×

NMB BANK
NIC ASIA

विश्वकपमा हुनेछ विराट कोहलीको वास्तविक परीक्षा, यस्तो छ टीम इन्डिया

जेठ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विराट कोहलीले लगातार राम्रो प्रदर्शन गरेर आफूलाई महान् खेलाडीहरूको सूचीमा पारिसकेका छन् । तर इंग्ल्यान्डमा हुने विश्वकपमा भारतीय कप्तानले आफ्नो छाप छोड्ने मौका पार्नेछन् । 

Muktinath Bank

कोहलीले नेतृत्व गर्ने टीममा केही समस्या छन् तर म्याच आफ्नो पक्षमा पार्ने खेलाडीको संख्या ठूलो छ । ठूला टुर्नामेन्टमा यस्ता खेलाडी आवश्यक हुन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सात हप्तासम्म चल्ने विश्वकपमा कोहली महत्त्वपूर्ण खेलाडी हुन् । यसै प्रतियोगितामा उनले ११ हजार रन पूरा गर्ने आशा गरेका छन् । उनले ४१ शतक बनाइसकेका छन् र त्यसमा थव वृद्धि गर्न चाहन्छन् । 


Advertisment
Nabil box
Kumari

इंग्ल्यान्डका पिचहरू सपाट छन् । रोहित शर्माले आफ्नो शानदार ब्याटिङका कारण अझै शतक बनाउन सक्छन् । उनले चौथो दोहोरो शतक पनि बनाउने सम्भावना छ । तर रोहितले आफ्नो फर्म कायम राख्नुपर्ने हुन्छ ।

Vianet communication
Laxmi Bank

टीममा शिखर धवन पनि छन् । उनले आईसीसीको आयोजनामा रहेका प्रतियोगितामा खराब प्रदर्शन गर्ने गरेका छैनन् र यो कीर्तिमानलाई उनी कायम राख्न चाहन्छन् । 

तर टीम इन्डियामा चौथो क्रमको ब्याट्स्म्यानको समस्या छ । अम्बाती रायुडु यसमा असफल भएपछि यहाँ खेल्ने अर्को खेलाडी पाइएको छैन । ऋषभ पन्तलाई टीममा समावेश गरिएको छैन । उनको स्थानमा दिनेश कार्तिकको अनुभवलाई पत्याइएको छ । 

विजय शंकर वा लोकेश राहुललाई चौथो क्रममा खेलाउन सकिन्छ । तर उक्त क्रमको खेलाडीले निकै जिम्मेवार भएर खेल्नुपर्ने हुन्छ । 

महेन्द्र सिंह धोनीको यो सम्भवतः अन्तिम विश्वकप हो । उनका प्रशंसकका लागि यो भावनात्मक क्षण हुनेछ । तर ३५ देखि ५० ओभरका बीचमा ७० को स्ट्राइक रेटमा तीव्र गतिमा रन बटुल्ने खुबीका कारण प्रतिस्पर्धी टीमका लागि धोनी टाउकोदुखाइ साबित हुन सक्छन् । 

छैठौं नम्बरमा केदार जाधव हुनेछन् र उनी जुन ५ सम्ममा फिट भइसक्ने अनुमान छ । त्यस दिन साउथह्याम्पटनमा दक्षिण अफ्रिकाविरुद्ध खेलेर भारतले विश्वकपको आरम्भ गर्नेछ । तर आईपीएलमा जाधवको प्रदर्शन राम्रो नहुँदा चिन्ताको विषय पनि बनेको छ ।

सातौं नम्बरमा हार्दिक पाण्ड्या छन् । उनी बहुमुखी प्रतिभा भएकाले भारतले उनको सदुपयोग गर्ने अपेक्षा छ । डेथ ओभरमा छक्का हान्ने उनको खुबीले खेलको परिदृश्य परिवर्तन गर्न सक्छ । 

भारतीय टीम व्यवस्थापन र सेलेक्टरहरूले विगत दुई वर्षमा स्पिनर कुलदीप यादव र युजवेन्द्र चहलमा खुबै जोड दिएका छन् । उनीहरूले राम्रो सफलता पनि पाएका छन् । कुलदीपको फर्म आईपीएलमा चाहिँ राम्रो रहेन । 

जसप्रीत बुमराह टीममा परेका छन् र उनी आगामी वर्षहरूका स्टार हुन् । मोहम्मद शमीको स्विङ र बुमराहको डेथ ओभरमा योर्करले विपक्षी टीमलाई हायलकायल बनाउन सक्छ । 

नौ लीग म्याचमध्ये ६ मा जीत हासिल गरेर सेमिफाइनलमा क्वालिफाई गर्ने लक्ष्य भारतको हुनेछ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x