×

NMB BANK
NIC ASIA

मेयर सा’प नै निजी स्कूलका साहुजी ! स्कूलहरूले निर्धारण गरेको शुल्कलाई वैधता !

बैशाख १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – विराटनगर महानगरपालिका भित्रका निजी स्कूलहरूले मनपरी शुल्क लिइरहँदा समेत स्थानीय सरकार मौन छ ।

Muktinath Bank

संविधानले नै माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको अधिकार सूचीमा राखेको अवस्थामा विराटनगर महानगरपालिकाको ध्यान मनलाग्दी ढंगले लिइँदै आएको शुल्क नियन्त्रणमा जान सकिरहेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेयर भीम पराजुली नै निजी विद्यालय सञ्चालक रहेको पाइएको छ । विराटनगरको कलेजरोडस्थित १२ कक्षासम्म पढाइ हुने शिक्षादीप स्कूलमा मेयर पराजुलीको लगानी छ ।


Advertisment
Nabil box
Kumari

निजी विद्यालयमा मेयरकै लगानी भएका कारण चर्काे शुल्क असुलीलाई महानगरले नजरअन्दाज गर्ने गरेको नगरवासीको आरोप छ ।

Vianet communication
Laxmi Bank

निजी विद्यालयले विराटनगर महानगरपालिकाभित्र ५० प्रतिशतसम्म वृद्धि गरेर शुल्क असुलिरहेका छन् । 

निजी विद्यालयले लागू गरेको शुल्कलाई अधिकतम सीमाभित्र राखेर २०७५ सालमा  लिएको रकमलाई समायोजन गर्ने भन्ने उल्लेख गरेर आधारभूत र माध्यामिक विद्यालयको शुल्क निर्धारण गरिएको छ । 

संस्थागत विद्यालयले लिँदै आएको रकम कक्षा १ देखि ५ सम्मलाई १ हजार ३ सयदेखि १ हजार ८ सयसम्म, कक्षा ६ देखि ८ सम्मलाई १ हजार ८ सयदेखि २ हजार ३ सयसम्म र कक्षा ९ र १० को हकमा मासिक २ हजार ३ सयदेखि २ हजार ८ सयसम्म लिन पाउने निर्णय विराटनगर महानगरपालिकाको शिक्षा समितिले गरेको छ । 

निर्णय अनुसार अब सामान्यतया (ग) वर्गका विद्यालयहरूले यो रकम लिन पाउने छन्  । त्यस्तै निर्णयमा (ख) बर्गका विद्यालयहरूले माथि उल्लेख गरिएको रकममा २५ प्रतिशतले बढाएर लिन पाउने व्यवस्था गरिएको छ । (क) वर्गका विद्यालयहरूले त्यसमा ५० प्रतिशत बढी लिन पाउने गरी निर्णय भएको छ ।

निर्णयका आधारमा हेर्ने हो भने २ वर्षअगाडि जिल्ला प्रशासन कार्यालय, तत्कालीन जिल्ला शिक्षा कार्यलय, अभिभावक र निजी विद्यालयको सञ्चालक संस्थाका प्रतिनिधि बसेर बनाएको मापदण्ड मिचेर लिइँदै आएको शुल्कलाई महानगरपालिकाले वैधता प्रदान गरेको अभिभावकको भनाइ छ । त्यसमा पनि २५ देखि ५० प्रतिशतसम्म थपेर लिन पाउने समेत बाटो स्थानीय सरकारले खोलेको छ ।

विद्यालय वर्गीकरण गरिएपछि मात्र यो दर लागू हुनुपर्ने अवस्थामा कुन विद्यालयको बर्ग के भन्ने अहिलेसम्म मापदण्ड छैन । पहिला मापदण्ड बनाउनु पर्ने महानगरपालिकाले मापदण्ड नै नबनाई क, ख, ग बर्ग भनेर दररेट तोक्ने निर्णय गरेपनि त्यो कसरी कार्यान्वयन गर्ने भन्नेमा निजी विद्यालय सञ्चालकहरू नै अन्यौलमा छन् । शिक्षा समितिको संयोजक मेयर हुने भएकोले मेयर पराजुलीको तजबिजमा यो निर्णय भएको विराटनगर महानगरपालिका स्रोतले जनाएको छ ।

