मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड अभिनेता अक्षय कुमारसँग अनौपचारिक अन्तर्वार्ताका क्रममा मनका रहस्य खोलेका छन् ।
मोदीले बाल्यकालका याददेखि लिएर रिसमाथि नियन्त्रण, पारिवारिक सम्बन्ध र जिन्दगीको दर्शनका विषयमा खुलेर कुरा गरे । राजनीतिमा आउने र प्रधानमन्त्री बन्ने सपना आफूले नदेखेको उनले बताए ।
उनले भने, ‘मैले सानो जागिर खाएको भए पनि आमाले सबैलाई सक्खर खुवाउनुहुन्थ्यो होला । त्यस्तो परिवारबाट म आएको हो । देशले मलाई यति धेरै प्रेम कसरी दियो भनी म कहिलेकाहीँ आश्चर्यमा पर्छु ।’
पढ्ने सोख र सेनामा भर्ती हुने प्रश्नमा मोदीले भने, ‘बाल्यकालमा मलाई खुबै किताब पढ्न मन लाग्थ्यो । गाउँको पुस्तकालयमा गएर किताब पढिबस्थें । अनि सेनाका जवानहरूलाई चीनसँगको युद्धका बेलामा ठूलो सत्कार गरिएको देखें । पछि म रामकृष्ण मिसनमा गएँ र नयाँ नयाँ अनुभव बटुलें । हिमालयमा पनि म घुमें । मनमा उठ्ने प्रश्नको जवाफ दिँदै कताकता पुग्दै म प्रधानमन्त्री पदमा आइपुगें ।’
रिस उठ्ने विषयमा मोदीले भने, ‘१८ देखि २२ वर्षको उमेरसम्म प्रापत प्रशिक्षणमा रिस नियन्त्रण गर्ने कुरा पनि सिकें । म कठोर छु, अनुशासित छु । म कसैलाई पनि हेपेर काम गर्दिनँ । सहयोग गर्ने हिसाबमा काम गर्छु । दबाब त छ तर म त्यसलाई विभाजन गरिदिन्छु । कहिलेकाहीँ मनभित्रको क्रोध अनुहारमा झल्किन्छ । म एकान्तमा कागज लिएर बस्थें र परिस्थितिलाई कागजमा उतार्थें र त्यो कागज च्यातेर फालिदिन्थें । तैपनि मन शान्त नभए फेरि लेख्थें । त्यसबाट म आफैं पनि थाहा पाउँथें, म पनि गलत रहेछु ।’
कठोर भएको भन्ने प्रश्नमा मोदीले आफ्नो बारेमा बनाइएको छवि ठीक नभएको बताए । उनले भने, ‘कसैले एकदमै धेरै काम गर्नुपरेको भन्छ भने त्यो साँचो हो तर म कसैलाई दबाब दिन्छ । म कामको संस्कृति विकसित गर्न खोज्दैछु र आफैं पनि काममा खटिन्छु । कसैमाथि अनुशासन थोपर्दैमा कठोर देखिइँदैन । मसँग बैठक गर्दा मानिसहरू आफैं नै मोबाइल नलिइकन आउँछन् ।’
विपक्षी दलहरूसँगको सम्बन्धमा कुरा गर्दा मोदीले आफूलाई ममता बनर्जीबाट उपहार आउने गरेको बताए । उनले भने, ‘विपक्षी दलमा मेरा थुप्रै साथी छन् । म उनीहरूसँग खाना पनि खान्छु । म गुजरातको मुख्यमन्त्री नहुँदै काम परेर संसद् गएको थिएँ र गुलाम नबी आजादसँग गफ गरिरहेको थिएँ । एक पत्रकारले मलाई राष्ट्रिय स्वयंसेवक संघको सदस्य भएर गुलाम नबीसँग कुरा गर्ने विषयमा कुरा सोधे । गुलाम नबीजीले सबै दलका मानिस परिवार जसरी जोडिएको बताए । ममता बनर्जी त मलाई वर्षको एकपटक कुर्ता छानेर पठाउँछिन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसीनाजी मलाई ढाकाबाट मिठाई पठाउँछिन् । ममता दिदीले यो कुरा थाहा पाएपछि मलाई पनि मिठाई पठाउँछिन् ।’
फिल्म कत्तिको हेर्नुहुन्छ भन्ने प्रश्नमा उनले व्यस्तताका कारण खासै फिल्म हेर्न नपाएको बताए । गुजरातको मुख्यमन्त्री हुँदा अमिताभ बच्चनको फिल्म पा हेरेको उनको भनाइ थियो ।
एजेन्सी
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...