पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गणतान्त्रिक नेपालको निर्वाचनपश्चात् बलियो सरकार निर्माण भएको झन्डै १८ महिना बिते पनि सरकारमा सामर्थ्य अनि नागरिकमा सकारात्मकताको आभास आशानुरूप गहन हुन सकेको छैन । समृद्धि तथा विकासको नारा अनि ती नारा लगाउने सरकार र यसका निकायको पारा भने एक अर्कामा परिपूरक मात्र देखिएको सत्य शायदै लुकेको छ ।
विगतमा पनि लगातार सरकार परिवर्तनमा राजनीति अल्मलिँदा देशको विकास कहिल्यै दलहरूको प्रधान खोज बन्नसकेको थिएन । अब चाहिँ स्थिरता, समृृद्घि र विकासको अपेक्षा गरिएको थियो । तर थुप्रै अनावश्यक र अनपेक्षित राजनीतिक विचलनले केन्द्रीय राजनीतिलाई गिजोल्दै लग्यो । राजनीतिमा नयाँ परीक्षणमा आएका र केही गर्लान् कि भन्ने आश गरिएका प्रदेश सरकार समेत राजधानी र नाम नै टुंगो लगाउन नसेकर आफैंमा अनिर्णित छन् ।
सात प्रदेशमध्ये चारवटा प्रदेश त अहिले पनि यही विषयमा बढी केन्द्रित छन्, केही प्रदेशमा त उच्चकोटिको तनाव पनि छ । प्रदेश १ यसको पछिल्लो उदाहरण बन्दैछ । चुनावी दौडाहामा थुपै्र नेताहरूले आफ्नो निर्वाचन क्षेत्रलाई प्रादेशिक राजधानी बनाउन पहल गर्ने वाचा गरेका थिए । राष्ट्रिय राजनीतिमा प्रभावशाली हैसियत राख्ने अधिकांश नेताहरूको भनाइ समेत समान थियो । संविधानको धारा २८८ उपधारा २ अनुसार प्रदेश सभाको दुईतिहाइ बहुमतबाट प्रादेशिक राजधानी तोकिनुपर्छ । तर चुनावी आश्वासनले गर्दा हरेक प्रदेशमा कम्तीमा आधादर्जनभन्दा बढी ठाउँका नागरिकलाई आप्mनो शहरमा प्रादेशिक राजधानीको आशा जाग्दैछ । सबै प्रदेशमा त्यसैका लागि सौदाबाजी चलिरहेको छ ।
जे ब्रूमफील्डको पुस्तक ‘इलिट कन्फ्लिक्ट इन प्लुरल सोसाइटी : टवेन्टीथ सेन्चुरी बेंगल’ले राजधानी स्थापनालाई बीसाँै शताब्दीको राजनीतिको मुख्य लडाइँ बताउँछ । प्रथम र द्वितीय विश्वयुद्घपछि स्वतन्त्र भएका अधिकांश देशमा यो समस्या थियो । हामी अहिले भोग्दैछौं ।
सरकारले बनाएको सुझाव समितिहरूले हरेक प्रदेशका थुपै्र सम्भावित ठाँउहरूको सिफारिस गर्यो तर कुनै पनि प्रदेशमा एक मात्र निश्चित स्थान सिफारिश गर्न सकेन । राजधानीको विवादमा अल्झिएर आम आशा अनि नागरिक अपेक्षाका सघन मुद्दाहरूमा लाग्नुपर्ने शक्तिहरूको लामो समय फेरि बर्बाद हुनसक्ने देखिन्छ । त्यसैले विश्व अनुभवलाई समेत हेर्दै हरेक हिसाबले वैज्ञानिक कुनै एक ठाउँलाई कार्यालय प्रयोजनको राजधानी र प्रदेशभित्रका अन्य मुख्य शहरहरूलाई फरक/फरक क्षेत्रका राजधानी बनाउनुपर्छ । यसले नागरिक असन्तुष्टि तथा तानातान रोकिन्छ र विकासका विभिन्न आयामको प्रवाह समेत बढ्छ । एकैपटक दुई विशिष्ट आयाम र आयतनका फाइदाहरू लिन सकिन्छ ।
विश्व अनुभव
राजधानी स्थापना जटिल भएपनि परिवर्तनीय विषय समेत हो । आवश्यकता अनुसार विभिन्न देशहरूले राजधानी सारेका उदाहरण समेत देखिन्छन् । तान्जेनियाले सन् १९७३ मा आप्mनो राजधानी दारेससलामबाट डोडोमा लग्यो । १९४७ को स्वतन्त्रतासँगै भारतको राजधानी कलकत्ताबाट दिल्ली सारियो । ब्राजिलमा मुख्य बस्तीबाट टाढाको शहर ब्रासिलियालाई राजधानी बनाइयो । रसियामा १७१२ मा सेन्ट पिटर्सबर्गबाट मस्कोलाई नयाँ राजधानी बनाइएकोमा १९१८ बाट पुनः सेन्ट पिटर्सबर्गलाई राजधानी कायम गरियो । काजकिस्तानले १९९७ मा राजधानी अल्माटीबाट अस्टना पुर्यायो । नाइजेरियाको राजधानी १९९१ मा लेगोसबाट अबुजा कायम भयो । थाइल्यान्डले अयुत्थयबाट सारेर बैंककलाई नयाँ राजधानी बनायो । टर्कीले १९२३ मा इस्तानबुलबाट अंकारा, फिलिपिन्सले १९७६ मा क्युजोन शहरबाट मनिला अनि जापानले १८६८ मा क्योटोबाट टोकियोमा राजधानी बदलेको देखिन्छ ।
तर एउटा मात्र राजधानी तोक्दा हरेक हिसाबमा मानवीय गतिविधिहरू त्यही केन्द्रित भएकाले केही देशमा बहुराजधानीको अवधारणासमेत आउँदैछ । मलेसियामा क्वालालम्पुरलाई आधिकारिक राजधानी र पुत्रजया शहरलाई प्रशासनिक केन्द्र बनाइएको छ । नेदरल्यान्डको मुख्य राजधानी आम्स्टर्डम हो यद्यपि हेग मुख्य प्रशासनिक केन्द्र हो । दक्षिण अफ्रिकामा प्रिटोरियालाई आधिकारिक राजधानी मानिन्छ तर केपटाउनमा व्यवस्थापिकाको राजधानी र ब्लोमफोन्टियनमा न्यायिक राजधानी कायम गरिएको छ ।
यसरी फरक/फरक क्षेत्रको राजधानी फरक/फरक शहरलाई तोक्दा नागरिक असन्तुष्टि कम हुनुसँगै असन्तुलित बसाईंसराइ रोकिन्छ । विभिन्न पेशा व्यवसाय तथा सेवामा आवश्यक पूर्वाधार फरक हुन्छन् । शिक्षाका पूर्वाधार तथा वातावरण अस्पतालको भन्दा नितान्त भिन्न हुन्छन् । उद्योगका लागि आवश्यक पूर्वाधार पर्यटन प्रवर्द्धनका लागि बाझिने प्रकारको हुनसक्छ । कला संस्कृतिको संरक्षणमा चाहिने आधार शहरीकरणका लागि चाहिने विशेषतासँग पृथक् रहन्छ । तसर्थ फरक शहरलाई फरक क्षेत्रको राजधानी बनाउने लक्ष्य राखे आवश्यक विकास निर्माणमा सहजता तथा एकरूपता आउँछ । विकासको तीव्रताले नयाँ इतिहास रच्न सक्छ । एफ क्यामपन्ट र सहकर्मीहरूको अनुसन्धान ‘क्यापिटल सिटिज, कन्फ्लिक्ट यान्ड मिसगभर्नेन्स ः थ्योरी यान्ड प्राक्टिस’का अनुसार पनि बहुल राजधानी देशलाई फाइदाजनक देखिन्छ । त्यसैले, चुनावी प्रतिबद्घता, शक्तिशाली नेताहरूको प्रभाव वा अन्य दबाबमा नभई वैज्ञानिक अध्ययनको आधारमा राजधानी कायम गर्नुपर्छ ।
वैज्ञानिक धरातल र तत्कालीन आवश्यकता
