२८ सय रुपैयाँमा किनेको कचौरा बिक्यो ५७ लाखमा !

जेठ ५, २०७६

काठमाडौं – बेलायतमा निकै सस्तो दाममा किनिएको एउटा चाइनिज बउल (कचौरा) ले एकजना व्यक्तिको भाग्य परिवर्तन गरिदिएको छ । 

सन् १९८० को दशकमा एक बेलायतीले २० पाउन्ड (२८ सय रुपैयाँ) मा एउटा कचौरा किनेका थिए । त्यसलाई उनले लिलामीमा बेच्दा उनले ४० हजार पाउन्ड (५७ लाखभन्दा बढी रुपैयाँ) मा पाए । 


ADVERTISEMENT

चार इन्चको यो अद्भुत कचौरा चीनमा सन् १७२३ देखि १७३५ सम्म राजा योंगजोंगको राज्यकालमा प्रचलनमा थियो । 

एक पर्यकटले चीनको एन्टिक शपमा २० पाउन्डमा किनेका थिए र त्यसलाई सोर्डर्स फाइन आर्ट अक्सनीयर्सले लिलामीमा राखियो । 

कचौराको न्यूनतम बोली आठ हजार पाउन्ड राखिएको थियो तर पाँच गुणा बढी मूल्यमा बिक्यो ।

एजेन्सी

जेठ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस