ लाख खर्च भएको छ । यसमा चालुतर्फ १ अर्ब  १३ करोड ७६ लाख तथा पुँजीगततर्फ १ अर्ब ९३ करोड ८६ लाख रुपैयाँ खर्च भएको छ ।’


Advertisment
Nabil box
Kumari

उनका अनुसार प्रदेश सभा सचिवालयले २६.१९ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले ५२.१३ प्रतिशत, मुख्यमन्त्रीको कार्यालयले ४.८५ प्रतिशत बजेट खर्च गरेको छ । यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले १५.८५ प्रतिशत बजेट खर्च गर्दा आन्तरिक मामिला तथा कानून मन्त्रालयले ४.९५ प्रतिशत बजेट खर्च गरेको छ । उद्योग, वन तथा वातावरण मनत्रालयले २१.२६ प्रतिशत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ९.३६ प्रतिशत, भौतिक पुर्वाधार मन्त्रालयले ५.३५ प्रतिशत र सामाजिक विकास मन्त्रालयले ११.९४ प्रतिशत बजेट खर्च गरेको मन्त्री ज्वालाको भनाइ छ ।

Vianet communication
Laxmi Bank

जिल्लागत खर्चमा सबैभन्दा बढी मुगु जिल्लामा भएको छ । मुगुले २५.२६ प्रतिशत बजेट कार्यान्वयन गर्दा जुम्लाले भने ६.०७ प्रतिशत बजेट कार्यान्वयन गरेको मन्त्री ज्वालाको भनाइ छ ।

तीन अर्ब घाटा बजेट

मन्त्री ज्वालाले सरकारले २८ अर्ब २८ करोड २८ लाख २८ हजारको महत्वाकांक्षी बजेट ल्याएपनि तीन अर्ब बजेट घाटाको तथ्यांक प्रस्तुत गरे । ‘आन्तरिक ऋण, समानीकरण र समपुरक अनुदानबाट ५-६ अर्ब बजेटको अपेक्षा गरेका थियौं,’ उनले भने, ‘तर संघबाट तीन करोड बजेट कम आएको छ । अब बजेट कार्यान्वयनमा सरकार तीव्रताका साथ लागिरहेको छ ।’

सरकार नयाँ संरचना बनाउनमा अलि बढी व्यस्त हुनुपरेको कारण अपेक्षित बजेट खर्च गर्न नसकिएको उनको स्वीकारोक्ति छ । ‘सडक बिना नै गाडीमा चढेको जस्तो शुरूशुरूमा भएको थियो,’ उनले भने, ‘तर अब हामीले आवश्यक कानून, संरचना निर्माण गरिसकेका छौं । अब हामी बजेट कार्यान्वयनलाई तीव्रता दिन्छौं ।’

'समग्रतामा प्रगति हेरौं'

मन्त्री ज्वालाले सरकार स्थापनाको शुरूआती चरण भएको हुँदा यसको प्रगतिलाई आर्थिक र वित्तीय रूपमा मात्र नहेरी समग्रतामा हेर्नुपर्ने बताए । उनले सरकार सञ्चालनका लागि विभिन्न कानून, ऐन, कार्यविधि, मापदण्डा, निर्देशिका बनाएर बजेट कार्यान्वयनमा सरकार अघि बढिरहेको बताए ।

‘अहिले हामीलाई करारमा कर्मचारी नियुक्त गर्न सरकारले अनुमति दिएको छ,’ उनले भने, ‘कर्मचारी नियुक्त गर्ने र त्योबाट पनि बजेट खर्च गर्न नसके स्थानीय तहसँग सम्झौता गरेर भएपनि बजेट कार्यान्वयन गर्ने तयारीमा सरकार छ ।’

स्थानीय तहले राजश्व दिएनन् : सचिव निरौला

मन्त्रालयका सचिव ढुण्डि प्रसाद निरौलाले स्थानीय तहले अहिलेसम्म एक रुपैयाँ पनि राजश्व सरकारलाई नदिएको बताए । ‘ढुंगा, गिट्टी, बालुवा दहत्तर बहत्तरबाट स्थानीय तहले संकलन गरेको राजश्वबाट प्रदेश सञ्चिती कोषमा ४० प्रतिशत  जम्मा गर्नुपर्ने कानूनी प्रावधान छ,’ उनले भने, ‘तर अहिलेसम्म कुनै पनि स्थानीय तहले राजश्व जम्मा गरेको छैन । जसका कारण राजश्व ३० करोड मात्रै संकलन हुने अपेक्षा सकिन्छ ।’ उनले दक्ष कर्मचारी अभाव भएका कारण पनि सरकारले सोचेजस्तो काम गर्न नसकेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x