कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
गोखरा – नेपाली कांग्रेसबाट निर्वाचित गोरखाको शहीद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरणबाबु श्रेष्ठले आफ्नो तलब भत्तावापतको रकम शैक्षिक क्षेत्रको विकासमा खर्च गरेका छन् ।
वडाध्यक्ष श्रेष्ठले पद सम्हालेदेखि अहिलेसम्मको करीब १६ महिनाको तलब भत्ताको रकम वडाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि खर्च गरेका हुन् ।
वडाभित्रका सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पढाइ शुरू गर्ने निर्णय भएपनि आर्थिक समस्याका कारण कक्षा सञ्चालन गर्न अप्ठ्यारो भएपछि उनले आफ्नो सेवासुविधा विद्यालयलाई उपलब्ध गराएका हुन् ।
‘१६ महिनाको २ लाख ८८ हजार रुपैयाँले ३ विद्यालयका बालबालिकालाई निःशुल्क अंग्रेजी माध्यमको पुस्तक उपलब्ध गराउन पुग्ने रहेछ,’ उनले भने, ‘मैले यस्तो अभियान आफैंबाट थालनी गर्नुपर्छ भनेर सहयोग गरेको हूँ ।’
वडाध्यक्ष श्रेष्ठले वडाभित्रका शहीद स्मृति माध्यमिक विद्यालय, चण्डिका आधारभूत विद्यालय र शहीद लखन थापा प्रावि गरी ३ विद्यालयका विद्यार्थीका लागि उक्त रकमले अंग्रेजी माध्यमको पुस्तक उपलब्ध गराउन पुगेको भए पनि अझै २ विद्यालयमा रकमको अभाव भएको बताए ।
‘स्कूल व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक सबैलाई बोलाएर छलफल गरी अंग्रेजी माध्यममा लैजानुपर्छ भनेर निर्णय भयो,’ उनले भने, ‘कार्यान्वयनका लागि रकम जुटाउन भने समस्या भयो ।’
अहिले जारी भर्ना अभियानका क्रममा समेत वडा कार्यालयले सबै बालबालिकालाई निःशुल्क अंग्रेजी माध्यमको पाठ्यपुस्तक दिने, पोशाक तथा खाजा उपलब्ध गराउने भन्ने प्रतिबद्धता गर्दै आएको उनले बताए ।
पछिल्लो समय सामुदायिक विद्यालयमा अभिभावक र बालबालिकाको आकर्षण घट्दै गएकाले उनीहरूमा हौसला प्रदान गर्न पनि वडा कार्यालयले यस्तो अभियान सञ्चालन गरी भर्ना गराउँदै आएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...