×

NMB BANK
NIC ASIA

डेनमार्कका सबभन्दा धनी व्यक्तिका ३ छोराछोरी श्रीलंका आक्रमणमा मारिए

बैशाख १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – श्रीलंकामा आइतवार भएको शृंखलाबद्ध बम विस्फोटमा मर्नेको संख्या ३१० पुगेको छ । घटनामा ३० भन्दा बढी विदेशी नागरिक पनि मारिएका छन् । 

Muktinath Bank

डेनमार्कका सबभन्दा धनी व्यक्ति एन्डर्स पोव्सलेनका चारमध्ये तीन सन्तान पनि मारिएका छन् । पोव्सलेनका प्रवक्ताले यसको पुष्टि गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एन्डर्स र उनकी पत्नीले यस विषयमा केही पनि बताएका छैनन् । एन्डर्स र उनका परिवारको निजतालाई विचार गरेर धेरै प्रश्न नसोध्न मिडियालाई अपील गरिएको छ । 


Advertisment
Nabil box
Kumari

एन्डर्सका चारै सन्तान श्रीलंकामा ईस्टरको बिदा मनाउन गएका थिए । त्यहाँ घुम्दै गर्दा एन्डर्सकी छोरी एल्माले इन्स्टाग्राममा एस्ट्रिड, एग्नेस र आल्फ्रेडसँग स्विमिङ पूलमा बसेको फोटो शेयर गरेकी थिइन् । 

Vianet communication
Laxmi Bank

पावल्सन आफ्ना परिवारका सदस्यको सुरक्षाका विषयमा एकदमै चिन्तित रहन्थे । उनी आफ्ना सन्तानलाई चिनिने ठाउँमा जान दिँदैनथिए । 

पावल्सनको यो चिन्ताको कारण दुईवटा थिए । सन् १९९८ मा कर्ट हानसेन नामक एक अपराधीले उनका आमाबुवालाई निकै हैरान लगाएको थियो । उसले उनीहरूको हत्या गरिदिने धम्की दिएको थियो । पछि उसलाई प्रहरीले पक्राउ ग–यो । 

सन् २००३ मा चाहिँ पावल्सनका एक पारिवारिक मित्रलाई भारतमा अपहरण गरियो । अपहरणकारीले उनलाई पावल्सनको नातेदार ठानेर फिरौती मागेका थिए । पछि उनलाई प्रहरीले मुक्त गराएको थियो । 

अघिल्लो वर्षको फोर्ब्स पत्रिकाको धनीहरूको सूचीमा एन्डर्स २५२औं स्थानमा थिए र उनको सम्पत्ति ७.९ अर्ब डलर छ । स्कटल्यान्डको लगभग १ प्रतिशत जमीन उनकै नाममा छ । उनी र उनकी पत्नी एनको नाम स्कटिश हाइल्यान्ड्समा दुई लाख एकड जमीन छ । उनले आगामी पुस्ताका लागि यति धेरै जमीन किनेका थिए । 

यसैगरी आक्रमणमा परी एक बेलायती नागरिक बेन निकोल्सनकी पत्नी अनिता, छोरा एलेक्स र छोरीको पनि मृत्यु भएको छ । अनिता शांग्रिला होटलमा बसेकी थिइन् । त्यहाँ दिउँसोको खाजा खान उनले दुई सन्तानलाई पनि लगेकी थिइन् । 

बिहान पौने ९ बजे उनीअगाडि उभिएको मानिसले आत्मघाती बम विस्फोट गरिदिए । तीव्र विस्फोटपछि बेनले घटनास्थलमा पत्नी र छोरीको क्षतविक्षत लाश भेटे । छोराको लाश उनले पोस्टमोर्टम हाउसमा मात्र चिन्न सके ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x