बेरोजगार युवालाई दिइयो सुरक्षागार्ड तालिम

जेठ २, २०७६

जुम्ला- जुम्लाका बेरोजगार युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउने उद्देश्यले सुरक्षा तालिम शुरू गरिएको छ । 

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालिम केन्द्र जुम्लाको सहयोग तथा शुभलाभ सेक्युरिटी सर्भिसेज जुम्लाको आयोजनामा बुधवारदेखि सुरक्षागार्डसम्बन्धी एकमहिने तालिम शुरू भएको हो । 


ADVERTISEMENT

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र जुम्लाका प्रमुख नारायण चौलागाईंका अनुसार १८ देखि ४० वर्षउमेर समूहका बेरोजगार युवालाई लक्षित गरी विभिन्न सीपमूलक तालिमको आयोजना गरिएको छ । 

चन्दनाथ नगरपालिका–४ का वडाध्यक्ष जगदीश चौलागाईंले राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै जुम्लामा विभिन्न उद्योग, वित्तीय संस्था र कलकारखाना स्थापना हुने क्रम बढिरहेको उल्लेख गर्दै त्यसको सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षागार्ड उत्पादनका लागि यो तालिमको आयोजना गरिएको बताए । 

सो तालिममा पाँच महिलासहित २० जना युवाको सहभागिता रहेको छ ।   

जेठ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस