जिल्ला अध्यक्षहरूको सूची हेरेपछि बाहिरिए माधव नेपाल !

फाइल फोटो
बैशाख ९, २०७६

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको ७०औं वार्षिकोत्सव तथा नेकपा जिल्ला कमिटी एकता घोषणा कार्यक्रमबाट वरिष्ठ नेता माधवकुमार नेपाल बाहिरिएका छन् ।

पार्टीको एकीकृत जिल्ला कमिटी अध्यक्षहरूको सूची बाहिरिएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै नेता नेपाल प्रज्ञा भवनस्थित कार्यक्रम स्थलबाट बाहिरिएका हुन् । 


ADVERTISEMENT

त्यसो त आइतवार सूचीलाई अन्तिम रूप दिने क्रममा नेकपा महासचिव विष्णु पौडेलले नेता नेपालसँग बालुवाटारमा गोप्य छलफल गरेका थिए ।

वरिष्ठ नेता नेपालकै सहमतिमा सूचीलाई अन्तिम रूप दिएको भनिएको थियो । आइतवार बेलुका सचिवालयले त्यसलाई अनुमोदन समेत गरेको थियो ।

पढ्नुहोस्, यो पनि :

यी हुन् नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव [नामावलीसहित]

बैशाख ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस