मलेसिया गन्तव्य खोल्न व्यवसायीको माग

जेठ ५, २०७६

काठमाडौँ - वैदेशिक रोजगार व्यवसायी संघले एक वर्षदेखि बन्द प्रमुख गन्तव्य मलेसिया सुचारु गर्न माग गरेको छ । वैदेशिक रोजगार व्यवसायीहरूको विशेष भेलाले सूचीकृत भएका स्वास्थ्य संस्थाबाटै कामदारको मेडिकल परीक्षण गर्ने व्यवस्था मिलाएर मलेसियामा कामदार जाने बाटो खोल्न माग गरेको हो । गत वर्ष जेठ २ गतेदेखि मलेसिया कामदार जान रोक लागेको छ ।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मापदण्ड पुगेका सूचीकृत सबै स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने वातावरण भएपछि मात्रै मलेसिया गन्तव्य खुल्ने जनाएको छ । मन्त्रालय मलेसियाको स्वास्थ्य संस्था अनुगमन गर्ने टोलीको प्रतीक्षा छ । कान्तिपुरमा खबर छ ।
 


ADVERTISEMENT

जेठ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस