पाल्पामा झाडापखालाबाट ९२ बिरामी

जेठ २, २०७६

पाल्पा-पाल्पामा झाडापखालाबाट ९२ जना बिरामी परेका छन् । जिल्लाको तिनाउ गाउँपालिका ४ बौरिडाँडामा मृत्यु भएका घरमा चोखिने दिन आएका मानिसहरुले खाना खाएपछि उनिहरु बिरामी परेका हुन् ।

बिरामीमध्ये ८ जनालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याईएको छ । अन्य बिरामीको स्थानीय स्तरमै खटिएका स्वास्थ्यकर्मीबाट उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी कृष्ण सापकोटाले लोकान्तरलाई जानकारी दिए ।


ADVERTISEMENT

बुधबार खाना खाएका मानिसहरु बिहीबार बिहानदेखी बिरामी परेका हुन् । बिरामी भएकामा पखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, वाकवाकी लाग्ने जस्ता समस्या देखिएको स्थानियले बताएका छन् ।

 झाडापखालाको प्रकोप फैलिएको जानकारी पाएलगत्तै स्वास्थ्यकर्मीको टोली प्रभावित गाउँमा खटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी कृष्ण सापकोटाले लोकान्तरलाई जानकारी दिए ।

जेठ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस