×

NMB BANK
NIC ASIA

मुख्य समाचार

देशभरका भन्सार तथा कर कार्यालयका अनुगमन गर्न टोली खटाइयो, लुम्बिनी भ्रमण वर्ष शुभारम्भ

जेठ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडाैं-लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा शनिबार आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गरेकी हुन् । 

Muktinath Bank

उनले  संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा गरेकी छिन् ।  लुम्बिनीको विकासले प्रदेश नं ५ लाई समृद्ध बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले लुम्बिनीलाई विश्वशान्तिको केन्द्र लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीयवासीको सहयोग र सहकार्यलाईसँगै लिएर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना छिटो पूरा गर्न लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराइन् । 


Advertisment
Nabil box
Kumari

सो क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारले चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन गर्ने बताए । 

Vianet communication
Laxmi Bank

उनले  लुम्बिनी क्षेत्रको तीव्रतर विकासका लागि अन्तर्राष्ट्रिय समुदायको साथको आवश्यकता रहेको उल्लेख गरे । 

किरात जातिले मनाए प्रकृति पूजाको पर्व उभौली 
    
किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिले महान चाडका रुपमा शनिबार उभौली पर्व मनाएका छन् । यस अवसरमा किराती परम्पराअनुसार भूमिको पूजा गरियो । प्रकृतिका पूजक किरातले मनाउँदै आएको यस चाड कहिलेबाट मनाउन शुरु गरियो भन्ने सम्बन्धमा कुनै तथ्य प्रमाण फेला परेको छैन ।

    ठाउँ र परम्पराअनुसार विभिन्न मिथक सुनिन्छन् । पृथ्वीमा कृषि युगको शुरुआत भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिँदै आएको छ । उभौलीलाई किरातभित्रका विभिन्न समुदायले ठाउँ र आआफ्नो भाषाअनुसार फरक नामले पुकार्छन् । चाम्लिङले साकेला, बान्तावाले साकेवा वा साकेन्वा, सुनुवारले फोलष्यादर, लिम्बूले चासोक, दुमीले तोसी वा तोसुजस्ता नामले सम्बोधन गर्ने गरेको किरातको सांस्कृतिक अनुसन्धानमा लागेका कीर्तिकुमार दुमी राईले बताए ।
 
    यो पर्व ऋतु परिवर्तनसँगै वर्षमा दुईपटक धुमधामका साथ मनाउने चलन छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् वसन्त ऋतुमा उभौली र मङ्सिर शुक्ल पूर्णिमा अर्थात् शरद् ऋतुमा उधौली पर्वका रुपमा मनाइन्छ । 

   केन्द्रीय अनुगमन टोली परिचालित 

    सरकारले चालू आर्थिक वर्षको निर्धारित राजश्व सङ्कलनको लक्ष्य हासिल हुने गरी ठोस कार्ययोजनासहित काम गर्न र देशभरिका भन्सार तथा कर कार्यालयका अनुगमनका लागि केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । 

    अर्थ मन्त्रालयका अनुसार त्यस्तो अनुगमन टोलीमा राजश्व व्यवस्थापन विभागका उपसचिव, निर्देशक सम्मिलित आठ सदस्य रहेको छ । अनुगमन टोलीलाई मन्त्रालय मातहतका विभाग र कार्यालयको वार्षिक कार्यक्रम तथा नियमित कामको अनुगमन गर्ने र कुनै समस्या भए समाधानका लागि तत्काल पहल गर्ने र लक्ष्यअनुसारको प्रगति हासिल गर्नका लागि आवश्यक निर्देशन दिनेछ । 

    राजश्व सङ्कलन गर्ने कार्यालयको आकस्मिक अनुगमन गर्ने, निरीक्षण तथा सुपरिवेक्षण गर्ने, आवश्यकताअनुसार छड्के जाँच गर्ने र भेटिएका कमीकमजोरीलाई सच्याउन तत्काल निर्देशन दिने अख्तियारी दिइएको छ । 

    त्यस्ता कार्यालयको आन्तरिक व्यवस्थापन, अनुगमन प्रणाली र आन्तरिक अनुगमन प्रणालीको अवलोकन गरी सुधारका लागि आवश्यक पहल गर्नेछ । स्थलगत अनुगमन गर्दा कमजोरी देखिएका कर्मचारीको हकमा कारवाहीका लागि सिफारिश गर्ने, चोरीपैठारी हुनसक्ने नाका र माल सामानको पहिचान गरी चोरी नियन्त्रणका लागि आवश्यक समन्वय गर्नेछ । 

    आन्तरिक बजारको कारोवारमा बिजक जारी नगर्ने, मूल्य अभिवृद्धिकरमा दर्ता नहुनेलगायत कराको दायरामा नआएका वा वास्तविक कारोवारभन्दा कम कारोवार देखाएका करदाता पहिचान गरी सम्बन्धित निकायलाई कारवाहीका लागि निर्देशन दिने कार्यादेशसमेत उक्त समितिलाई दिइएको छ । उक्त अनुगमन टोली बिहीबारदेखि परिचालित भएको अर्थ मन्त्रालयले जनाएको छ ।

माधव नेपाल 

    पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको यो आधार वर्ष भएकाले आलोचना गर्ने बेला भइनसकेको बताएका छन् । 
उनले पार्टी एकताले लामो समयसम्म पूर्णता नपाउँदा सरकारले गरेका राम्रा कामको प्रचार हुन नपाएको बताए ।

    संविधानसभाका पूर्वसभासाद् अनारकली मियाँको ‘संसद्मा पहिलो पाइला’ पुस्तकको विमोचन गर्दै नेता नेपालले नागरिकले परिवर्तनको अनुभूति गर्ने ढङ्गले सरकारले काम कारवाहीलाई अघि बढाउनुपर्ने बताए । 
अन्तरघातीलाई कारवाही गर्छु : सभापति देउवा

    नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गर्ने अठोट गरेका छन् । 
 पिताजी कृष्ण कोइराला स्मृति परिषद्द्वारा आयोजित प्रजातान्त्रिक आन्दोलनका योद्धा राजनीतिक विश्लेषक नरहरि आचार्यलाई सम्मान गर्दै उनले भने, “अन्तरघातीलाई कारवाही गर्दा पार्टी रित्तिए अथवा आगामी निर्वाचनमा पराजय भए पनि होस् तर कारवाहीबाट पछाडि हट्दिन ।”

    सभापति देउवाले पार्टीभित्र अनुशासनहीनता बढ्दै गएको टिप्पणी गर्दै आन्तरिक प्रजातन्त्र भने अहिलेसम्मै सबैभन्दा बढी भएको दाबी गरे । 

सामाजिक सञ्जालको दुरुपयोग 
    नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विकृति र आपराधिक क्रियाकलाप बढ्दै गएको बताएको छ । सहीरुपमा सामाजिक सञ्जालको प्रयोगले फाइदा पुग्ने भए पनि दुरुपयोगका कारण विभिन्न नकारात्मक घटना निम्तिएको भन्दै प्रहरीले सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ ।
 
    महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले यस्ता विकृति र अपराध रोकथामका लागि नै समुदाय–प्रहरी साझेदारी कार्यक्रम आएको उल्लेख गर्दै अपराधको प्रवृत्ति परिवर्तन भइरहेको जानकारी दिए । 

    महानगरीय प्रहरीवृत्त कालीमाटी र सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको संयुक्त आयोजनामा सुरक्षा सुदृढीकरणसम्बन्धीको अन्तक्र्रियामा उनले  समुदायको सहयोग प्राप्त भएमा यस्ता अपराध नियन्त्रण गर्न सफलता हासिल गर्न सकिनेसमेत बताए । 
काङ्ग्रेसको क्षेत्रीय जागरण शुरु 

