×

NMB BANK
NIC ASIA

जनकपुरधाम - नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'को जिल्ला कमिटी एकता घोषणा सोमवार प्रज्ञा भवन कमलादीबाट भयो ।

Muktinath Bank

केन्द्रमा एकीकरण भएको झण्डै एक वर्ष बित्न लाग्दा जिल्ला तहमा दुवै पार्टी अलग-अलग अस्तित्वमा थिए । सोमवारबाट भने ७७ वटै जिल्लामा नेकपाको एकीकृत कमिटी बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी एकता अघिका अध्यक्षहरूमध्ये एक जनालाई अध्यक्ष र एक जनालाई सचिव बनाएर एकता प्रक्रिया टुंग्याइएको हो ।


Advertisment
Nabil box
Kumari

पूर्व एमालेले अध्यक्ष पाएको जिल्लामा पूर्व माओवादीका तत्कालीन जिल्ला अध्यक्ष सचिव बनेका छन् भने पूर्व माओवादीले अध्यक्ष पाएको जिल्लामा पूर्व एमालेका तत्कालीन जिल्ला अध्यक्ष सचिव बनेका छन् ।

Vianet communication
Laxmi Bank

सिराहामा अन्योल !

जिल्ला कमिटी एकता घोषणा भएर सूची सार्वजनिक हुँदा सिराहामा एक किसिमको अन्योल पैदा भयो ।

सिराहामा पूर्व माओवादीका जिल्ला अध्यक्ष रामकुमार यादव नेकपाको जिल्ला अध्यक्ष बनेका छन् ।

सचिवमा पूर्व एमालेका जिल्ला अध्यक्ष प्रमोदकुमार यादवको नाम हुनुपर्ने हो, तर नेकपाद्वारा सोमवार सार्वजनिक सूचीमा 'प्रमोदनारायण यादव' नाम लेखिएको छ ।

सिराहामा नेकपामै प्रमोदनारायण यादव नाम गरेका व्यक्ति पनि छन् ।

एमाले र माओवादी एकता घोषणा हुनुअघि नेकपा (क्रान्तिकारी) नामको एउटा पार्टी एमालेमा बिलिन भएको थियो । प्रमोदनारायण सोही पार्टीका अध्यक्ष थिए ।

एमाले-माओवादी एकतापछि बनेको केन्द्रीय कमिटीमा पनि उनले स्थान पाए । उनी हाल नेकपाका केन्द्रीय कमिटी सदस्य हुन् ।

नेकपाका जिल्ला अध्यक्ष र सचिवहरूको सूची सार्वजनिक भएपछि पूर्व एमालेका जिल्ला अध्यक्ष रहेका प्रमोदकुमार झस्किए ।

उनी सिराहा एमालेका लोकप्रिय नेता हेमनारायण यादवका छोरा हुन् । बुवाको हत्या भएपछि राजनीतिमा आएका प्रमोदकुमार हाल प्रदेशसभा सदस्य समेत छन् ।

केन्द्रमा भएको सहमति अनुसार सचिवमा नाम आफ्नो हुनुपर्ने हो, तर अर्कै नाम आएपछि उनी झस्किए ।

'पूर्व एमालेको जिल्ला अध्यक्ष भएकाले मेरो नाम हुनुपर्ने हो,' लोकान्तरको सम्पर्कमा आएका प्रमोदकुमारले भने, 'यदि प्रमोदनारायणजी नै सचिव बन्नुभएको हो भने पनि ठीकै छ ।'

यता केन्द्रीय कमिटी सदस्य प्रमोदनारायण यादवले भने आफू जिल्ला सचिव नबन्ने बताए ।

'टाइप मिस्टेक भएको हुनसक्छ,' उनले भने, 'म त पोलिटब्यूरोका लागि लबिइङमा छु, जिल्ला सचिवका लागि मेरो सिफारिस पनि गएको छैन ।'

जिल्ला सचिव प्रमोदकुमार यादव नै रहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x