×

NMB BANK
NIC ASIA

सन्दीप बने 'स्टाइलिस प्लेयर अफ दि म्याच'

बैशाख ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी-१२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलावेन पन्जाबलाई ५ विकेटले पराजित गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१६४ रनको मध्यम लक्ष्य दिल्लीले खेल सकिन २ बल बाँकी छँदै ५ विकेटको क्षतिमा भेट्टायो । 


Advertisment
Nabil box
Kumari

दिल्लीका लागि श्रेयस अयरले सर्वाधिक नटआउट ५८ रन बनाउँदा शिखर धवन ५६ रनमा पेभेलियन फर्के । 

Vianet communication
Laxmi Bank

त्यस्तै कोलिन इन्ग्रामले १९ रन जोड्दा पृथ्वी शले १३ रनको योगदान दिए । 

बलिङतर्फ पञ्जाबका लागि हार्डुस विलजोएनले दुई तथा मोहम्मद शामीले एक विकेट लिए । 

यसअघि पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । 

पञ्जाबका लागि क्रिस गेलले सर्वाधिक ६९ रन बनाउँदा मन्दिप सिंहले ३० रन जोडे । 

सन्दीप लामिछानेले पञ्जाबविरुद्ध पुरै ४ ओभर बलिङ गर्दै ३ विकेट लिए । सन्दीपले ४० रन खर्चिएर ३ विकेट लिएका हुन् ।

त्यस्तै कागिसो रबाडा र अक्षर पटेलले समान दुई-दुई विकेट लिए । 

यो दिल्ली क्यापिटल्सको छैंटो जीत हो । दिल्लीले १० खेलमा १२ अंक जोडेको छ । दिल्ली अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । 

चौथो स्थानमा रहेको पञ्जाबको १० खेलबाट १० अंक जोडेको छ । 

सन्दीप बने 'स्टाइलिस प्लेयर अफ दि म्याच'

पूरा ४ ओभर बलिङ गरेका सन्दीप रनको हिसाबको महंगो सावित भएपनि सफल भने रहे । ४० रन खर्चिँदै उनले आफ्नो बलमा तीन उत्कृष्ट ब्याट्म्यानलाई पेभेलियनको बाटो देखाए । त्यसक्रममा उनले पञ्जाबका क्रिस गेल, लोकेश राहुल र साम करणलाई आउट गरे । 

'स्टाइलिस प्लेयर अफ दि म्याच' बनेका सन्दीपले एक लाख भारु पुरस्कार पाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x