×

NMB BANK
NIC ASIA

चार हजार भूकम्पपीडित बेपत्ताः घर निर्माण सीमा असारमा

बैशाख ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ -चार वर्षअघि भूकम्पका कारण नुवाकोट जिल्लामा ध्वस्त भएकामध्ये ३२ हजारभन्दा बढी घर अझै निर्माण हुन सकेका छैनन् । भूकम्पबाट करीब ७७ हजार घर भत्किएका थिए ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार हालसम्म भूकम्पले क्षतिग्रस्त घरमध्ये ३९ प्रतिशत घर निर्माण हुन बाँकी छ । यहाँ ७६ हजार पाँच सय ५१ घरधुरी भूकम्पबाट प्रत्यक्ष प्रभावित भएका थिए । तीमध्ये ४४ हजार ८९ घर निर्माण सम्पन्न भइसकेको प्राधिकरण कार्यालयले जनाएको छ ।

Muktinath Bank

लामो समय बितिसक्दा पनि पुनःनिर्माण ढिला हुनुमा विगतको कार्यसुस्तता भएको प्राधिकरण जिल्ला कार्यान्वयन एकाइका प्रमुख विकी लाखाले बताउनुभयो । “विगतमा घर निर्माणमा अनेकौँ समस्याका कारण सुस्तता थियो तर अहिले मैले जिम्मेवारी लिएर आएपछि गरिएको सक्रियता र देखाएको तदारुकताले मात्रै यतिसम्म गति लिएको हो”, प्रमुख लाखाको जिकिर छ । “अब बाँकी निर्माण हुनुपर्ने घरहरु पनि द्रुत गतिमा सम्पन्न गर्न लागिपरेका छौँ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लाभग्राही सूचीमा सूचीकृत भूकम्पपीडित घरपरिवारलाई निर्माण सम्पन्न भएपछि अन्तिम तेस्रो किस्ता अनुदान रु  चार  अर्ब ४० करोड ८९ लाख निकासा भइसकेको छ । यसैगरी पहिलो र दोस्रो किस्ता अनुदान लिएका घरपरिवार ८९ प्रतिशत अर्थात् ६४ हजार एक सय ७६ छन् । त्यसका लागि रु नौ  अर्ब ६२ करोड ६४ लाख अनुदान सरकारले खर्चिसकेको छ ।


Advertisment
Nabil box
Kumari

लाभग्राही घरधुरीमध्ये पहिलो किस्ता अनुदान  लिएकाहरु ७१ हजार नौ सय ६३ अर्थात् ९४ प्रतिशत परिवार छन् । सोका लागि रु तीन अर्ब ५९ करोड ६८ लाख खर्च भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । भूकम्पपीडित चार हजार पाँच सय ८८ घरपरिवार पहिलो किस्ता अनुदानसमेत नलिई अहिलेसम्म सम्पर्कविहीन छन् ।  लाभग्राहीका रुपमा सम्पर्कमा नरहेकाहरु भूकम्पमा परी घर नभत्किएका, बस्नयोग्य एकभन्दा बढी घर भएका, एकाघरमै रहेर पनि भूकम्पपीडित लाभग्राहीको सूचीमा आफूलाई राखिएका  र बस्नयोग्य घर भएर बनाउन आवश्यक नपरेकाहरु हुन सक्ने प्राधिकरण कार्यालयको अनुमान छ । 

Vianet communication
Laxmi Bank

यसैगरी पहिलो किस्ता अनुदान  लिएर दोस्रो किस्ता अनुदानका लागि अझैसम्म १२ हजार ३७५ परिवारले घर पुनःनिर्माणमा कुनै चासो देखाएका छैनन् । दोस्रो किस्ता लिएका तर तेस्रो किस्ता अनुदान पाउन बाँकी २० हजार ८७ लाभग्राही नागरिक छन् । “शायद यो सङ्ख्या घर निर्माण सम्पन्न गर्ने प्रक्रियामा रहिरहेकै कारण तेस्रो किस्ता अनुदानका लागि आउन बाँकी रहेको हो”, लाखाले बताउनुभयो ।

प्रमुख लाखाका अनुसार हालसम्म भूकम्पपीडित नागरिकका घर पुनःनिर्माणका लागि  पहिलो, दोस्रो र अन्तिम अनुदान किस्ता गरी रु १७ अर्ब ६३ करोड २१ लाख खर्च भइसकेको छ । सरकारले दिएको अन्तिम घर निर्माण समयसीमा यसै वर्षको असार मसान्त  छ । सोका लागि अब दुई महिना १८ दिन मात्र छ ।  अझै एक वर्ष पुनःनिर्माणको समय थपिन सक्नेमा भूकम्पपीडित ढुक्क छन् ।

पुनःसर्वेक्षण

प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले अझै पनि केही सङ्ख्यामा घर भत्किएका भूकम्पपीडित छुटेको हुन सक्ने भएका कारण तिनको पुनःसर्वेक्षण थालिएको जनाएको छ । त्यसका लागि सम्बन्धित स्थानीय तहलाई नै जिम्मेवारी र अधिकार दिइएको नुवाकोट प्राधिकरण प्रमुख  लाखाले बताउनुभयो ।

उहाँका अनुसार भूकम्प प्रभावित नागरिकको सहजीकरणका लागि प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यसहित स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष सम्मिलित स्थानीयस्तरमा गठन भएको स्थानीय पुनःनिर्माण समन्वय समितिले सर्वेक्षणको काम गर्नेछ ।  

नक्कली भूकम्पपीडितले गरे  फिर्ता

जिल्लामा भूकम्पपीडितका रुपमा लाभग्राही सूचीमा परेका तर घर नबनाउने दुई नक्कली भूकम्पपीडितले अनुदान  फिर्ता गरेका छन् । घर बनाउन आवश्यक नरहेका र अनुदान लिएर पनि घर बनाउन नसकेका कारण पुनःनिर्माण प्राधिकरणको कार्यालयमा आई उक्त अनुदान रकम फिर्ता गरेका हुन् । सोबाहेक जिल्लामा धेरै सङ्ख्यामा घर नबनाउनेहरु हुन सक्ने प्रमुख लाखाको अनुमान छ ।

२०० विद्यालय बनेनन्

भूकम्पका कारण नुवाकोटमा क्षतिग्रस्त विद्यालयमध्ये ४५ प्रतिशत विद्यालयको मात्रै अहिलेसम्म पुनःनिर्माण सकिएको छ । जिल्लाभित्र सञ्चालनमा रहेका ४५३  सामुदायिक विद्यालयमध्ये २०५ विद्यालयको निर्माण सम्पन्न भएको जिल्ला कार्यान्वयन एकाइले जनाएको छ । एकाइका प्रमुख वीरेन्द्रजङ्ग थापाका अनुसार २३  विद्यालयको निर्माण अन्तिम चरणमा पुगेको, १७२ निर्माणाधीन रहेको, २४ विद्यालयको भवन निर्माण थालनी गरिएको र २९ भन्दा बढी विद्यालय पुनःनिर्माणको काम शुरुआत नै हुन सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x