×

NMB BANK
NIC ASIA

किन नबढोस् व्यापार घाटा- एघार भन्सार कार्यालयबाट निर्यात शून्य !

बैशाख २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –मुलुकभर सञ्चालनमा रहेका २३ भन्सार कार्यालयमध्ये ११ वटा भन्सार कार्यालयबाट कुनै पनि माल निर्यात नभएको पाइएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको नौ महीनाको विवरणमा ती भन्सार कार्यालयबाट कुनै पनि प्रकारको निर्यात नभई शून्य अवस्थामा रहेको पाइएको हो ।

Muktinath Bank

विभागका अनुसार जलेश्वर, सुथौली, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर, महेशपुर, सिरहा, राजविराज, टाँडी र सेती भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा कुनै पनि सरसामग्री निर्यात नभएको पाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजश्व सङ्कलनका लागि भन्दै सरकारले जनशक्ति एवं साधान र स्रोत उपलब्ध गराएको भए पनि निर्यात हुन नसकेको पाइएको हो । ती भन्सार कार्यालयमध्ये टाँडी र सेती भन्सार कार्यालयबाट आयातसमेत नभएको पाइएको छ । यस्तै गौर भन्सार कार्यालयबाट पनि शून्य दशमलव १६ प्रतिशत मात्रै निर्यात भएको पाइएको छ । 


Advertisment
Nabil box
Kumari

विभागका अनुसार वीरगञ्ज भन्सार कार्यालयबाट आयात र निर्यातको मात्रा बढी छ । वीरगञ्ज भन्सार कार्यालयबाट रु तीन खर्ब ६७ अर्ब बराबरको आयात भएको छ । प्रतिशतका आधारमा सो भन्सार कार्यालयबाट ३४.५६ प्रतिशत सामान आयात भएको छ । उक्त भन्सार कार्यालयबाट रु १४ अर्ब ४९ करोड बराबरको निर्यात भएको छ । 

Vianet communication
Laxmi Bank

दोस्रो स्थानमा भैरहवा भन्सार कार्यालय रहेको छ । सो भन्सार कार्यालयले रु एक खर्ब ७८ अर्ब ९६ करोड ८३ लाख चार हजार बराबरको सरसामान आयात भएको छ । प्रतिशतका आधारमा १६.८६ प्रतिशत सामान सो भन्सार कार्यालयबाट आयात भएको छ । चालू आवको नौ महीनाको अवधिमा भैरहवा भन्सारबाट रु दुई अर्ब ७३ करोड ४१ लाख २२ हजार बराबरको सामान निर्यात भएको छ । विराटनगर भन्सार कार्यालय हँुदै रु एक खर्ब ३१ अर्ब बराबरको आयात हुँदा करीब रु २१ अर्ब बराबरको निर्यात भएको विभागले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै रु एक खर्ब ३० अर्ब ९५ करोड पाँच लाख २८ हजार बराबरको सामान आयात हुँदा रु १७ अर्ब ७५ करोड बराबरको निर्यात भएको छ । निर्यातका आधारमा हेर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्यात बढी भएको पाइएको छ । 

यस्तै वीरगञ्ज सुक्खा बन्दरगाहबाट रु एक खर्ब नौ अर्ब चार करोड ४१ लाख ३९ हजार बराबरको आयात हुँदा रु तीन अर्ब २२ करोड तीन लाख ४१ हजार बराबरको निर्यात भएको छ । नेपालगञ्ज भन्सारबाट चालू आवको नौ महीनामा रु ४० अर्ब ९१ करोड आठ लाख ५२ हजार बराबरको आयात हुँदा रु एक अर्ब ८० करोड ९७ लाख ८१ हजार बराबरको निर्यात भएको छ । 

यस्तै उत्तरी छिमेकी चीनसँगको कारोवार हुने एकमात्र स्थल नाका रसुवागढी भन्सार कार्यालय हुँदै रु ३१ अर्ब ५८ करोड २४ लाख ७४ हजार बराबरको आयात भएको छ । सो भन्सार हुँदै रु ८४ करोड ९२ लाख ४९ हजार बराबरको मात्रै निर्यात भएको छ । 

मेची भन्सार कार्यालयबाट रु ३० अर्ब ४७ करोड ७१ लाख ७२ हजार बराबरको आयात हुँदा रु ६ अर्ब ८७ करोड ४७ लाख ५७ हजार बराबरको निर्यात भएको छ । कृष्णनगर भन्सार कार्यालयले सो अवधिमा रु १८ अर्ब २० करोड ९१ लाख ९० हजार बराबरको आयात हुँदा रु ३२ करोड १५ लाख २७ हजार बराबरको निर्यात हुन सकेको छ । कैलाली भन्सार कार्यालयबाट चालू आवको नौ महीनामा रु १५ अर्ब ३३ करोड ४० लाख ४३ हजार बराबरको आयात गर्दा रु ५९ करोड ३७ लाख ७६ हजार बराबर मात्रै निर्यात भएको छ । 

चालू आवको नौ महीनाको अवधिमा रु १० खर्ब ६१ अर्ब ६१ करोड १२ लाख चार हजार बराबरको माल वस्तु आयात हुँदा रु ६९ अर्ब ८२ करोड २३ लाख ४८ हजार बराबरको मात्रै निर्यात भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x