विराटनगर महानगरपालिकाले शुल्क निर्धारण गर्नका लागि एउटा उपसमिति बनाएको थियो । उक्त उपसमितिले समेत महानगरपालिकाको संस्थागत विद्यालयको शुल्कको बारेमा थोरै मात्र बढाउने गरी राय दिएको थियो । तर त्यो उप समितिको राय सुझाव महानगरपालिकाले कार्यान्वयन नगरी २०७५ सालमा निजी विद्यालयले आफूखुसी लिँदै आएको रकमलाई स्वीकृति प्रदान गरेको हो । २०७२ सालमा शुल्क निर्धारण गर्दा आधारभूत तह १ देखि ५ सम्मका लागि १ हजार ४ सय, आधारभूत कक्षा ६ देखि ८ सम्मका लागि १ हजार ७ सय र माध्यामिक तहका लागि २ हजार १ सय शुल्क निर्धारण भएको थियो । 

अभिभावक संघका प्रदेश संयोजक देवी पन्थीले विराटनगर महानगरपालिकाले बढाएको शुल्क गलत भएको बताए । महानगरको निर्णयविरुद्ध अदालत जाने उनको चेतावनी छ ।

‘शुल्क बढाएको छैन भनेर बाहिर भ्रम छर्ने काम भएको छ,’ पन्थीले भने, ‘तर निर्णयमा ५० प्रतशितसम्म शुल्क बढेको विषय लुकाएर अभिभावकलाई छल्ने काम भएको छ ।’ अहिले धेरै ठूलो शुल्क अभिभावकसँग तालमेल नमिलेकाले अदालत जानुको विकल्प नरहेको उनले बताए । अहिले बढाइएको शुल्क अभिभावकका लागि अमान्य रहेको उनको भनाइ छ । अहिले बढाइएको शुल्कमा सबै तैँ चुप मै चुपको अवस्थामा छन्  । 

विराटनगरका अभिभावक भोजराज निरौला हरेक स्कूलमा एउटै विद्यार्थीसँग बर्सेनि भर्नाका नाममा रकम असुल्ने गरेको गुनासो गर्छन् । विभिन्न शीर्षकमा अभिभावकलाई बढी शुल्कको बोझ थप्ने काम निजी विद्यालयहरूबाट भएको निरौलाको भनाइ छ ।

विद्यार्थी नेताका स्वार्थ

विद्यार्थी नेताहरू पनि महानगरपालिकाले उठाएको शुल्कको विरोधमा देखिएका छन् । अनेरास्ववियु प्रदेश संयोजक ओसिम आलमले स्थानीय सरकार कमजोर हुँदा त्यसको फाइदा संस्थागत विद्यालयले लिइरहेको बताए ।

संस्थागत विद्यालयमा ५ सयसम्म विद्यार्थी हुनेले १० प्रतिशत, १ हजार विद्यार्थी हुनेले १२ प्रतिशत र १५ सयभन्दा माथि विद्यार्थी हुनेले १५ प्रतिशतलाई छात्रवृत्ति निःशुल्क पढाउनु पर्ने भन्ने कुरा नै कार्यान्वयनमा नलगेको आरोप लगाए ।

उनले भने, ‘हरेक क्षेत्र विभिन्न नाममा फस्ने र प्रलोभनमा पर्ने हुँदा त्यसको असर अभिभावकमा परेको छ ।’ यति शुल्क बढाउँ भनेर अभिभावकबाट स्वीकृति लिएर मात्र संस्थागत विद्यालयले रकम बढाउन पाउने कानूनी प्रावधानलाई समेत कुनै विद्यालयले पालन नगरेको उनको भनाइ छ । 

नेपाल विद्यार्थी संघका विद्यार्थी नेता देवचन्द्र घिमिरेले कमी कमजोरी विद्यार्थी नेताहरूमा देखिँदा पनि अहिले त्यसको फाइदा संस्थागत विद्यालय सञ्चालकले उठाएको बताए ।

निजी विद्यालयले पुस्तकदेखि भर्ना शुल्कसम्ममा चलखेल गर्ने गरेको आरोप लगाउँदै कानून भएपनि नियमन र अनुगमन नहुँदाको परिणाम हरेक वर्ष बढ्ने शुल्क सँग जोडिएर आउने गरेको उनको तर्क छ । 

नयाँ शक्ति विद्यार्थी युनियनका संयोजक कमल पोखरेलले सबै क्षेत्रमा सेटिङ गरेर निर्णय हुने गरेको आरोप लगाए । संघीय विद्यार्थी फोरमका राजेश यादव र राजपा विद्यार्थीका नेता बिपुल झाले गरीब बालबालिका निजी विद्यालयमा पढ्नै नसक्ने गरी बढाइएको शुल्कले अभिभावकहरू आत्तिएको बताए । 

निजी विद्यालय वर्गीकरणमा सशंकित

महानगरपालिकाले बढाएको रकमको विषयमा चुपचाप बसेका संस्थागत विद्यालय संचालकहरू भने विद्यायलय वर्गीकरणको विषयमा सशंकित देखिएका छन्  । कुन विद्यालयलाई कुन वर्गमा राखेर रकम निर्धारण भएको हो ? कुन विद्यालयलाई (क) वर्गको भन्ने कुनै आधार नै नभएको  संस्थागत विद्यालयका सञ्चालक अर्जुन  श्रेष्ठले बताए । यो वर्गको कुराले विद्यार्थीको मानसिकतामा समेत असर गरेको श्रेष्ठको भनाइ छ ।

प्रदेश प्याब्सनका कोषाध्यक्ष राजेश आचार्यले  अभिभावकमा द्विविधा रहेको बताए । उनले हरेक वर्ष विद्यार्थीहरूबाट लिइने रकम कुनै भर्नाको नाममा भन्दा पनि वार्षिक शुल्कको नाममा लिने गरेको स्वीकार गरे । तर वार्षिक शुल्कको नाममा किन शुल्क लिइन्छ भन्ने अभिभावकलाई बुझाइएको छैन ।

हरेक विद्यालयले लागतका आधारमा आफैँले शुल्क निर्धारण गर्ने भएकोले केही विद्यालयले तोकिएको रकम पनि लिन नपाएको बताउँदै उनले कतिपय विद्यालयहरुले बढी पनि लिएको हुनसक्ने बताए । तर यसरी आएको विषयलाई निजी विद्यालयहरूले पनि आफ्नो खर्च धान्नका लागि बढी रकम लिनु बाध्यता भएको र विद्यालयले शिक्षामा धेरै फाइदा लिन सक्ने स्पष्ट पारे । 

निजी विद्यालय सञ्चालक प्रेमसिंह सुवाल  महानगरपालिकाबाट स्वीकृत गराएर नै शुल्क लिने गरिएको बताउँछन्  ।  एनप्याब्सनका अध्यक्ष  राजन छातराहाङले  विद्यालय वर्गीकरणका विषयमा असन्तुष्टि जनाए । शुल्क उठाउनका लागि मात्र वर्गीकरण गर्ने हो कि के हो ? उनले प्रश्न गरे ।  कतिपय विद्यालयले त तोकिएको शुल्क पनि लिन नसकेको उनको जिकिर छ । ‘तोकिएको रकम पनि लिन सक्ने हिम्मत नै छैन,’ उनले भने, ‘तथाकथित स्कुलहरूले तोकिएको रकम उठाएका होलन् तर त्यो तोकिएको रकम पनि हामीले त उठाउन सकेका छैनौं ।’

