कात्तिक ८, २०८०
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
न्युयोर्क – पत्रकार किशोर पन्थीबाट लिखित पुस्तक कम्पनको दोस्रो संस्करण न्युयोर्कबाट लोकार्पण गरिएको छ ।
न्युयोर्कको ज्याक्सनहाइटमा रहेको मुस्ताङ थकाली किचनमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो ।
नेपाल सरकारका महावाणिज्यदूत पुष्पराज भट्टराई, वरिष्ठ पत्रकार किशोर नेपाल, कम्पनका पात्र तथा सामाजिक अभियन्ता डाक्टर बिष्णुमाया परियार, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्ट, कानूनविद् तथा पुस्तकका पात्र खगेन्द्र जीसी र सामाजिक व्यक्तित्व डा. विनोद शाहले पुस्तकको लोकार्पण गरे ।
न्युयोर्कमा रहेका नेपाली र विभिन्न संघसंस्थाका व्यक्तित्वबीच पुस्तकको लोकार्पण गरिएको हो । पुस्तक लोकार्पणपछि महावाणिज्यदूत पुष्पराज भट्टराई, कानूनविद् खगेन्द्र जीसी र डा. विनोद शाहले पुस्तक नेपालको महाभूकम्पकको ऐतिहासिक दस्तावेज भएको उल्लेख गर्दै पुस्तकका लेखकलाई शुभकामना दिए । कार्यक्रम महावाणिज्यदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा महाभूकम्पको असर र पुनर्निर्माणको अवस्थाबारे बहस समेत गरिएको थियो । पहिलो चरणको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी प्रदीप परियार थापाले गरेका थिए भने दोस्रो चरणको सहजीकरण सञ्चारकर्मी सुरेश शाहीले गरेका थिए ।
कम्पनको पहिलो संस्करण गत वर्ष पूर्व प्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल लगायतले काठमाडौंमा आयोजित कार्यक्रमममा लोकार्पण गरिएको थियो भने विश्वव्यापी लोकार्पण मे ११ मा न्युयोर्कमा गरिएको थियो । पुस्तकको दोस्रो संस्करण नेपालमा दोस्रो ठूलो भूकम्प आएकै दिन न्युयोर्कमा लोकार्पण गरिएको थियो । नेपालको दोस्रो ठूलो भूकम्पमा डेढ सयभन्दा धेरैको ज्यान गएको थियो ।
महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित पुस्तकमा भूकम्पका पीडित, भूकम्पपछिको उद्दार र राहतमा खटिनेहरु, भूकम्पबाट बाँच्न सफल हुनेहरू लगायतका रोचक स्मरण समेटिएको छ । दोस्रो संस्करणमा पहिलो संस्करणपछिका पुस्तकका समीक्षा र भूकम्पको इतिहासलाई पनि समेटिएको छ ।
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...