प्रदेशका सबै भागबाट समदूरी राजधानी स्थापनाको पहिलो प्राथमिकता बन्नुपर्छ । केन्द्रीकृत शासन व्यवस्थामा प्रशासनिक कामकारवाही केन्द्रीकरण हुन्छ । सबै स्थानका नागरिक बराबर रूपमा लाभान्वित हुन सक्दैनन् । सरकारी सेवासुविधा तथा राष्ट्रिय अभिभावकत्वबाट कोही नजिक र कोही टाढा रहनुपर्छ । तसर्थ विकेन्द्रीकरणको उच्चतम नमूूना मध्येको संघीयताको अभ्यास आवश्यक भएको हो । काठमाडौंसँग पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हरेक नागरिकको समान र निरन्तर सम्पर्क रहन नसकेको अनि राज्यले सबैलाई यथाशक्य अभिभावकत्व प्रदान गर्न नसकेकाले नै संघ र प्रदेशको अवधारणा विकसित भयोे । तसर्थ प्रदेशभित्र सबै भूगोलका जनतालाई बराबरीको दूरीमा पर्नेगरी राजधानी बनाउन सक्नुपर्छ । यसरी निर्णय गर्दा नागरिकलाई बुझाउन समेत सहज हुन्छ ।
राजधानी स्वभावैले प्रशासनिक केन्द्र हो । सम्भावित राजधानीमा तत्कालका पूर्वाधार अथवा नयाँ पूर्वाधार निर्माणको सम्भावनालाई उचित ध्यान दिनुपर्छ । राजधानी तोकेपछि त्यहाँ अत्यधिक बसार्ईंसराइ हुन्छ । शहरीकरणको गतिले नयाँ स्वरूप लिन्छ । तसर्थ आवश्यक सडक, सञ्चार, विद्युत्, भवनहरू, बाटा, फोहोर व्यवस्थापनको सम्भावना, ढल निकासी जस्ता कुराहरूको सुनिश्चितता वा सम्भाव्यता रहनुपर्छ । केही देशका शहरहरू जस्तै मनिला, रियो द जेनेरियो, गोन्जावु, न्यु योर्क तथा टोकियोमा मानव व्यवस्थापन नै असहज हुनेगरी जनघनत्व छ । इरानको ज्यावल, भारतको दिल्ली, पाकिस्तानको पेशावर आम मानवको स्वाभाविक र सामान्य स्वास्थ्यमा समेत असर पर्नेगरी प्रदूषित शहरमा गनिन्छन् । मेक्सिकोको अक्कपाउलो अनि भेनेजुएलाको काराकास राजधानी भएर पनि अधिक आपराधिक शहर गनिन्छन् । युरोपका अधिकांश शहरहरू आतंककारी आक्रमणको जोखिम खेप्दैछन् । हामीले राजधानी बनाउने शहरसँग यस्ता जोखिमहरूको मुकाबिला गर्ने क्षमतासमेत हुनुपर्छ ।
प्रस्तावित राजधानीको वातावरणीय र पर्यावरणीय पक्षलाई उत्तिकै प्राथमिकतामा राख्नुपर्छ । राजधानी भन्नेबित्तिकै अन्य प्रदेश र विदेशका निकाय तथा सरोकारवालाकोे ध्यानसमेत आकर्षित हुन्छ । तसर्थ शान्त, सुन्दर, व्यवस्थित, प्रदूषणमुक्त र सरसफाइ अनि सजावटका हिसाबले अनुकरणीय हुनुपर्छ । नागरिकको अपेक्षा पनि यस्तै रहन्छ ।
ती राजधानीमा सेवा/सुविधाकोे सहजता हुनुपर्छ । आन्तरिक तथा बाह्य सुरक्षा खतरा कम तर आन्तरिक अनि बाह्य देशहरूसँग सहज सम्पर्क स्थापनार्थ पूर्वाधारको सक्षमता उत्तिकै सबल रहनुपर्छ । कुनै मानवीय वा प्राकृतिक विपतको बखत सबै प्रदेशहरूमा उत्तिकै सहज हिसाबले वैदेशिक सहयोग र सहयोगीहरू आउन सक्ने हुनुपर्छ ।
विगतमा जस्तै भूकम्प फेरि आउन सक्छ । तराईमा बाढीको र पहाडमा पहिरोको जोखिम छ । अहिलेसम्मको एउटै अन्तर्राष्ट्रिय सम्पर्क केन्द्र काठमाडौं प्रदेश नं ३ मा पर्छ । यो मात्रै अन्तर्राष्ट्रिय समन्वय केन्द्र रहँदा भोलि यहाँमार्पmत आएका सहयोगहरू अरु प्रदेशमा पुर्याउन असहज हुनसक्छ । अन्य प्रदेशका उत्पादनहरू तथा निर्यातहरू पनि यही प्रदेशबाट मात्र भएर बाहिर जाँदा अन्तरप्रदेश असमझदारी र आर्थिक दायित्व बढ्नसक्छ । तसर्थ हरेक प्रदेशको राजधानीले आप्mनै हिसाबले अन्तर्राष्ट्रिय सम्पर्क विस्तार गर्नसक्ने सम्भावना समेत खोज्नुपर्छ । एफ सेलीको पुस्तक ‘नेसन्स शेप ः द स्टोरी बहाइन्ड द वर्ल्ड बोर्डर’ले राजधानीले सके विश्व नभए निकटका छिमेकीसँग आवागमन र पारवहन पहुँच राख्नुपर्छ भन्छ । हंगेरीको बुडापेस्ट, क्यानडाको ओट्टावा, फ्रान्सको पेरिस, जर्मनीको बर्लिन, बेलायतको लन्डनलाई विविध शोधले संसारका उत्कृष्ट राजधानी मान्छन् । तिनीहरूको समुचित अध्ययन नयाँ राजधानी निर्माणमा सहयोगी बन्नसक्छ ।
कुनै एक ठाउँलाई प्रशासनिक राजधानी तोकेपछि अन्य शहरहरूलाई अन्य विधाको राजधानी तोक्न सकिन्छ । क्लाउस जर्गेन नेगेलको सम्पादन रहेको पुस्तक ‘द प्रोब्लम अफ क्यापिटल सिटी’ले देखाएका आधार र सत्यताहरूको सूक्ष्म आत्मसातले सही राजधानी तोक्ने कुरामा सहयोग गर्नसक्छ ।
कुनै शहरलाई औद्योगिक राजधानी बनाएर उद्योग, कलकारखाना तथा व्यावसायिक गतिविधिको मात्र विकास गनुपर्छ । अर्को कुनै शहरलाई शैक्षिक राजधानी बनाउँदै शिक्षाका आवश्यक पूर्वाधार तयार गर्ने अनि अर्को कुनैलाई स्वास्थ्य राजधानी तोकेर अस्पताल र स्वास्थ्य उपचारसँग सम्बन्धित कुराको मात्र विकास अनि विस्तार गर्दा राम्रो हुन्छ । कला, पर्यटन, संस्कृति, साहित्यका, खेलकुद, संगीतका फरक राजधानी राख्नुपर्छ । उद्योगधन्दा र कलकारखाना भएको ठाउँमा हुने ध्वनिले बालबालिकालाई अध्ययन गर्ने शान्त वातावरण दिँदैन । अस्पतालको समीपमा हुने विद्यालयका विद्यार्थीमा बिरामीको भीडका कारण सकारात्मक भन्दा नकारात्मक सोच बढ्न सक्छ । तर क्षेत्रगत राजधानीहरू तोकेमा सबै शहरको विकास हुन्छ । क्षेत्र विशेषका सेवा, सुविधा तथा पूर्वाधारहरूको निर्माण सहज बन्छ । समन्वयको अभाव तथा परस्पर विरोधी गतिविधिहरू कम हुन्छन् । सेवा प्रवाहमा एकअर्काबाट अवरोधको सम्भावना रहँदैन ।
तसर्थ राजधानी स्थापनामा कसैको अभिमान, प्रभाव वा दबाबको सट्टा सम्पूर्ण प्रदेशका आम नागरिकको शान अभिवृद्घिको लक्ष्य रोजिनुपर्छ । बहुल राजधानीबाट सबै क्षेत्र तथा नागरिकको यथोचित विकास खोजिनुपर्छ ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...