निजी विद्यालय सञ्चालक इन्द्र राईले वर्गीकरणको कुरा आफैँमा समस्या रहेको बताए ।  निजी क्षेत्रको शिक्षालाई समस्याको रूपमा नभएर बरदानको रूपमा बुझ्नुपर्ने उनको दाबी छ । उनले भने, ‘निजी क्षेत्रका विद्यालय सञ्चालकहरू फटाहा, लुटाहा हुन् भनिन्छ तर हामीहरू गलत छैनौं ।’

पछिल्लो शुल्क महानगरले बोलाएर छलफलपछि टुङ्गिएको उनले स्पष्ट पारे ।

महानगर पन्छँदै

अभिभावक, विद्यार्थी र निजी विद्यालय सञ्चालकका कुरा एकै खालका नभएपनि निजी विद्यालयलाई महानगरले शुल्क बढाएको हो भन्नेमा एकमत देखिएका छन् । तर विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले निजी विद्यालयले २०७५ सालमा लिएको रकमलाई समायोजन मात्र गरिएको बताए ।  मेयर’साब बढाउने पक्षमा हुनुहुन्न थियो तर लिँदै आएको रकममा केही समायोजन गरौँ भन्ने बारेमा समितिमा छलफलपछि मात्र यो निर्णय भएको हो,’ खतिवडाले भने ।

हरेक क्षेत्रमा राज्य कमजोर देखिएको र स्पष्ट गाइडलाइन नै नभएको डा. अर्जुन बरालको भनाइ छ । निजी विद्यालय पनि धेरै मुनाफा कमाउनेतर्फ केन्द्रित भएको उनको भनाइ छ । महानगरपालिका पनि निरिह बनेको उनले तर्क गरे । रकम बढाउनुको आधार स्पष्ट नभएको, निजी विद्यालयलाई राज्यले व्यवस्थित गर्न नसकेको, निजी विद्यालयहरूले हिसाब किताब सबै सावजनिक अभिभावकहरूसँग गर्न नसकेको समेत आरोप लाग्दै आएको छ । 

वार्षिक शुल्कको नाममा लिइने रकमका बारेमा पनि निजी विद्यालयले स्पष्ट पार्न सकेका छैनन् । महानगरले अबैध रूपमा निजी विद्यालयले लिँदै आएको रकमलाई वैधता प्रदान गरेको प्रति भने सबैले असन्तुष्टि जनाउँदै आएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार ९, २०७६

शिक्षा निरन्तर अनि असीमित आयाम र आयतनको हुन्छ भन्ने मान्यता विश्वभर स्थापित छ । प्राचीन पूर्वीय चिनियाँ दार्शनिक कन्फुजुले शिक्षालाई प्रमाणपत्र भन्दा पनि सद्गुण र सदाचारिता अनि शिष्टाचारिताको सम्मिश्रणात्मक प्रतिबिम्बनक...

जेठ १८, २०७६

सुर्खेत – तनहुँमा जन्मेर बर्दियामा हुर्केका एक व्यक्ति कर्णालीमा चर्चित छन् । उनलाई धेरैले प्रश्न सोध्ने गर्छन् – नारायण सिग्देल सर तपाई शिक्षक कि व्यवसायी ? उनको जवाफ हुन्छ – म व्यावसायिक शिक्षक ...

साउन २३, २०७६

जाजरकोट – जिल्लाको एक विद्यालयका शिक्षकहरूले १ वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका...

साउन १९, २०७६

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको आवेदन खुलाएको छ । साथै परीक्षा समय तालिका पनि सार्वजनिक भएको छ । बोर्डका अनुसार अन्य विषयमा सी प्लस वा सो भन्दा माथिल्लो ग्रे...

साउन २५, २०७६

बेझाड – तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय १ शिक्षकको भरमा सञ्चालनमा छ । विद्यालयका ६ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ ।  विद्यालयमा महिनाभरि १० दिनमात्र पढाइ...

असार १३, २०७६

बुटवल – रूपन्देहीका सामुदायिक विद्यालयको नतिजा यस वर्ष अब्बल देखिएको छ । नमूना विद्यालयले यस वर्षको एसईई नतिजामा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका हुन् । कतिपय निजी स्कूललाई नै टक्कर दिने गरी सामुदाय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x