मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
काठमाडौं – कम्युनिस्ट आन्दोलनको सार्थकता पुष्टि गर्न तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले गरेका भाषण हालसम्म पनि चर्चामा आउँछन् । कम्युनिस्ट सत्तामा पुगेर विलासी व्यवहार देखाउने नेता र युवाका लागि स्व. मदन भण्डारीका भाषणा प्रेरणाका स्रोत पनि हुन् ।
उनले भनेका थिए, ‘यहाँले आफ्नो घरमा हात्ती पाल्दाखेरि धेरै घाँस, धेरै भुस, धेरै उसलाई फिडिङ चाहिन्छ । तर एउटा बोको पाल्नुभयो भने त्यो बोकोलाई थोरै घाँसले पुग्ने थियो । यसअर्थमा एउटा निर्वाचित राष्ट्रपति हुने हो भने उसले १५–२० हजारमा त्यस्तै प्रधानमन्त्रीको बराबरी तलबमा काम चल्थ्यो होला । तर यो अभिसामन्ती अभिजात्य शैलीमा बाँचेको दरबारलाई अहिले त्यति खर्चले पुग्नेवाला छैन ।
नेता मदन भण्डारीले त्यतिबेला देखेको सपना पूरा भएको छ, उनकै पत्नी विद्यादेवी भण्डारी जननिर्वाचित राष्ट्रपति बनेकी छन् । तर राष्ट्रपति भण्डारीले गरिरहेको खर्च, व्यवहार र शैली मितव्ययी र जनप्रिय छ त ? यो जनजाहेर विषय छ । अर्का प्रश्न जन्मिन्छ – मदन भण्डारीले भनेझै राष्ट्रपतिलाई पाल्नु हात्ती पालेझै छ कि बोका पालेझै ?
सुन्नुस् मदन भण्डारीको भाषण :-
माओवादी सशस्त्र जनयुद्धको शुरूवात नहुँदै मदन भण्डारीको हत्या भयो । २०५२ सालबाट युद्धको शुरूवात गरेको माओवादीले सशस्त्र आन्दोलन र जनआन्दोलनको जगमा राजतन्त्रको अन्त्य भयो र राष्ट्रपतिलाई निर्वाचित गर्ने संवैधानिक व्यवस्था गरिएको छ ।
हाल तत्कालीन एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र सरकार मुख्य पदमा नेकपाकै नेता पुगेका छन् ।
मदन भण्डारीको मजदूर र किसान पक्षीय विचारको जगमा उभिएको पार्टीको तर्फबाट निर्वाचित भएकी राष्ट्रपति भण्डारी सेवासुविधा र कार्यशैलीका कारण विवादमा तानिने गरेकी छन् । शितलनिवास बाहिर आवतजावत गर्दा सडक र अन्तर्राष्ट्रिय भ्रमणमा जाँदा विमानस्थल नै ठप्प हुने प्रवृत्तिले सर्वसाधारणदेखि स्वदेशी/विदेशी नागरिक आजित छन् । हिजो राजाको कार्यशैलीविरुद्ध आवाज उठाएका स्व. मदन भण्डारी पत्नी विद्या भण्डारी हाल राजाकै कार्यशैलीमा उत्रिएको आरोप लाग्ने गरेको छ ।
मदन भण्डारीले भनेका थिए, ‘हाम्रो मुलुकमा चाहिँ राष्ट्रपति निर्वाचन गर्न चाहिँ नपर्ने र राजाकै छोरा राष्ट्रपतिजस्तो हुन्छन् भनेपनि त्यस्तो कुरालाई आपत्ति मान्नुपर्ने केही जरुरी हुँदैन । यसकारणले कि यद्यपि परम्परा खालको एउटा अभिजात्य र त्यो अभिजात्य शैलीलाई कायम राख्दा मुलुकले अलिक बढ्ता खर्च व्यहोर्नुपर्ला ।’ राजा राष्ट्रपतिजस्तो भएपनि हुने बताउने मदन भण्डारीकै पार्टीका नेता राजाजस्तो भएको आरोप लाग्नु चाहिँ गम्भीर अवस्था बनेको छ ।
स्व. नेता भण्डारीले आफ्नो जीवनको अन्तिमसम्म उनकै भाषामा ‘अभिजात्य वर्ग’ र विलासी प्रवृत्तिविरुद्ध लडिरहे । तर उनकै आदर्शबाट उदाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज मदन भण्डारीको आदर्शलाई किन बिर्सिइन् ? यो प्रश्न जीवितै छ ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...