×

NMB BANK
NIC ASIA

भवन जीर्ण हुँदा समूह विभाजन गर्न गाह्रो, प्रदेश राजधानीकै विद्यालयको अवस्था दयनीय

जेठ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीन्द्रनगरमै रहेको एक सामुदायिक विद्यालयको अवस्था दयनीय बनेको छ ।

Muktinath Bank

विद्यालयमा विद्यार्थीको चाप बढेपनि प्राविकै दरबन्दीले कक्षा १२ सम्म चलाउनुपर्ने बाध्यता विद्यालयको छ । विद्यालयमा प्रावि तहमा १२ जनाको दरबन्दी छ । निमावि तहमा २ रात तथा १ दरबन्दी पाएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडा स्कूल वीरेन्द्रनगरमा माध्यमिक तहमा पाँच जना राहत र उच्च माध्यमिक विद्यालयमा २ राहत तथा ४ जना पार्टटाइम शिक्षक राखेर अध्यापन गराइरहेको विद्यालयका सह प्रधानाध्यापक मोहन प्रसाद गौतमले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राजधानीको विद्यालय भएका कारण बाहिरबाट आएका विद्यार्थी थेग्न पनि मुश्किल भएको छ,’ उनले भने, ‘आठ कोठे भवन जीर्ण हुँदा विद्यार्थीलाई कोठा अभावमा कोचाकोच गरेर अध्यापन गराउन बाध्य भएका छौं ।’ उनले अहिले भवनका कारण विद्यार्थीलाई अत्यन्तै असहज भएको बताए ।


Advertisment
Nabil box
Kumari

‘कक्षा १० सम्म मात्रै करीब ९ सय विद्यार्थीहरू भर्ना भएका छन्,’ उनी भन्छन्, ‘कक्षा १ मा ३८, दुईमा ४७, तीनमा ४७, चारमा ७२ र पाँचमा ५७ जना विद्यार्थीहरू भर्ना भएका छन् ।’

Vianet communication
Laxmi Bank

उनले थपे, ‘कक्षा छ मा ८८, सातमा ९९, आठमा ९३, नौमा १२४ र दशमा ८६ जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन् ।’ विद्यालयमा अधिकांश कक्षामा समूह विभाजन गर्नुपर्ने भएपनि कक्षाकोठा अभाव र भएका कोठा जीर्ण हुँदा समस्या भएको बताए ।

‘हाल विद्यालयसँग १४ वटा कोठा मात्रै छन्,’ उनले भने, ‘सामाजिक विकास मन्त्रालयले दुई कोठे भवनको लागि बजेट दिएका कारण अहिले निर्माण कार्य सञ्चालन भइरहेको छ ।’ उनले विद्यालयलाई तत्काल एक भवनको आवश्यकता परेको बताए । ‘अभिभावकहरु हामीलाई भर्ना लिइदिन आग्रह गर्ने गर्नुहुन्छ,’ उनी भन्छ्न्, ‘हामीले चाहेर पनि विद्यार्थीलाई भर्ना लिन असमर्थ भएका छौं । विद्यालयको अन्य आयश्रोत केही नभएका कारण पनि हामीलाई समस्या भएको हो ।’ उनले प्रदेश वा स्थानीय सरकारबाट पक्की भवनको अपेक्षा गरेको बताए ।

सोही विद्यालयमा कक्षा आठमा अध्यययनरत विद्यार्थी प्रकाश थापा आफूहरूलाई बस्न असहज भएको बताउँछन् । ‘हामी कोचाकोच भएर बस्नुपरेको छ । सबै विद्यार्थी एकै कक्षामा बस्नुपर्दा पछाडि बस्ने विद्यार्थीले शिक्षकले बोलेको कुरा सुन्न सकस भएको छ ,’ उनले भने, ‘कक्षाकोठा अभाव भएका कारण यसरी बस्नुपरेको हो ।’ 

वीरेन्द्रनगर नगारपालिका वडा नं. ६ का वडाअध्यक्ष मोति कंडेलले विद्यालयमा भौतिक संरचनाको अभाव भएको बताए । ‘हामीसँग एक वडाका लागि नगरबाट एक करोड मात्रै आउँछ । त्यो बजेटबाट बाटा बनाउने कि भवन बनाउने ? हामी समस्यामा छौं,’ उनले भने, ‘तर प्रदेश सरकारसँग माग गरेर भएपनि समस्या समाधानका लागि पहल गर्नेछु ।’ उनले अहिले त्यहाँ दुई कोठे भवन सरकारको सामाजिक विकास मन्त्रालयबाट निर्माण भइरहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x