म आधुनिक लाहुरिनी (कविता)

बैशाख २६, २०७६

दिल थापा

 


ADVERTISEMENT

म आधुनिक लाहुरेको 

आधुनिक लाहुरेनी हुँ।

लाहुरेसंग बिहे भएको दश वर्षे भो । 

लाहुरे पारिलो घामझै 

अक्कल झुक्कल झुल्किन्छ l

मेरो यौवन फुलेको नेपालमा 

लाहुरे जान्छ लाहुर

तर

 उसको यादले 

मेरो गुलाफको यौवनलाई मिठो पिडा दिन्छ। 

त्यो मिठो पिडाहरूलाई 

जब म प्रर्खाईको पछौंरीमा बुट्टाहरु भरेर राख्छु।   

 उसको र मेरो मायाँको इतिहास बल्झन्छ । 

कहिल्यै सन्चो नहुने दिर्घरोग बनेर  

मनको दायरीमा खोप्न कोशिस गर्छु ।

मायाँको स्वर्णिम अक्षरहरुलाई 

हरक्षण मलाई सताई रहने यादहरुको धारिला खिपहरुले

जिन्दगीको पानाहरुलाई दुखाई दुखाई

 

देशले मेरो श्रीमानलाई लाहुरेको तक्मा भिराएर बेज्यो ।

राजधानीले मेरो श्रीमान्‌लाई यसरी निर्यात गर्‍यो । 

जहाजका जहाज लोड गरेर । 

तातो घाम फूल्ने देशहरुमा 

कुनै महान् पर्वको अवसर पारेर 

निश्चित समयको लागि छुट दिएर । 

क्षेत्रीयताको उत्पीडनमा परेको डिपोहरुबाट 

पुराना शताब्दीको झल्को दिलाउने गरी l

 

मेरो लाहुरेको भोलि राज्यलाई नै थाहा छैन। 

मलाई कसरी थाहा हुन्छ ।

 मेरो लाहुरे भोलि बाकसभरि सपना नै सपना बोकेर आउँछ की ?

 स्वयम आफु नै रातो बाकसभरि 

मलाई सपनाजस्तै बनाएर आउँछ की ? 

यो देशको राजधानीलाई थाहा छैन भने ।

 मलाई कसरी थाहा हुन्छ । 

 

उसलाई मैले मेरो देशलाई जितेको 

राजनेताहरुलाई जस्तै 

खादा ओढाएर कयौं पटक विदाई गरे। 

शक्तिफोवियाले ग्रस्त राजधानीबाट 

मजस्तै लाहुरीनीहरुको लाहुरेहरु 

रातो बाकसभरि 

भरिएर आइरहेको श्रव्यदृश्य मन्चन भईरहदा ।

मृत्युदर्ताजस्तै लाग्ने राहादानी थमाएर l

 

 

राजधानीको मसानघाटले देशको सपना पोल्छ ।

मजस्तै हजारौं रातो फुलाफलाई सेतै बनाउछ ।

भाग्यको मुढाहरुलाई ठोस्याएर ।

धुवाँलाई गगनसम्म पुर्‍याई । 

फेरि अर्को लाहुरेलाई बिदाई गर्ने शुभसाइतमा l

बैशाख २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार