×

NMB BANK
NIC ASIA

जनआन्दोलनका घाइतेको पीडा

घाइतेको वेदना : अहिलेको अवस्थाले रुवाउँदैछ !

बैशाख ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – आज लोकतन्त्र दिवस अर्थात् निरंकुश राजतन्त्र फालेको दिन । दिवसको अवसर पारेर मुलुकका विभिन्न स्थानमा खुशीयालीपूर्वक लोकतन्त्र दिवस मनाइएको छ ।

Muktinath Bank

तर लोकतन्त्र ल्याउन जसले ज्यानको बाजी लगाए, उनीहरूको परिवारजन र घाइते भने आजको दिनलाई शोकको रुपमा मनाउन थालेका छन् । विगतको पीडा सम्झिने दिनको रुपमा अथ्र्याउन थालेका हुन् । व्यवस्था परिवर्तनको लागि ज्यानको बाजी लगाएपनि लोकतन्त्र झन्झन् पीडादायी बनेको घाइतेको बेदना छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनआन्दोलनको पललाई स्मरण गर्दै आन्दोलनका एक घाइते लक्ष्मीराम आचार्यले सुनाए, ‘जुलुस धनगढीको क्याम्पस चोकबाट चौराहातिर बढ्दै थियो । जिल्ला प्रहरी कार्यालय कैलाली नजिकैको पुलमा प्रहरीले काँडेतार तेस्र्याएर बाटो अवरुद्ध पारेको थियो । त्यहाँ पुग्दा प्रहरी र आन्दोलनकारीबीच झडप भयो । गोली चल्यो, बारुडको छर्राले रौं जल्यो मेरो । भागाभाग भयो । १०/१५ जनाको प्रहरीको समूहले घेरा हालेर कुट्नसम्म कुटे । नजिकैको बाँसको झाँडीमा हाम फाले । बेहोस भएछु ।'


Advertisment
Nabil box
Kumari

कैलालीको गौरीगंगा नगरपालिका–३ (साविक चौमाला–९) कुचैनीका स्थानीय आचार्य राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष हुन् । २०६२/०६३ सालको जनआन्दोलनताका उनी संयुक्त विद्यार्थी जनआन्दोलन परिचालन समिति कैलालीका संयोजक थिए । चैत २८ गते विशाल जुलुसको नेतृत्व गरिरहँदा प्रहरीको कुटाइबाट उनी बेहोस भएका थिए ।

Vianet communication
Laxmi Bank

‘७ दिनपछि होस खुल्दा आफूलाई भारतको लखनऊस्थित स्वामी विवेकानन्द हस्पिटलमा पाए,’ लामो सास लिँदै उनले अगाडि थपे, ‘मरेर बाँचेछु, राजतन्त्रविरुद्ध एवं लोकतन्त्र र गणतन्त्रको लागि जनताले निकै संघर्ष र त्याग गरे तर वास्तवमा लोकतन्त्रको आभास पटक्कै भएको छैन ।’

हाल राज्यको सबै निकायमा सरोकारवालाकै दबदबा छ तर समस्यावालाको समस्या झन्झन् पीडादायी बन्दै गएको आचार्यको भनाई छ ।

धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका स्थानीय एंव आन्दोलनका घाइते प्रयागराज जोशीको लागि पनि जनआन्दोलन कम पीडादायी छैन । चैत २८ गते धनगढीमा प्रहरीले आन्दोलनकारीमाथि लाठीचार्ज गर्दा उनी सख्त घाइते भए । लाठीचार्जले नाकमा चोट लाग्दा उनको सुघ्ने शक्ति समेत गुम्यो ।

२०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ गतेसम्म १९ दिने जनआन्दोलन चलेको थियो । १० वर्षे सशस्त्र जनयुद्धको म्यान्डेडलाई थप उचाइमा पुर्‍यायो । जसको जगमा २०६३ माघ १ गते नेपालको अन्तरिम संविधान हुँदै हालसम्मको नयाँ संघात्मक शासन अवस्थामा मुलुक पुगेको हो । तर जनआन्दोलनमा सहभागी घाइते, अपाङ्गले जनताले अपेक्षा गरेको लोकतन्त्रको महसुस गर्न नपाएको बताएका छन् ।

आन्दोलनकै बलमा लोकतन्त्र आएपनि राज्यले आन्दोलनका शहीद, बेपत्ता र घाइतेलाई पूर्णरुपमा बेवास्ता गरेको पीडितको दुःखेसो छ । ‘हामीलाई घाइते भएको परिचयपत्र दिइयो । सेवा सुविधाको केही मापदण्ड पनि नबनाएको होइन । तर ती मापदण्ड अनुसार केही पनि सुविधा पाएका छैनौं, बसमा परिचयपत्र देखाउँदा खिल्ली उडाउँछन्,’ जोशीले भने, ‘अब त जनआन्दोलनको घाइते हुँ भन्दा पनि आफैंलाई लाज लागेर आउँछ ।’

हाल पत्रकारिता पेशामा आवद्ध रहेका जोशीले लोकतन्त्र दिवसको अवसरमा दिँदै आएको बिदा सरकारले हालै कटौती गरेकोप्रति आपत्ति जनाए । ‘चाडपर्वका अनावश्यक बिदाहरू कटौती गर्नु ठीकै हो तर जनताको आन्दोलनले स्थापित गरेको दिवसलाई नै कटौती गर्नु जनताले गरेको संघर्षलाई अवमूल्यन गर्नुजस्तै हो,’ उनले भने । साथै उनले लोकतन्त्र केवल पहुँच हुनेहरूको लागि मात्रै आएको गुनासो व्यक्त गरे ।

‘नक्कली घाइतेले बह्मलूट मच्चाए’

जनमोर्चाका नेता समेत रहेका घाइते आचार्यले आफूले राज्यको भौतिक सुविधा नचाहेको भएपनि जनताले अपेक्षा गरेको दीगो शान्ति र विकासको चाहना पूरा नभएको बताए । उनी जनआन्दोलनको क्रममा ४/५ जना मात्रै जिल्लाको हकमा वास्तविक घाइते भएपनि हाल सयौं नक्कली घाइते सेवा लिएको देख्दा चित्त दुःखेको बताउँछन् ।

‘आन्दोलनमा ४/५ जना मात्रै घाइते थियौं तर जिल्लामा हाल १ सय ४७ जना नक्कली घाइते देखिएका छन्, बह्मलूट मच्चाएका छन् । राजनीतिक पहुँचको आधारमा सेवासुविधा लिइरहेका छन्,’ आचार्यले ठोकुवा गर्दै भने, ‘राज्यको भौतिक सेवा सुविधा लिनेमा मन्त्री, पूर्वमन्त्रीहरू समेत छन् ।’

राज्यको सेवा सुविधा हालसम्म नलिएको बताउने उनी साविक चौमाला गाविसले आफूलाई पहिलो गाउँ परिषद्बाट जिउँदो शहीद भनेर सम्मानसहित प्रदान गरेको तक्मा भने स्वीकार गरेको उल्लेख गरे । उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट पनि सम्मानित भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x