    प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले काठमाडौँमा क्षेत्रीयस्तरको राष्ट्रिय जनजागरण अभियान शुरुआत गरेको छ । सङ्घीय संसद् प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले काठमाडौँको क्षेत्र नं ३ बाट शनिबार जागरण अभियान शुरु गरे । 

    नेपाली काङ्ग्रेस ३ नं क्षेत्रीय समितिले जोरपाटीमा आयोजना गरेको कार्यक्रममा उनले हरेक स्थानमा पुगेर नागरिकका कुरा सुनिने बताए ।  सरकार संविधानविपरीत प्रेस स्वतन्त्रता तथा मानव अधिकारलाई कुण्ठित गर्न लागेकामा प्रमुख प्रतिपक्षी दलले खबरदारी गरिरहने उनले बताए ।

डुबेर दुईको मृत्यु 

    रुपन्देहीमा पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिकाका दुई युवकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । सैनामैनाको वडा नं ३ मा रहेको काली पोखरीमा पौडी खेल्ने क्रममा डुबेर वडा नं ८ का ३२ वर्षीय डोलबहादुर खप्तरी मगरको मृत्यु भएको हो ।

    त्यस्तै स्थानीय इङ्गोरिया खोलामा डुबेर वडा नं ८ का अन्दाजी १८ वर्षका आशिष न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुर्गियाका प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिए । 

प्रजातन्त्रिक विचार समाजको अध्यक्षमा केसी

    प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा डा केदारनरसिंह केसी निर्विरोध निर्वाचित भएका छन् । 
    समाजको वरिष्ठ उपाध्यक्षमा कुलचन्द्र वाग्ले, उपाध्यक्षमा डा इश्वरीराज लौडारी, महिला उपाध्यक्षमा डा विमला शाक्य, महासचिवमा गोकर्ण अर्याल, सचिवमा डा वासुदेव भण्डारी र कोषाध्यक्षमा पुष्पमान श्रेष्ठ निर्वाचित भएका छन् । 

    यस्तै प्रदेश १ संयोजकमा बद्री तामाङ, प्रदेश २ संयोजकमा डा चुन्नीशरण यादव, प्रदेश ३ संयोजकमा भरतप्रसाद दवाडी, गण्डकी प्रदेश संयोजकमा प्राडा अक्कलदेव मिश्र, प्रदेश ५ संयोजकमा शंकरदिवस मजगैया, कर्णाली प्रदेश संयोजकमा ध्रुवबहादुर मल्ल र सुदूरपश्चिम प्रदेश संयोजकमा डा लक्ष्मीराज पण्डित निर्वाचित भएका छन् । 

    त्यसैगरी समाजको सदस्यमा सिभी मल्ल, मेनका राजभण्डारी श्रेष्ठ, दिव्यलक्षी बज्राचार्य, कृष्ण केसी, राजन कुइँकेल, मिलनचन्द्र खनाल, रामनारायण देव, वीरेन्द्रप्रसाद थपलिया, डा सुधारप्रसाद अधिकारी, जानुका पन्त, चण्डिकाप्रसाद भट्ट, डा वीरबहादुर कार्की, सरोज अधिकारी र डा कमल रिजाल निर्विरोध निर्वाचित भएका छन् । 

    महाधिवेशनले सातबुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । 

कृषि प्रदर्शनी मेला
नुवाकोटको ककनी गाउँपालिकाको रानीपौवा बजारमा शनिबारदेखि ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला’ शुरु भएको छ । पाँच दिनसम्म चल्ने मेलाको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे । 

    विद्युतीय उपकरणमार्फत मकै छोडाएर मेलाको उद्घाटन गर्दै दाहालले मुलुकलाई समृद्धिको मुख्य आधार कृषि भएकाले यसलाई आकर्षक पेशाका रुपमा स्थापित गर्नुपर्ने बताए । मेलामा ९० वटा कक्ष राखिएका छन् । स्थानीय कृषि उत्पादन, कृषि सामग्री र कृषि परामर्श केन्द्रका लागि निःशुल्क कक्ष उपलब्ध गराइएको छ भने बाँकीलाई व्यावसायिक प्रयोजनका लागि उपलब्ध गराइएको छ । मेलामा नुवाकोटका १२ वटै स्थानीयतहको पहिचान झल्कने कृषि तथा वन पैदावरका उत्पादन बिक्री तथा प्रदर्शनीमा राखिएका छन् ।
 
