×

NMB BANK
NIC ASIA

मेयर र उपमेयरको झगडा प्रशासन कार्यालयसम्म

जेठ १, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सुर्खेत- दैलेखको आठबीस नगरपालिकामा नेपाली कांग्रेसले विवाद सिर्जना गरेको छ । तीन महिनाअघि आफू अनुकूलको निर्णय नभएको आरोपमा उपप्रमुख दीपा बोहोरा नेतृत्वको टोलीले प्रमुख प्रशासकीय अधिकृतबाट माइन्युट कब्जा गरेका थिए । उक्त मुद्दाको छिनोफानो दैलेख सदरमुकाममा नै लागेको थियो ।

Muktinath Bank

प्रमुख जिल्ला अधिकारी, नेपाली कांग्रेसका जिल्ला सचिव, सरकारी वकिल र नेकपाका प्रतिनिधिबीच त्यतिबेला आगामी दिनमा त्यस्तो नगर्ने सहमति भएको थियो तर उक्त सहमति काँग्रेसले तीन महिनामा नै दोहोर्‍याएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाले वैशाख २६ गते बैठक बोलाएको थियो । उक्त बैठकमा केही निर्णय पनि भएका थिए । नगरमा अल्पमतमा रहेको कांग्रेसले गत वैशाख २७ गते बिहान प्रमुख प्रशासकीय अधिकृत कुलप्रसाद सुवेदीसँग उपप्रमुख बोहोराले माइन्युट मागेकी थिइन्  ।


Advertisment
Nabil box
Kumari

उनलाई सहजै दिएका अधिकृत सुवेदीले वडा नं. ८ का वडा अध्यक्ष मुक्ति प्रसाद उपाध्यायले माइन्युट च्यातेका थिए । माइन्युट खोसेर गरिएका माइन्युटमा गरिएका चार वटा निर्णयहरू च्यातेपछि विवाद सतहमा आएको हो ।

Vianet communication
Laxmi Bank

माइन्युट च्यातिएपछि नगर प्रमुख र वडाअध्यक्षले इलाका प्रहरी कार्यालय राकममा घटना विवरण मुचुल्का समेत गरेका छन् । सोही मुद्दा अहिले दुवै पक्ष जिल्ला सदरमुकाममा प्रमुख जिल्ला अधिकारी, अन्य वकिलहरू, आफ्ना दलका नेताहरूसँग छलफलसमेत भएको छ ।

 

यता नगरप्रमुख खड्गराज उपाध्यायले बारम्बार कांग्रेसबाट निर्वाचित पदाधिकारीले माइनयुटलाई नै निशाना बनाउनुको कारणबारे आफूलाई जानकारी नभएको बताए । ‘वैशाख २६ गते हामीले विभिन्न चार वटा निर्णय गरेर कोठामा गइसकेका थियौं,’ उनले भने, ‘बिहान आठ बजे नेपाली काँग्रेसको दलबलसहित आएर उहाँहरूले माइन्युट च्यात्नुभएछ । बारम्बार नगरमा यस्तो घटना हुँदा दुःख लागिरहेको छ ।’ नगरपालिकामा कामै गर्न नदिइने उनीहरूको योजनाअनुसार यस्ता हर्कत गरिएको उनको भनाइ छ ।

‘हामीले हरेक वडाको पार्श्व चित्र बनाउने निर्णय गरेका थियौं । सोही निर्णयमा उहाँहरूको आपत्ति थियो,’ उनले भने, ‘ती लगायत अन्य विभिन्न वडाका आयोजनाहरू संघ र प्रदेशसँग माग्ने निर्णय गरेका थियौं ।’ उपप्रमुख दीपा बोहोरा, वडा नं. ६ का अध्यक्ष धीरबहादुर शाही, वडा नं. ८ का अध्यक्ष मुक्ति उपाध्याय, वडा नं. ७ का चक्रबहादुर शाही, वडा नं. २ का अध्यक्ष पुर्णप्रसाद खनाल, मेयर पदमा निर्वाचनमा हारेका प्रेमप्रकाश शाही, वडा नं. ७ का खगेन्द्रबहादुर शाही, वडा नं. ४ का भक्तबहादुर माझी लगायतको टोलीले उक्त कार्य गरेको नगर प्रमुख उपाध्यायको भनाइ छ ।

मुद्दा गर्ने तयारी

आठबीस नगरपालिकाका नगरप्रमुख उपाध्यायले कांग्रेसको यो हर्कतविरुद्ध अदालतमा मुद्दा गर्ने तयारी गरेका छन् । ‘हामीले हाम्रा साक्षीहरू सहितको इलाका प्रहरी कार्यालयबाट मुचुल्का उठाएर ल्याइसकेका छौं,' उनले भने, ‘छलफलबाट कुनै निष्कर्ष ननिस्किए अदालतमा मुद्दा दर्ता गर्नेछौं । दलको नाउँमा आठबीस नगरपालिकालाई काम गर्न दिनबाट वञ्चित गराउन कसैले पनि पाउँदैन ।’ उनले लोकतन्त्रको मसिहा ठान्ने काँग्रेसले गैर जिम्मेवार हर्कत नगरमा दोहोर्याई रहेको गम्भीर आरोप समेत लगाए ।

यता छलफलका लागि जिल्ला सदरमुकाममा आएकी उपप्रमुख दीपा बोहोराले वडाहरुको संख्या थप गर्ने प्रस्ताव आएका कारण आफूहरूले पार्टीसँग सल्लाह गर्ने भनेका कारण विवाद भएको बताइन् । यसबाहेक अन्य विषयमा थप जानकारी लिन वडाअध्यक्ष मुक्ति उपाध्यायलाई सोध्न भनिन् । वडाअध्यक्ष उपाध्यायले भने आफू अहिले बैठकमा भएको बताए ।

घटनाको विषयमा बुझ्न वडाध्यक्ष उपाध्यायले आफू मिटिङमा भएको बताए । 

यता जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्तोलाले नगरपालिकाको विवाद मिलाउने प्रयास भइरहेको प्रतिक्रिया दिए । ‘हामीले उहाँहरूलाई निर्देशन दिन मिल्दैन । सहजीकरण मात्र गर्ने हो,’ उनले भने, ‘यदि सहमति भएन भने अदालतले मुद्दा टुंगो लगाऔंला ।’ 
हेर्नुहोस तस्विरमा प्रहरी मुचुल्का ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x