×

NMB BANK
NIC ASIA

एभेन्जर्स एन्डगेमले तोड्ला कमाइमा अवतारको रेकर्ड ?

बैशाख २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – मार्भलको फिल्म एभेन्जर्स एन्डगेम सिनेमाकै इतिहासमा सबभन्दा धेरै कमाइ गर्ने फिल्म बन्न लागेको छ । मार्भल सिनेम्याटिक युनिभर्सभित्रको इन्फिनिटी सागालाई यो फिल्मले टुंग्याएको छ । 

Muktinath Bank

यो फिल्मले जेम्स क्यामरोनको निर्देशनमा बनेको फिल्म अवतारको कीर्तिमान तोड्ने अपेक्षा गरिएको छ । अवतार क्रिसमसको समयमा रिलिज भएकाले बढी कमाउन उसलाई सहज भएको थियो । तर अब गर्मी महिनामा ठूला फिल्महरू पनि रिलिज हुन लागेकोले एन्डगेमको कमाइमा असर पर्न सक्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बक्स अफिस मोजोले सार्वजनिक गरेको आँकडाअनुसार, एन्डगेमले २.३४ अर्ब डलर कमाइसकेको छ । अवतारले सिनेमाघरबाट २.७८ अर्ब डलर कमाएको थियो । 


Advertisment
Nabil box
Kumari

अमेरिकाको बजारको कुरा गर्दा शुक्रवार आएको डिटेक्टिभ पिकाचुले पहिलो दिनमा २०.७ मिलियन डलर कमायो र एन्डगेमलाई पछि पारिदियो । शुक्रवार एन्डगेमले १६.०६ मिलियन डलर कमायो । रिलिज भएपछि पहिलोपटक एन्डगेम शीर्ष स्थानबाट तल झरेको हो । 

Vianet communication
Laxmi Bank

अमेरिकामा एन्डगेमले ६७६.५० मिलियन डलर कमाइसकेको छ । 

भारतमा पनि एन्डगेमले अनेकौं कीर्तिमान तोडेको छ । तीन अर्ब भारुभन्दा बढी कमाइ गर्ने पहिलो हलिउड फिल्मका रूपमा एन्डगेमले आफूअघि आएको फिल्म इन्फिनिटी वार्सलाई पछि पारेको हो । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x