राजपामा सोमवारदेखि अनिलकुमार झा संयोजक

जेठ ५, २०७६

काठमाडौँ -राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी अनिलकुमार झाले लिने भएका छन् । आगामी सोमवारबाट लागू हुने गरी झाले संयोजकको जिम्मेवारी लिन लागेका हुन् । पार्टीभित्र प्रत्येक दुई महिनामा अध्यक्षमण्डलको संयोजक फेरिने व्यवस्था छ ।

शरतसिंह भण्डारीले सम्हालेको संयोजकको जिम्मेवारी सोमवारबाट झाले लिने भएका हुन् । अध्यक्षमण्डलमा ६ जना सदस्य रहेकोमा हरेक दुई महिनामा पालैपालो संयोजक बन्ने व्यवस्था राखिएको हो । राजपाको विधानको धारा ३१ (१२) मा महाधिवेशनसम्म अध्यक्ष मण्डलको व्यवस्था रहेको उल्लेख गरिएको छ ।


ADVERTISEMENT

तर महाधिवेशनपछि भने अध्यक्षमण्डलको प्रणाली खारेज हुने भएको छ । बिहीवार पार्टी कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकले राजपा अब अध्यक्ष मोडेलमा जाने निर्णय गरेको हो । महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्षीय प्रणालीमा अगाडि बढ्ने निर्णय गरेको छ । 

 

 

जेठ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस