नेकपाका कार्यकर्ता समाजवादी पार्टीमा

जेठ १, २०७६

काठमाडौं–नेकपाका दुई कार्यकर्ता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । 
काठमाडौं, धर्मस्थली निवासी प्रतिभाशाली युवा नेताद्वय राजु तिमिल्सिना र कोपिला तिमिल्सिना नेकपा परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । 

संघीयता, सुशासन, समृद्धि र समुन्नत समाजवादको यात्रामा होमिने प्रतिवद्धतासहित उनीहरु समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुलाई समाजवादी पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले पार्टीमा स्वागत गरेका थिए । 


ADVERTISEMENT

जेठ १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस