ड्याट्सन गाडीको प्रि–बजेट अफर, यस्ता छन् ग्राहक लक्षित ८ विशेषता

जेठ ५, २०७६

काठमाडौं- नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले आगामी आर्थिक वर्षको बजेट घोषणा हुनुअगावै मध्यम वर्गीय ग्राहकहरूलाई लक्षित गर्दै  सुविधा प्रदान गर्न प्रि-बजेट अफर ल्याएको छ । 

नेपालभर लागू गरिएको प्रि-बजेट अफर योजनामा ग्राहकहरूले विभिन्न ८ आकर्षक सुविधाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 


ADVERTISEMENT

यस प्रि-बजेटअफर योजनाअन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरीदमा विशेष छुट लगायत अन्य ८ सुविधाहरू प्राप्त गर्न सक्नेछन् । ती ८ सुविधाहरूमा निःशुल्क एक्सोसरिज, तत्काल फाइनान्सको सुविधा, तत्काल पुरानो गाडीको मूल्याङ्कन तथा एक्स्चेन्ज, हरेक टेस्ट ड्राइभमा निःशुल्क उपहार, नगद छुट, एक वर्षसम्मको निःशुल्क सवारी कर, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङको सुविधा दिने कम्पनीको भनाइ छ ।  

रेडिगो, नयाँगो, गो र गो प्लस गाडीहरूमा आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि, तथा कम मूल्य आदि यी गाडीका विशेषताहरू रहेका छन् । 

जेठ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस