कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
बैशाख २२, २०७६
जनकपुरधाम- संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच एकीकरण भएर गठन गरिएको समाजवादी पार्टी नेपालले तत्काल संघीय सरकारमै रहने भएको छ । साविकको नयाँ शक्ति सरकारमा सहभागी थिएन भने फोरम सरकारमा सहभागी छ ।
साविकको नयाँ शक्तिका प्रवक्ता प्रशान्त सिंहका अनुसार एकीकृत भएको पार्टी समाजवादी पार्टी तत्कालै सरकार बाट नहट्ने सहमति समेत भएको छ । ‘अहिले जारी सदनको सत्रसम्म सरकारबाट नहट्ने कुरा भएको हो,’ सिंहले भने ‘यस अघि फोरमका अध्यक्ष उपेन्द्र यादवले नेकपासँग दुई बुदे सहमति गरेर सरकारमा सहभागी भएकाले तत्कालै सरकार छोड्ने कुरा हुँदैन ।’
विगतमा गरिएको सहमति कार्यान्वयन गर्न सदनमा सरकारलाई एउटा निश्चित समय तोकेर समय दिइने उनले बताए । ‘उक्त समयमा पनि कार्यान्वयन भएन भने बाबुराम भट्टराई र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरेर सरकारबाट बाहिरिनेछौं,’ सिंहले भने, ‘तत्कालै सरकारबाट त्यसै बाहिरिन नैतिकताले पनि नमिल्ने भएकाले केही समय हामी कुर्नेछौं ।’
पार्टीमा माथि दुई खाले संरचना बनाइएको छ- एउटा संघीय परिषद र अर्को कार्यकारी केन्द्रीय समिति । संघीय परिषद्को अध्यक्ष नयाँ शक्तिका संयोजक भट्टराई हुनेछन् भने कार्यकारी केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादव रहने सहमति गरिएको छ । भट्टराई पूर्वप्रधानमन्त्री समेत रहेकाले पार्टीमा उनलाई वरियताको क्रममा पहिलो स्थानमा राखिएको छ । त्यसपछि दोस्रो वरियतामा यादवलाई राखिएको छ ।
भट्टराई अध्यक्ष रहने संघीय परिषदको काम भने बौद्धिक काम हुनेछ । ‘पार्टीका लागि विचार दिने, नीति निर्माण गर्ने, अन्य पार्टीहरूबीच एकता तथा ध्रुवीकरण गर्ने लगायतका काम भट्टराईले गर्नेछन्,’ सिंहले भने, ‘तर संगठन निर्माण गर्ने, संगठनको सबै कार्यकारी काम गर्ने जिम्मा भने कार्यकारी केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादवले गर्नेछन् ।’ दुवै अध्यक्षलाई बलियो नै बनाइएको छ र कार्यकारी अधिकार पनि दिइएको छ तर पार्टीको संगठन सम्बन्धी काम भने यादवले नै गर्ने गरी सहमति भएको उनले बताए ।
तत्काल कार्यकारी केन्द्रीय समिति २५ सदस्यीय बनाउने सहमति भएको छ । उक्त समितिमा फोरमको १६ जना र नयाँ शक्तिको ९ जना सदस्य रहनेछन् । त्यसै गरी एकताको महाधिवेशन आयोजक समिति बनाउनका लागि पनि भागबण्डा गरिएको छ । १ हजारको संख्यामा तल महाधिवेशन आयोजक कमिटी बन्नेछन् । जसमा फोरमको ६ सय र नयाँ शक्तिको ४ सय सदस्य रहनेछन् । सिंहका अनुसार उक्त संख्या ठूलो भएकोले त्यसलाई घटाउने पनि समझदारी भएको छ ।
दुवै पार्टीमा जे जति पदाधिकारी छन् ती सबैलाई तत्काल यथावतै राखेर पार्टी एकता गर्ने र पछि नयाँ विधान अनुसार महाधिवेशनबाट नेताहरूको व्यवस्थापन गरिने सहमति भएको हो । प्रदेशमा पहिचानको आधारमा प्रादेशिक समिति गठन हुनेछन् ।
