×

NMB BANK
NIC ASIA

नेपालीबाहेकका विषय अङ्ग्रेजीमा अध्ययनअध्यापन हुने

बैशाख ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रेपलाञ्चोक- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामुदायिक विद्यालयमा नेपालीबाहेक सबै विषय अङ्ग्रेजीमा अध्ययनअध्यापन गराउन गृहकार्य गर्नेबारे सोचिरहेको बताउनुभएको छ ।  

Sagarmatha Cement
Muktinath Bank

    बनेपा नगरपालिका–१ सिमलडाँडास्थित महाङ्काल आधारभूत विद्यालयको नवनिर्मित नौकोठे चार  भवन उद्घाटन एवं हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “नेपालीबाहेकका सबै विषय अङ्ग्रेजीमा शिक्षण गराउने प्रक्रियाअन्तर्गत आउँदो वर्ष नर्सरीदेखि नै अङ्ग्रेजीमा कक्षा सञ्चालन गर्नेबारे अहिलेदेखि नै गृहकार्य गर्न हामी सोचिरहेका छौँ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    उहाँले शिक्षकलाई अङ्ग्रेजी विषयमा शिक्षण गर्नका लागि तयार रहन आग्रह गर्नुभयो । “तपाईंहरु अङ्ग्रेजीमा शिक्षण गर्न तयार हुनुहोस्,” उहाँले भन्नुभयो, “सरकार शिक्षामा आमूल परिवर्तन गर्ने तयारीमा छ, अङ्ग्रेजीबाट पढाउन सक्दिन भनेर अब सुख पाइन्न ।” आफ्ना बालबालिका निजी विद्यालयमा पढाएर शिक्षा महँगो भन्नु हास्यास्पद भएको उहाँको धारणा थियो । 


Advertisment
Nabil box
Kumari

    मन्त्री बाँस्कोटाले शिक्षामा सुधारको पहिलो खुड्किलो भौतिक पूर्वाधार रहेको बताउँदै भन्नुभयो, “हामी पहिलो चरणमा सुविधासम्पन्न भवन बनाउने छौँ, त्यसपछि शिक्षामा गुणस्तर ल्याउनेछौँ ।” सामुदायिक विद्यालयका शिक्षकले सामुदायिक विद्यालयमै पढाउनुपर्ने नीति बनाउन छुट्टै कानून बनाउन लागिएको उहाँले बताउनुभयो । 

Vianet communication
Laxmi Bank

    मन्त्री बाँस्कोटाले आजै बनेपा नपा–१० जनागालस्थित जनज्योति माविकोे नवनिर्मित आठकोठे दुई भवन उद्घाटन एवं हस्तान्तरण गर्दै ‘सरकारी लगानी, बालुवामा पानी’ हुन नदिइने जिकिर गर्नुभयो । “नेपालमा दुईथरी शिक्षा सम्भव छैन, अब सबै नेपाली बालबालिकाले एउटै शिक्षा ग्रहण गर्नेछन्,” उहाँले भन्नुभयो । 

    मन्त्री बाँस्कोटाले फरक प्रसङ्गमा सन् २०२२ सम्ममा नेपाललाई अल्पविकसित मुलुकको सूचीबाट हटाउने गरी विकासका काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार सत्य र न्यायका निम्ति कहिल्यै झुक्दैन, खराब कामको विरुद्ध लाग्दा बरु हजार बार आलोचना खेप्न तयार छ ।” उहाँले आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बढाइने पनि बताउनुभयो ।  

    सो अवसरमा प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईंले जस्तोसुकै चुनौती आए पनि सरकार शिक्षा, कृषि, स्वास्थ्य, सडक, खानेपानी र बिजुलीको विकासमा दत्तचित्त रहने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले सामुदायिक विद्यालयप्रति सकारात्मक रहन आग्रह गर्नुभयो । बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादेले शिक्षकले कर्तव्य भुल्न नहुने बताउँदै लापर्वाही गरे नगरपालिकाले कार्वाही गर्ने चेतावनी दिनुभयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x