    मेलामा आकर्षकका रुपमा ट्राउट माछा, स्ट्रबेरी, काफल, शिखरबेंसीको चामल, पिँडालु, आलु, किम्ताङको अर्गानिक चिया, कफी, विभिन्न जातका तरकारी र अन्नबाली रहेका छन् । यसैगरी, पशुचौपायअन्तर्गत बाख्रा, बोयर र जमुनापारी जातका बोका, खसी बिक्री तथा प्रदर्शनीमा राखिएको छ । मेलामा कृषि औजार, यान्त्रिकीकरण, तरकारी एवं फलपूmलको बीउ, बिरुवासमेत उपलब्ध छन् ।

    दुर्घटनामा बाबु–छोराको मृत्यु

    सर्लाहीको मलङ्गवा–नवलपुर सडकखण्डको हरिपुर–४ हरैया चोकमा जीपको ठक्करबाट बाबु–छोराको मृत्यु भएको छ । 
 
    नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको बा १९ च २५८८ नं को जीपले ठक्कर दिँदा हरिपुर–४ हरैयाका ४० वर्षीय जैसी राय र उनका १० वर्षीय छोरा लक्ष्मणको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिए । 

राय बाबु–छोरा भैँसी चराएर घर फर्किदै गर्दा जीपले ठक्कर दिएको हो । लक्ष्मणको घटनास्थलमै मृत्यु भएको थियो भने उनका बाबु जैसीको उपचारको क्रममा हरिवनमा मृत्यु भएको हो । जीप चालक लालबन्दी नगरपालिका–७ का २० वर्षीय शिवनारायण साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

झडप नियन्त्रणपछि नरैनापुर शान्त
    
प्रहरीले प्रतिबन्धित लागुऔषध चरेस ओसारपासारको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ परेपछि शुक्रबार रातिसम्म बाँकेको राप्तीपारि नरैनापुर क्षेत्र तनावपूर्ण बन्यो । पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाब दिँदै प्रहरी चौकी घेराउ गरेका थिए । 

    नेपालगञ्जबाट नरैनापुर पुगेर लागुऔषधविरुद्ध परिचालित प्रहरीको विशेष टोलीले भारतीय नागरिक देवीविन विश्वकर्मालाई पक्राउ गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । पक्राउपछि भारतीय नागरिकलाई प्रहरी चौकीमा राखेका मुचुल्काका लागि गएको प्रहरी टोलीमाथि ढुङ्गामुढा गरी तनाव प्रयास भएको थियो । 

    प्रहरी चौकी घेराउसँगै तोडफोड र ढुङ्गामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ६५ राउण्ड हवाई फायर गर्नुपरेको बाँके प्रहरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । 
    
    चरेशसहित पक्राउ परेका भारतीय नागरिक देवीविनलाई अबेर राति नै नेपालगञ्ज ल्याइसकिएको छ । देवीदिन पक्राउ परेपछि सीमापारिबाट आएका भारतीय युवाले उनलाई नछोडेसम्म प्रहरीलाई जान नदिने भन्दै घेरा हालेका थिए । सो क्रममा इलाका प्रहरी कार्यालय भगवानपुरको एउटा गाडी र मोटरसाइकल तोडफोड भएको छ । यद्यपी अहिले भने स्थिति नियन्त्रणमा आइसकेको छ।  

रानीपोखरी सर्वसाधारणको लागि खुला 
    
भक्तपुर नगरपालिका र नेपाली सेनाबीच भक्तपुरको ऐतिहासिक रानीपोखरी र सिद्धपोखरी उत्तरतर्फको खेलमैदान सर्वसाधारणका लागि खुला गर्ने सहमति भएको छ ।
 
    नगरपालिका र सेनाबीच विभिन्न चरणमा भएको छलफलपछि भक्तपुुर नगरपालिका–१ सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनःनिर्माण गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अवलोकनका लागि सिद्धपोखरी उत्तरतर्फको खेलमैदान स्थानीय खेलकूद प्रयोजनका लागि खुला गर्ने विषयमा सहमति भएको हो ।

    साताको शेयर बजार
    शेयर बजारमा सुधार हुने क्रम यस साता पनि जारी रह्यो । साताको शुरुआतदेखि नै उकालो लागेको बजार अन्तिम दिन भने सामान्य अङ्कले ओरालो लाग्यो । 

    यस साता करीब रु पाँच अर्ब बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचकसमेत २३.६८ विन्दुले बढेको छ । 

    स्टकका अनुसार कूल एक करोड ५२ लाख ६३ हजार ७४९ कित्ता शेयर रु चार अर्ब ९४ करोड ९३ लाख ४१ हजार ९६१ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार हुने साताको पाँच दिनमध्ये चार दिन बजारमा वृद्धि भएको थियो भने अन्तिम दिन भने सामान्य अङ्कले घटेको थियो । 

    साताको पहिलो दिन नेप्सेमा आइतबार सामान्य सुधार आएको थियो । कारोवार मापक नेप्से परिसूचक ३.०७ विन्दुले बढेर एक हजार २९५.०३ विन्दुमा पुग्यो । आइतबार कूल १७१ कम्पनीको २६ लाख ६९ हजार ५९ कित्ता शेयर रु ८४ करोड ७६ लाख ९९ हजार ६६१ मूल्यमा खरीद बिक्री भए । 

    त्यस्तै सोमबार नेप्से परिसूचक ६.३० विन्दुले बढेर एक हजार ३०१.३४ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ विन्दुले बढेर २७८.२४ उक्लियो । कूल १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता शेयर रु ७८ करोड ६४ लाख १२ हजार ८०८ खरीद बिक्री भए । 

    त्यस्तै मङ्गलबार कारोवार सूचक १४.१२ विन्दुले बढेर एक हजार ३१५.४५ अङ्कमा पुग्यो । स्टकका अनुसार सो दिन कूल १७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता शेयर रु एक अर्ब तीन करोड ७२ लाख ५८ हजार ७२९ मूल्यमा कारोवार भयो । 

    मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको शेयर बजार बुधबार पनि उकालो लाग्नेक्रम जारी रह्यो । सो दिन कारोवार मापक नेप्से ५.५५ विन्दुले बढेर एक हजार ३२१ विन्दुमा पुग्यो । स्टकका अनुसार बुधबार १७२ कम्पनीका ४० लाख ४३ हजार १५७ कित्ता शेयर रु एक अर्ब ३३ करोड तीन लाख १४ हजार २४७ मा खरीद बिक्री भए । 

    बिहीबार भने शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घट्यो । उक्त दिन नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ विन्दुमा झ¥यो । स्टकका अनुसार कूल १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ कित्ता शेयर रु ९४ करोड ७६ लाख ५६ हजार ५१६ मूल्यमा खरीद बिक्री भए । 

    यस साता स्टकका विभिन्न छ कम्पनीका शेयर सूचीकृत भए । त्यसमा प्रोग्रेसिभ फाइनान्सको ५९ लाख एक हजार कित्ता हकप्रद शेयर सूचीकृत भयो । त्यस्तै प्रभु बैंकको ६५ लाख ८७ हजार १५८ कित्ता शेयर लाभांश, कृषि विकास बैंकको ५१ लाख तीन हजार १२९ कित्ता शेयर लाभांश सूचीकृत भयो । 

    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको एक लाख ४४ हजार ७५ कित्ता शेयर लाभांश सूचीकृत हुँदा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको चार लाख ९७ हजार ७७८ कित्ता साधारण शेयर र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख ३५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको स्टकले जनाएको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x