×

NMB BANK
NIC ASIA

यस्तो बन्यो सैनिक मुख्यालय, राष्ट्रपति भण्डारीले गरिन् उद्घाटन

बैशाख १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित जङ्गी अड्डा भवनको मंगलवार उद्घाटन गरेकी छन् । सैनिक मुख्यालयमा जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ भवनको उद्घाटन गरेकी हुन् । उनी नेपाली सेनाका परमाधिपति हुन् ।

Sagarmatha Cement
Muktinath Bank

गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङ्गबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो । विसं २०७३ जेठ २४ गते निर्माण शुरू भएको उक्त भवन दुई वर्ष १० महिनामा तयार भएको हो । भवन निर्माणका लागि दैनिक ४०० जनशक्ति अहोरात्र खटिएका थिए ।  सैनिक मुख्यालयको नयाँ भवन निर्माण गर्न प्राधिकरणमार्फत सरकारले तीन अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्घाटनपछि आयोजित समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार पुनःनिर्माणको अभियानलाई कसरी अघि बढाउन चाहन्छ भन्ने दृष्टान्तका रुपमा जङ्गी अड्डा भवन निर्माण भएको बताए । रक्षामन्त्री पोखरेलले भने, 'राष्ट्रिय महत्वका विभिन्न राजमार्गको निर्माण समयमै सम्पन्न गरेर राज्यले दिएको जिम्मेवारीलाई सेनाले समयमै पूरा गर्दै आएको छ, प्राकृतिक प्रकोप र विपद् व्यवस्थापनका घटनापछिका उद्धार र राहतका काममा पनि सेनाले क्रियाशील र जिम्मेवार ढङ्गबाट कार्यसम्पादन गरेको हुँदा सबैबाट प्रशंसा र धन्यवाद पाउँदै आएको छ ।'


Advertisment
Nabil box
Kumari

उक्त भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ कार्यालय सञ्चालन हुनेछ । अलग-अलग सात भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लो छ । सैनिक मुख्यालयको सङ्गठन संरचनानुसारको सुविधा उपलब्ध गराउने हेतुले सरकारले आधुनिक र प्रविधियुक्त भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

Vianet communication
Laxmi Bank

सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले गोरखा भूकम्पबाट क्षति भएपछि जङ्गी अड्डाका काम चौरमा पाल टाँगेर गर्नुपरेको घटना सुनाउँदै जङ्गी अड्डा भवन निर्माणसँगै सेनाको पूर्वाधार निर्माणमा व्यावसायिकता र कार्यदक्षता अभिवृद्धि हुने बताए ।  

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछि भइरहेको पुनःनिर्माणको कामको नमूनाका रूपमा सैनिक मुख्यालय भवन रहेको बताए । उनले भने, 'भूकम्पमा क्षति भएका सात लाख निजी घरमध्ये हालसम्म ५० प्रतिशत घर बनिसकेको, ३० प्रतिशत निर्माणाधीन अवस्थामा रहेको तथा २० प्रतिशत लाभग्राहीलाई परेको अप्ठेरो सुल्झाउने क्रममा रहेका छन् ।'

आवश्यकतानुसार छाना (छत)मा हेलिकप्टर अवतरण गराउन मिल्ने गरी निर्माण गरिएको उक्त भवनमा विभिन्न बैठक कक्षसहित ५०० व्यक्ति अटाउने क्षमताको सम्मेलन कक्षसमेत छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट जङ्गी अड्डासहित नेपाली सेनाका एक हजार १०९ भौतिक संरचनाम क्षति पुगेको थियो । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x