त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित जापानी पक्राउ

जेठ २, २०७६

काठमाडौँ-नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित आज एक जापानी नागरिकलाई पक्राउ गरेको छ । 

    नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट हङकङ हुँदै जापान जान लागेको अवस्थामा लागुऔषधसहित ५६ वर्षीय मिको ताकेनाकालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानअघि जाँचका क्रममा ९० ग्राम चरेशसहित ताकेनाकालाई पक्राउ गरिएको जानकारी दिए । उनलाई आवश्यक अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय पठाएको उनले बताए । 


ADVERTISEMENT

जेठ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस