×

NMB BANK
NIC ASIA

सुर्खेत-सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ८ को भट्टेघारी गाउँकी लक्ष्मी शाहीले पैसा अभावमा गएको चैत २५ गते स्वास्थ्य संस्था नपुग्दै छोरी गुमाइन् । भट्टेघारी गाउँमा सामुदायिक स्वास्थ्य इकाई दुई महिनाअघि मात्रै स्थापना भएको हो । विगतमा यहाँका गर्भवती महिलाले बडीचौर जानुपर्ने बाध्यता थियो । भट्टेघारीमा १ सय ५० घरधुरी छन् ।

Muktinath Bank

उनी सुत्केरी भएको आज १४ दिन भयो । उनी छोरी गुमाउँदाको पीडाबाट अझ सम्म मुक्त हुन सकेकी छैनन् । ‘बड्डिचौर सामुदायिक स्वास्थ्य केन्द्रले मलाई चैत १७ गते आउन भनेको थियो,' 'उनले भनिन्, ‘तर पैसाको जुटाउँदा जुटाउँदै गर्दा गर्दै यस्तो घटना घट्न पुग्यो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यो दिन राति सात बजे नै सुत्केरी व्यथा लाग्यो । नौ बजे अन्य व्यक्तिलाई उठाउन खोज्दा खोज्दै छिमेकीहरु सुतेका कारण समस्या भयो ।


Advertisment
Nabil box
Kumari

‘राती दश बजे एम्बुलेन्स आयो,' उनले भनिन्, 'एम्बुलेन्समा अस्पताल जाँदा जाँदै रानीवनमा बच्चा जन्मियो तर म¥यो । सबैले स्वास्थ्य संस्थामा सुत्केरी गराउनुहोला । मेरा जस्तो दुःख कोही आमाले नभोगुन् ।’

Vianet communication
Laxmi Bank

सोही गाउँकी पुष्पा विकले यो वर्ष स्वास्थ्य संस्थामा बच्चा जन्माईन । उनको साथमा अहिले छोरी छिन् । ‘मैले पहिलो गर्भवती भएको बेलामा दुई सन्तान गुमाएकी थिएँ,’ विगत साम्झिदै उनले भनिन, ‘त्यतिबेला सिमलपानी देखि तरंगा जानेबेला मैले दुइ सन्तान गुमाएकी थिएँ । सबैले स्वास्थ्य संस्थामा गई गर्भवती जाँच गराए बच्चा स्वस्थ रुपमा जन्मिने र आमा र शिशुको ज्यान जोखिम कम हुने रहेछ ।’

सोही गाउँकी विपना शाहीले पनि घरमै बच्चा जन्माएका कारण सन्तान गुमाउनु परेको थियो । उतिबेला घरमै सुत्केरी भएकी विपनाको बच्चा उल्टो जन्मेका कारण बच्चाको ज्यान गएको थियो । तर अहिले उनी नियमित स्वास्थ्य जाँच गराइरहेकी छिन् । गाउँमा सामाजिक व्यवहार रुपान्तरण 'ब्रेक थ्रु' परियोजनाले गर्भवती महिला समूह गठन गरेको छ ।

उक्त समुहमा अहिले उक्त गाउँका १८ जना गर्भवती महिला आवद्ध छन् । आजकाल उनीहरु नियमित रुपमा स्वास्थ्य जाँच गराउने, गर्भवती महिलाका पीडाहरुको बारेमा छलफल गर्ने, समस्या समाधानका लागि सहयोग गर्ने, आवश्यकता अनुसार पैंचो दिने जस्ता काम गर्दै आइरहेको समुहकी अध्यक्ष मिना सुनारले बताइन् ।

गत वर्ष बराहताल गाउँपालिकामा जम्मा ३१ प्रतिशत महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गराएका थिए । गाउँपालिकाका स्वास्थ्य संयोजक राजु बस्नेतका अनुसार अहिले त्यो क्रम बढेको छ । फागुनसम्म यो वर्ष ५१ प्रतिशत महिलाले संस्थामा नै सुत्केरी गराएका छन् । ‘परियोजना लागू भएपछि विभिन्न स्थानमा गर्भवती महिला राखेर अन्तरक्रिया गरेको छ,’ उनले भने, ‘अहिले वडा नं. ५ को चेपांग र वडा नं. ८ को भट्टेघारीमा गर्भवती महिलालाई सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत कार्यक्रम सञ्चालन भइरहेको छ ।’

उक्त कार्यक्रम गाउँपालिकाले तयार गरेको हो । 'ब्रेक थ्रु' परियोजनाको यो वर्ष गाउँपालिकामा ३५ लाख बजेट यहि सुरक्षित मातृत्व सम्वन्धित कार्यक्रमका लागि खर्च हुने संयोजक बस्नेतले जानकारी दिए । ‘घरमा गर्भवती गराउने चलनको अन्त्य गर्ने, स्वास्थ्य संस्थामा गएर नियमित गर्भ जाँच गराउने र सुत्केरी गराउने, गर्भवती आमा समुह गठन गर्ने लगायतका कामहरु गरिरहेका छौं,’ उनले भने, ‘यो कार्यक्रमले सफलता पाउने तथा गाउँपालिका स्वास्थ्य संस्थामा शत प्रतिशत डेलिभरी गराउने हाम्रो लक्ष्य हो । यसमा 'ब्रेक थ्रु'ले सहयोग गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x