×

NMB BANK
NIC ASIA

आर्थिक वृद्धिमा प्रदेश ५ सबैभन्दा अगाडि, ७.३७% वृद्धिदर

बैशाख २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – प्रदेश ५ सरकारले आर्थिक वृद्धिदर ७.३७ प्रतिशत पुर्‍याउन सफल भएको छ । वृद्धिदर अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी हो । 

Sagarmatha Cement
Muktinath Bank

गत वर्ष प्रदेशको आर्थिक वृद्धिदर झण्डै ६ प्रतिशत मात्र थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास वैजनाथ चौधरीले प्रदेशको आर्थिक वृद्धिदर अन्य ६ प्रदेशहरूको भन्दा सबैभन्दा बढी ७.३७ प्रतिशत पुगेको बताए ।


Advertisment
Nabil box
Kumari

‘लगानीकर्ताको प्रमुख रोजाइ प्रदेश ५ परेको छ । यहाँ लगानीमैत्री वातावरणले गर्दा आर्थिक वृद्धिदरमा सबै प्रदेशभन्दा ५ नम्बर अगाडि आयो,’ चौधरीले थपे, ‘उद्योग, कृषि, सेवा र पर्यटन क्षेत्रमा लगानी बढ्दा आर्थिक वृद्धिदर बढेको हो । निजी क्षेत्रको रोजाइ पनि यही प्रदेश परेको छ ।’

Vianet communication
Laxmi Bank

तथ्यांक विभागले सार्वजनिक गरेको ‘राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदन’मा प्रतिशतका आधारमा यस वर्ष सबैभन्दा धेरै आर्थिक वृद्धि प्रदेश ५ ले गरेको उल्लेख गरेको छ । तथ्यांकमा गण्डकी प्रदेशले ७.०६, प्रदेश ३ ले ७.०४, प्रदेश २ ले ६.५३, प्रदेश १ ले ६.४९ र सुदूरपश्चिमले ६.२५ प्रतिशत आर्थिक वृद्धि गर्ने अनुमान गरिएको छ । 

प्रदेश सरकारले ५ वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर साढे ९ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । प्रवक्ता चौधरीले भने, ‘५ वर्षमा ९.५ प्रतिशत आर्थिक वृद्धि गर्ने प्रदेश सरकारको लक्ष्य छ तर यही आधारले वृद्धि हुने हो भने त्यो लक्ष्य नाघ्ने देखियो । यो प्रदेश ५ बासीलाई खुशीको कुरा हो ।’

कृषि, उद्योग, पर्यटन, सेवा उद्योगबाट प्रदेशले उल्लेख्य प्रगति गर्न सक्ने सम्भावना भएको तथ्यांकले देखाउँछ । उद्योग, व्यापार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्यमा अब्बल प्रदेश मुलुककै समृद्धिको लागि मार्गचित्र बन्न सक्ने सम्भावना रहेको छ ।

आर्थिक क्षेत्रका जानकार तथा प्राध्यापक बैकुण्ठ पाण्डेले प्रदेशको आर्थिक वृद्धि ७ प्रतिशतभन्दा माथि जानु स्वभाविक रहेको बताउँछन् । ‘लोडसेडिङको अन्त्य भयो । नाकाबन्दीपछि वीरगञ्ज क्षेत्रका उद्योगहरू यहाँ सिफ्ट भए । जसले गर्दा भन्सारको आम्दामी बढ्यो । जसले गदा यहाँको आर्थिक वृद्धिदर बढ्न पुगेको हो,’ पाण्डेले भने ।  

गएको वर्ष (२०७५) मा प्रदेश ५ मा झण्डै ३४ अर्ब औद्योगिक लगानी भित्रिएको छ । ५३ वटा नयाँ उद्योगमार्फत् लगानी प्रदेशमा आएको हो । २०७४ सालमा ३३ अर्ब लगानी भित्रिएको थियो । लगानीकर्ताको पहिलो रोजाइ रूपन्देही र नवलपरासी छन् । यहाँ ‘फाइभ स्टार’ होटल धमाधम खुल्न थालेका छन् । 

प्रदेशको पूँजीगत खर्च झन्डै २५ प्रतिशत भइसकेको छ । असार मसान्तसम्म खर्चको दरलाई बढाइने सरकारले बताएको छ । सरकारले रातो किताबमा नपरेको योजनामा रकमान्तर समेत नगर्ने उनले स्पष्ट पारे । 
कतिपय योजनामा भने बजेटकै अभाव रहेको बताए । खानेपानीको ९६ करोड र सिँचाइको ८६ करोड बजेट भुक्तानी दिन बाँकी रहेको उनले बताए ।

प्रदेश ५ पूर्वाधारको विकास र आर्थिक वृद्धिदरसँगै कानून निर्माणमा पनि अगाडि देखिएको छ । प्रदेशले ३ वटा अधिवेशनबाट ३६ नयाँ विधेयक, २ वटा संशोधनसहित, १५ वटा कार्यविधि र ४ वटा नियमावली बनाइसकेको छ । 

५ नम्बर प्रदेश सरकार र चीनको ग्यान्सु प्राप्तबीच सांस्कृतिक र पर्यटकीय सहयोगका लागि साझेदावरी गर्ने सम्झौता मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । साझेदारी गर्ने निर्णय गरेसँगै सांस्कृतिक पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सुु प्रान्तसँग बाटो खुुलेको छ ।

चीनको ग्यान्सुु प्रान्तका गर्भनरबाट प्रदेश सरकारसँग सांस्कृतिक तथा पर्यटकीय विषयमा सहयोगका लागि पत्र सहितको प्रस्तावित सम्झौता प्राप्त भएपछि अन्तर्राष्ट्रिय मान्यता अनुुुसार मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गर्नुपर्ने भएकाले प्रस्ताव स्वीकृत गरिएको छ । 

बजेट अधिवेशन जेठ २ गतेबाट

प्रदेश सरकारले बजेट अधिवेशन आउँदो जेठ २ गतेबाट शुुरू हुुने जनाएको छ । सरकारले प्रदेश प्रमुुख उमाकान्त झालाई बजेट अधिवेशन आह्वानका लागि पत्र पठाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x