×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीको प्रश्न– मदनको विचार छाड्न मिल्दैन, छाडेर कहाँ जाने ?

जेठ ३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताउनुभएको छ ।

Muktinath Bank

छब्बीसौँ मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा उहाँले भण्डारीले  अगाडि सारेका विचार र सोचकै कारण आज मजबुत पार्टीका रुपमा बहुमतका साथ वर्तमान ठाउँमा रहेकाले उहाँको विचारलाई छाड्न नमिल्ने स्पष्ट गर्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“मदन भण्डारीले अगाडि सारेको विचारले धारालाई पार्टीले छाड्दैन । त्यस विचारको धाराबाट पार्टी अगाडि बढ्छ”, उहाँले भन्नुभयो, “मदनको विचारलाई छाड्न मिल्दैन । यस विचारलाई छाडेर जाने कता ? यसबाट अगाडि बढ्ने कुरामा सबै निश्चित हुनुहोस् ।”
 
भण्डारीको विचारधाराले पार्टीको एकतालाई अझ खँदिलो बनाउने समेत उहाँको भनाइ  थियो । अध्यक्ष ओलील भण्डारीले अगाडि सारेको विचारलाई मन्त्र र  शास्त्रका रुपमा नभई मार्गदर्शकका रुपमा लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।  “मदनको विचारलाई सूत्रका रुपमा घोक्ने, कण्ठ गर्ने होइन । हिजो मदन भण्डारीले जे जे भन्नुभयो, त्यही त्यही काम चल्छ भन्ने पनि होइन ।


Advertisment
Nabil box
Kumari

समयानुकूल ढङ्गले यसको सिर्जनात्मक प्रयोग कसरी हुन्छ भन्ने हिसाबले हामी अगाडि बढ्दै आएका छौँ”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले भण्डारीले अगाडि सारेको विचारले नै अन्त्यन्तै प्रतिकूल अवस्थामा कम्युनिष्ट आन्दोलनको रक्षा गरेको तथा कम्युनिष्टमाथिको सम्पूर्ण आलोचनालाई निस्तेज पारेको बताउनुभयो । 

Vianet communication
Laxmi Bank

उहाँले बिहीबार मात्र जनवर्गीय सङ्गठनको एकता गरिएको छ भन्दै पार्टी एकतालाई फराकिलो ढङ्गले लैजानुपर्नेमा जोड दिनुभयो । “यतिबेला चित्त सानो पारेर होइन,  मन दुखाउने होइन ।  फराकिलो मनले पार्टी एकता र एकीकरणको भावनालाई मिलाउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले दुई वैचारिक धारालाई मिलाएर एउटा पार्टी बनाइएको उल्लेख गर्दै त्यसलाई एक ठाउँमा अन्तरघुलित बनाउने थालिएको समेत स्पष्ट गर्नुभयो ।  

उहाँले एकताका बाँकी काम(विभिन्न निकाय, विभागको कार्यविभाजन) केही दिनभित्र पूरा हुने समेत बताउनुभयो । अध्यक्ष ओलीले महान् आन्दोलनमा लागेकाले नेकपाका लागि परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्दै पराजित प्रतिक्रियावादीले यथास्थितिलाई भत्काउन खोजेको समेत बताउनुभयो ।

उहाँले  भन्नुभयो, “पराजित प्रक्रियावादीले सहजै पराजय स्वीकार गर्दैनन् । जनताको आन्दोलन र  सफलता देख्न रुचाउँदैनन् । त्यसकारण उनीहरु यथास्थितिलाई भत्काउन खोज्दैछन् ।’’   उहाँले अनेक निराशा फैलाउने कोशिश भइरहेको छ भन्दै त्यस्ता निराशा कम्युनिष्टले राख्नु नपर्ने र  निराश हुने अवस्थामा आउन नदिइने  पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सफलतापूर्वक सरकार देश र जनताका पक्षमा दृढदापूर्वक लागेर काम गरिरहेको छ भन्दै  कहीँकतै कमजोरी भएमा तिनलाई सच्चाएर अगाडि बढ्ने बताउनुभयो ।

उहाँले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र  लोककल्याणकारी राज्यका पक्षमा तथा तल्लो तहलाई कसरी माथि उठाउन सकिन्छ र रोजगारीको अवसर कसरी गर्न सकिन्छ भन्नेमा आफ्नो ध्यान केन्द्रित रहेको उल्लेख गदै पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र पर्यटनको विकास गरेर नेपाली अर्थतन्क्रलाई सबल र विकसित बनाइने दृढता व्यत्त गर्नुभयो । 