लिम्बुवान राष्ट्रीय समिति, किराँत राष्ट्रिय समिति, शेर्पा लुंग राष्ट्रिय समिति, ताम्सालिङ राष्ट्रिय समिति, नेवा राष्ट्रिय समिति, तमुवन राष्ट्रिय समिति, मगरात राष्ट्रिय समिति, मधेश राष्ट्रिय समिति, थरुहट राष्ट्रिय समिति, खसान राष्ट्रिय समिति, गैर भौगोलिक राष्ट्रिय समिति गरी स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र समेतको राष्ट्रिय समिति बनाउने सहमति भएको छ ।
जिल्ला संगठनका अध्यक्षहरू प्रादेशिक समितिमा र प्रादेशिक समितिका अध्यक्षहरू केन्द्रीय समितिमा सदस्य हुने व्यवस्था गरिएको छ । पार्टीको कार्यकारिणी अधिकार केन्द्रीय समितिमा हुने समेत व्यवस्था गरिएको छ जसको अध्यक्ष उपेन्द्र यादव रहनेछन् ।
पार्टीको सिद्धान्त मुख्य रूपमा समाजवादीको सिद्धान्त नै रहनेछन् । सिंहका अनुसार पूँजीवाद र साम्यवादबीचको समाजवादलाई पार्टीको सिद्धान्त बनाइएको छ । नेपाली माटो सुहाउने २१ औं शताब्दीको सिद्धान्त अनुसार समाजवादी पार्टी गठन गरिएको उनले बताए । पार्टीमा १५ वटा विशेषतालाई सैद्धान्तिक आधार बनाइएको छ । जसमध्ये फोरमको संघीयताको ८ वटा र नयाँ शक्तिको ‘७ वटा स’ लाई मुख्य आधार बनाइएको छ ।
राज्य स्वतन्त्र संघीय धर्मनिरपेक्ष, समानुपातिक समावेशी हुनेछ भनेर एकीकृत घोषणापत्रमा उल्लेख गरिएको छ ।
पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्नेमा समझदारी कायम भयो । दुवै पार्टीले आफ्नो नाम हटाउन तयार भए । चुनाव चिन्हमा तारालाई निर्वाचन आयोगमा दर्ताका लागि पठाउने सहमति गरिएको छ । तर उक्त चुनाव चिन्ह पहिले नै कुनै पार्टीको नाउँमा निर्वाचन आयोगमा दर्ता भएको तर हाल उक्त चुनाव चिन्हलाई आयोगले फ्रीज गरेर राखेकोले उक्त चिन्ह दिन अनुरोध गरिने सिंहले बताए ।
यसअघि फोरमको चुनाव चिन्ह मसाल थियो र नयाँ शक्तिको चुनाव चिन्ह देब्रे आँखा थियो । तर सरकारले जाल झेल गर्न, मतदातालाई भ्रमित गर्न अरू कुनै पार्टीलाई दायाँ आँखा, दुई वटा आँखा आदि दिन सकिने सम्भावनालाई समेत ध्यानमा राखेर चुनाव चिन्हका लागि तारा प्रस्ताव गरिएको सिंहले बताए । निर्वाचन आयोगले तारा नदिए मात्र अन्य विकल्पमा जाने पार्टीको सोच रहेको छ ।
पार्टीको झण्डा भने फोरमकै झण्डालाई स्वीकार गरिएको छ । तर त्यस झन्डामा एउटा तारा राख्ने सहमति गरिएको छ ।
विगत एक वर्षदेखि दुवै पार्टीबीच एकताका लागि लामो छलफल हुँदै आएको भए पनि वैशाख २१ गतेमा आएर मात्र सहमति हुन सकेको छ ।
वैशाख २३ गते एकता को घोषणा हुने गरी डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । एकताका लागि गरिएको सहमतिको दुवै पार्टीको केन्द्रीय समितिको त्यही दिन बसेको बैठकबाट अनुमोदन समेत गरि सकिएको छ । ‘दुवै पार्टीले केन्द्रीय समितिको बैठकबाट आ-आफ्नो पार्टीको अस्तित्व विघटन गरेको छ ।’
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...