मेस्सीले ट्रेनिङ गरेको हेर्न आतुर छु : डी जोङ

जेठ २, २०७६

काठमाडौं – नेदरल्यान्ड्सको एरिडिभिजी लीग उपाधि जितेपछि आयाक्स खेलाडी फ्रेंकी डी जोङले बार्सिलोनाका नयाँ साथीहरू भेट्न उत्साहित रहेको बताएका छन् ।

बार्सिलोनाले डी जोङका लागि ७५ मिलियन युरो खर्च गरेर भित्र्याएको थियो । उनको समेत योगदानमा आयाक्स च्याम्पियन्स लीगको सेमिफाइनलमा पुगेको थियो । 


ADVERTISEMENT

‘म लियोनेल मेस्सीले ट्रेनिङ गरेको हेर्न उत्साहित छु । म त उनलाई मात्र बल पास गर्छु,’ डी जोङले हाँस्दै भने ।

यति ठूलो क्लबमा खेल्नुपर्दाको दबाब आफूले नलिने २२ वर्षीय डी जोङले बताए । ‘म आफू जस्तो छु त्यस्तै रहन्छु । मैले ध्यान केन्द्रित गरुन्जेल यसले केही फरक पार्दैन । म त्यहाँ राम्रो प्रदर्शन गर्न चाहन्छु र सर्वोत्कृष्ट खेलाडीसँग सिक्न चाहन्छु ।’

डी जोङ आयाक्सको मिडफील्डका मुटु हुन् र टीमले दुईवटा घरेलु उपाधि जितेर गजबको सीजन पूरा गरेको छ । 

‘डच मापदण्डमा हाम्रो टोली अद्विीतय छ । हामीले निकै रमाइलो मान्यौं र केही गजबका क्षण बितायौं,’ उनले भने ।

मार्का डट्कमबाट
 

जेठ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस