×

NMB BANK
NIC ASIA

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेपछि भर्ना रोकियो

बैशाख ९, २०७६

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

मुग्लिन- 'विद्यार्थीको संख्या बढाउँछौं, अंग्रेजी माध्यममा पढाइ शुरू गर्दैछौं भन्दा कहाँबाट विद्यार्थी ल्याउँछौ भनेर आशंका व्यक्त गरियो । अहिले भर्ना नै रोक्नु परेको छ,' यो भनाइ हो चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङका शिक्षक भविश्वर गुरुङको । 

Sagarmatha Cement
Muktinath Bank

यस शैक्षिक सत्र २०७६ बाट नर्सरी केजी र कक्षा १ मा विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन शुरू गरेको छ । नर्सरी केजी र कक्षा १ मा पहिलो वर्ष २०-२० जनाको भर्ना लिने उद्देश्य लिएकामा समय अगावै कोटा पुगेपछि सूचना जारी गरेरै भर्ना रोकिएको शिक्षक गुरुङले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्य बालबालिकाहरुलाई त यस विद्यालयमा वञ्चित गरियो नि ? भन्ने प्रश्नमा उनले भने, 'हाम्रो अन्य बालबालिकालाई बञ्चित गर्ने उद्देश्य होइन, पहिलो वर्ष विद्यालयको भौतिक संरचना र जनशक्तिले धान्न सक्ने मात्र भर्ना गरेका हौं । विद्यार्थीको संख्या थुर्पानुभन्दा पनि गुणात्मक शिक्षामा ध्यान दिनुपर्छ ।' विद्यालयको थप भौतिक पूर्वाधार निर्माणपछि आगामी वर्षबाट यस विद्यालयमा अध्ययन गर्न चाहने सबै बालबालिकाको भर्ना लिने उनले बताए ।  


Advertisment
Nabil box
Kumari

उनका अनुसार नर्सरी केजी र कक्षा १ मा सबै बालबालिकालाई भर्ना लिँदा प्रत्येक कक्षामा ३० भन्दा धेरै बालबालिका हुन्छन् । उक्त संख्या विद्यालयको भौतिक र जनशक्तिले धान्न सक्दैन । कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा अन्य कक्षामा भने भर्ना रोकिएको छैन । गतवर्ष १०३ जना बालबालिका भर्ना भएका थिए । 

Vianet communication
Laxmi Bank

यस वर्ष १४० जना पुर्‍याउने लक्ष्य लिएको छ । निजी विद्यालयले चर्को शुल्क लिएर दिने शिक्षाभन्दा कमी नहुने विद्यालय व्यवस्थापन समिति र शिक्षकले अभिभावकसँग प्रतिबद्धता गरेको छ । 

प्रधानाध्यापक गुरुङका अनुसार निजी विद्यालयमा पठनपाठन हुने पाठ्यपुस्तक नै प्रयोग गरिनेछ भने सवारी भाडा बाहेक विद्यार्थीले अन्य शुल्क तिर्नुपर्ने छैन । विद्यालयले व्यवस्थापन गर्ने सवारी भाडा दर पनि अभिभावकले नै निर्धारण गर्ने गुरुङले जानकारी दिए ।   

यसैबीच विसं २०६६ देखि नै अंग्रेजी माध्यममा  पठनपाठन भइरहेको वडा नं–५ मा रहेको त्रिवेणी बराह माध्यमिक विद्यालयमा यसवर्ष पनि विद्यार्थीको भर्ना संख्या बढेको छ । विगतका वर्षमा जस्तै यसवर्ष पनि निजी विद्यालयबाट समेत विद्यार्थी उक्त विद्यालयमा भर्ना हुन आएको प्रधानाध्यापक युवराज लामाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x