नमूना पार्टी बनाइने

अध्यक्ष ओलीले पार्टीभित्रका कुरालाई आवेशम नआई सार्वजनिक गर्न नहुने बताउँदै पार्टीभित्रका केही कमी र असजिलोपनलाई सच्याउँदै  नमूना पार्टी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘‘अनुशासित पार्टीको रुपमा यस पार्टीलाई विकास गर्नुपर्दछ । हामीले आन्तरिक कुरा के हुन् र सार्वजनिक कुरा के हुन्, आवेशका कुरा के हुन्, यथार्थ कुरा के हुन्, तिनलाई छुट्टाएर काम गर्नुपर्छ ’’, उहाँले भन्नुभयो,‘‘आक्रोशमा अनुचित कुरा अभिव्यक्त गर्नु हुँदैन । ती कुरालाई सार्वजनिक ढङ्गले दिन वाञ्छनीय हुँदैन । म सबै साथीलाई आग्रह गर्दछु । हामी आफूलाई सच्चाउने बाटोबाट मात्र अगाडि जान सक्छौँ ।’’

बालुवाटारको जग्गा छानबीन 

प्रधानमन्त्री ओलीले बालुवाटारको जग्गाको विषयमा छानबीन भइरहेको बताउँदै भन्नुभयो,  ‘‘२०४७ सालदेखि बालुवाटारको जग्गा के भइरहेका छन् भनेर हामीले छानबीन गरिररहेका छौँ” उहाँले भन्नुभयो,‘‘सुन तस्करका तस्करीलाई हामीले रोक्यौँ ।  भ्रष्टाचार नियन्क्रण गरिरहेका छौँ । अहिले सशत्त ढङ्गले माथिल्लो तहसम्म कारवाही भइरहेको छ ।’’

उहाँले पार्टीको अगुवाइमा नेपाली जनताले विभिन्न खालका राष्ट्रिय र अन्तराष्ट्रिय प्रतिकूलतालाई पराजित गरी सामाजिक न्याय र सद्भाव कायम गरेको धारणा राख्नुभयो । ‘‘अहिले सरकार र पार्टीको विरोध गर्ने नाममा समाजलाई अनुशासनहीन, अराजक  र असभ्य बनाउने प्रयास भइहेका छन्’’ उहाँले भन्नुभयो, ‘‘ यस कुरासंँग हामी सहमत हुन सक्दैनौँ । हाम्रो पार्टी फ्रतिक्रियावादीसंँग सजग छ ।’’

नीति तथा कार्यत्रममा आलोचना गर्ने ठाउँ छैन

उहाँले सरकारका तर्फबाट राष्ट्रपतिले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विपक्षीले आलोचना गर्ने कुनै ठाउँमा नरहेर जनताको ध्यान अन्त्य केन्द्रित गर्नका लागि साना मसिना कुरा उठाएको आरोप लगाउनुभयो ।

‘‘नीति तथा कार्यक्रमको कुनै विरोध गर्ने ठाउँ नभेटिएपछि जनताको ध्यान अन्ततिर मोडेका छन् । नचाहिने कुरामा केन्द्रित गर्ने काम भएको छ’’, उहाँले भन्नुभयो,‘‘ सरकारको विकास नीति के छ भनी त्यतातिर जनताको ध्यान जान नदिनका निम्ति नचाहिने असार्न्दभिक साना मसिना कुरा उठाएर हो कि क्या हो जस्तो पार्ने गरेका छन् ।’’ 

 उहाँले ‘केही निहुँ पाऊँ कनिका बुकाऊँ’ भनेर सर्वोच्च स्थानमा रहेको राष्ट्रपतिले सम्बोधन गरेको ‘मेरो सरकार’ शब्दप्रति बखेडा झिकिएको आरोप लगाउनुभयो । ‘‘राष्ट्रपतिले मेरो सरकार नभनेर कसको सरकारको प्रतिवेदन पढ्ने ? राष्ट्रपतिले आफ्नो सरकारको प्रतिवेदन पढ्ने संसारभरि नै प्रचलन रहेको छ’’ उहाँले भन्नुभयो, ‘‘ हामीजस्तै भारतमा पनि राष्ट्रपतिले सम्बोधन गर्ने चलन छ । त्यहाँ सदैव राष्ट्रपतिले जसको सरकार बने पनि मेरो सरकार भनेर सम्बोधन गर्ने गरेका छन् । संसारभरि जुन पार्टीको सरकार भए पनि मेरो सरकार भन्ने चलन छ ।’’

काङ्ग्रेसले राष्ट्रपतिको विरोध नगरेको बरु लोकतन्त्रका नाममा गणतन्त्रामक प्रणाली, पद्धति र अभ्यासको विरोध गरेको विचार पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपाका शीर्ष नेताहरुले  भण्डारी र जीवराज आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । समारोहमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र  झलनाथ खनाल, उपप्रधानमन्त्री तथा नेता ईश्वर पोखरेल, गृहमन्त्री तथा नेता रामवहादुर थापा, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसमेतको सहभागिता थियो । शरद शर्मा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x