मंसिर ३, २०८०
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
एजेन्सी- ३० मेदेखि इंग्ल्याण्डको वेल्समा क्रिकेटको १२ संस्करणको महाकुम्भ अर्थात् विश्वकप हुँदैछ । भारतीय टीमले आफ्नो पहिलो खेल जुन ५ मा दक्षिण अफ्रिकाविरुद्ध साउथेम्प्टनमा खेल्नेछ । यसअघि भारतीय टीमले न्यूजील्याण्ड र बंगलादेशविरुद्ध एक-एक वार्म अप म्याच खेल्नेछ ।
सचिन तेन्दुलकर र वीरेन्द्र सहवागले सन्यास लिएपछि रोहित शर्मा र शिखर धवनले भारतीय टीममा शीर्षक्रममा ब्याटिङ (ओपनिङ) गर्ने जिम्मेवारी पाए । उनीहरू ओपनिङमा सफल पनि भएका छन् ।
रोहित-शिखरको जोडीलाई संसारकै सफल ओपनिङ जोडी भन्न थालिएको छ । रोहित र धवनले मिलेर हालसम्म १०१ वान-डे म्याच खेलेका छन्, जसमा उनीहरूले ४ हजार ५ सय ४१ रन साझेदारी गरेका छन् । यो पछिल्लो १० वर्षकै 'ओपनिङ जोडी'को सर्वश्रेष्ठ रेकर्ड हो । यी दुईले हालसम्म १५ शतकीय र १३ अर्धशतकीय साझेदारी गरेका छन् ।
अस्ट्रेलिया र न्यूजील्याण्डमा खेलाइएको पछिल्लो विश्वकपपछिको आँकडालाई मध्यनगर गर्ने हो भने रोहित र धवन विश्वभरका ओपनिङ जोडीभन्दा अब्बल सावित भएका छन् । भारतीय जोडीले यो चार वर्षमा ६० म्याच खेले, जसमा २ हजार ६ सय ९ रन साझेदारीमा बनाए । त्यसमा ८ शतकीय र ७ अर्धशतकीय साझेदारी समावेश छ ।
यी चार वर्षमा ओपनरमध्ये रोहित शर्माको ब्याटबाट बढी रन बन्यो । उनले ७१ म्याचमा ६१.१२ को औसतमा ३ हजार ७ सय ९० रन बनाए, जसमा १५ शतक र १६ अर्धशतक समावेश थियो । धवन यस सूचीमा ६७ म्याचमा २ हजार ८ सय ४८ रन बनाएर चौथो स्थानमा रहे ।
विश्वकपमा भाग लिएका सबै ओपनरको प्रदर्शनलाई नियाल्दा वेस्ट इन्डिजका क्रिस गेलले ९ हजार ८ सय ५०, दक्षिण अफ्रिकाका हशिम अमलाले ७ हजार ८ सय ८०, बंगलादेशका तमीम इकबालले ६ हजार ६ सय ३६ रन बनाएका छन् । त्यस्तै ओपनरको हिसाबमा रोहित शर्माले ६ हजार ४३ रन बनाएका छन् । रोहितले ओपनिङ गर्नुअघि मध्यक्रमबाट खेल्थे । रोहितले हालसम्म २०६ वान-डे खेलेका छन्, जसमा १०३ खेल मध्यक्रममै खेले ।
एक दिवसीय क्रिकेटमा जमेका रोहित शर्मा र शिखर धवनको जोडीले यस पटकको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने र त्यसैको बलमा भारतले ट्रफी उचाल्न सक्ने क्रिकेट पण्डितहरूले बताएका छन् ।
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...