×

NMB BANK
NIC ASIA

आठौं राष्ट्रिय खेलकुद : नेपाली खेलकुदको युग परिवर्तन

बैशाख ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राँझा- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक रूपमा बुधवार सम्पन्न हुँदैछ । पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार र खेल समावेशका आधारले आठौं प्रतियोगितासँगै नेपाली खेलकुद नयाँ युगमा प्रवेश गरेको छ ।
 
राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले आफ्नै पूर्वाधारमा पहिलोपटक प्रतियोगिता गर्न सफल भएकाले ऐतिहासिक भएको बताए । 'सीमित साधनस्रोतका बीचमा हामीले आफ्नै पूर्वाधारमा विवादरहित ढङ्गले हामीले प्रतियोगिता सम्पन्न गर्दैछौं,' उनले भने, 'आठौंको भव्य उद्घाटन समारोह, अत्याधुनिक भौतिक पूर्वाधार र खेलाडीको उत्साह हेर्दा नेपाली खेलकुद नयाँ युगमा प्रवेश गरेको छ ।'

Sagarmatha Cement
Muktinath Bank

प्रतियोगिता विभिन्न ठाउँमा गर्दा खेलाडीलाई केही असहज भएता पनि राष्ट्रिय खेलकुदका अवसरमा पहिलोपटक प्रदेश नं ५ का विभिन्न जिल्लामा धेरै खेलकुदका पूर्वाधार बन्न सकेको उनले बताए । प्रदेश खेलकुद विकास समिति अध्यक्ष भीम वलीले प्रतियोगिताले नेपाली खेलकुदलाई नयाँ युगमा प्रवेश गराएको बताए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'खेलकुद परम्परा र संस्कृति जगेर्नाको रुपमा मात्र खेलिँदै आएको थियो,' उनले भने, 'तर हामीले करोडौंको भौतिक पूर्वाधार निर्माण गरैर साँच्चिकै नेपाली खेलकूदको युग परिवर्तन गर्न सफल भएका छौं ।' उनले काठमाडौंमा समेत खेलकुदका भौतिक पूर्वाधार नभएको अवस्थामा प्रदेश नं ५ मा खेलकूदका लागि आधुनिक पूर्वाधार तयार गरिएको जानकारी गराए । 


Advertisment
Nabil box
Kumari

नेपालगञ्ज रङ्गशालामा बनेको अत्याधुनिक भीआईपी प्यारापिट, रङ्गशालामा नै वर्मुडा दुवै अन्तर्राष्ट्रिय मापदण्डका फुटबल मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज र एथलेटिक्स ट्र्याक र जुडोहल निर्माण भएका छन् भने बाँकेकै कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खजुरामा भलिबल रङ्गशाला निर्माण भएका छन् ।

Vianet communication
Laxmi Bank

बाँकेसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र केही प्रतियोगिता काठमाडौं, ललितपुर र पोखरामा भएको प्रतियोगितामा ३५ खेलमा करीब पाँच हजार खेलाडीको सहभागी भएका थिए । उपराष्ट्रपति नन्दबहादुर पुनले आज साँझ भव्य समारोहका बीच नेपालगञ्जस्थित  रङ्गशालामा समापन गर्ने कार्यक्रम रहेको प्रदेश खेलकुद विकास समितिका अध्यक्ष वलीले जानकारी दिए । 

गत चैत २७ गतेबाट खेल शुरु गरिए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रङ्गशालामा भव्य समारोहका बीच गरेका थिए । समापन समारोहमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र जनप्रतिनिधिलगायतको सहभागिता हुनेछ । प्रतियोगिताको अन्तिम दिन आज फुटबल, भलिबल र पौडीका मात्र फाइनल खेल हुनेछन् ।
 
फुटबलको फाइनलमा नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । यस्तै भलिबलतर्फको खेलमा पुरुषतर्फ नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लब तथा महिलातर्फ प्रदेश नं ३ र सशस्त्र प्रहरीको (एपीएफ) फाइनलमा प्रवेश गरेका छन् । 

समापन समारोहमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने प्रदेशलाई प्रतियोगिताको झण्डा हस्तान्तरण गरिने प्रदेश खेलकुद विकास समिति अध्यक्ष वलीले जानकारी गराए । उनका अनुसार, समापन समारोहका लागि दिउँसो दुई २ः०० बाटै सर्वसाधारणका लागि प्रवेशद्वार खुला गरिनेछ ।  शरद शर्मा-भेषराज बस्नेत/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x