×

NMB BANK
NIC ASIA

भारतीय लोकसभा चुनाव

बीजेपीले ३ सय भन्दा बढी सिट जित्ने 'एक्जिट पोल'को भविष्यवाणी

जेठ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ -संसारको सबभन्दा ठूलो लोकतान्त्रिक देश मानिने भारतको लोकसभा चुनाव आइतवार साँझ सकिएको छ । भारतमा ११ अप्रिलदेखि १९ मेसम्म सात चरणमा मतदान भएको थियो । चुनाव सकिए लगत्तै भारतीय संचारमाध्यम र विभिन्न एजेन्सीहरूले नतिजाको भविष्यवाणी गरेका छन् । उक्त भविष्यवाणीलाई 'एक्जिट पोल' भन्ने गरिन्छ ।

Muktinath Bank

एक्जिट पोलको नतिजाले २०१९ को लोकसभा चुनावमा पनि भारतीय जनता पार्टी (बीजेपी)को दबदबा रहने देखिएको छ । यसपटक पनि राहुल गान्धी नेतृत्वको कांग्रेसले बीजेपीलाई टक्कर दिन नसकेको एक्जिट पोलले देखाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रिपब्लिक र सी वोटरले गरेको संयुक्त सर्वेक्षणमा बीजेपी गठबन्धन 'एनडीए'ले  २ सय ८७ सीट जित्ने देखाएको छ भने कांग्रेस नेतृत्वको गठबन्धन 'यूपीए'ले १ सय २८ र अन्य पार्टीहरूको १ सय २७ सीट आउने भविष्यवाणी गरेको छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै 'रिपब्लिक' र 'जनकी बात' नामका एजेन्सीले गरेको संयुक्त सर्वेक्षणको भविष्यवाणीमा एनडीएले ३ सय ५ सीट जित्ने आंकलन गरेको छ भने यूपीएले १ सय २४ र अन्य पार्टीहरूले १ सय १३ सीट जित्ने आंकलन गरेको छ ।  

Vianet communication
Laxmi Bank

टाइम्स नाऊ र वीएमआरले गरेको संयुक्त सर्वेक्षणमा एनडीए गठबन्धनले ३ सय ६, युपीए गठबन्धनले १ सय ४२ र अन्यले ९४ सीट जित्ने भविष्यवाणी गरेको छ भने 'न्युज नेसन'ले गरेको सर्वेक्षणमा एनडीएले  २ सय ८२ देखि २ सय ९० सीट जित्न सक्ने दाबी गरिएको छ । त्यस्तै युपीए गठबन्धनले १ सय १८ देखि १ सय २६ सीट र अन्यले १ सय ३० देखि १ सय ३८ सीट जित्न सक्ने आंकलन गरिएको छ ।  

भारतमा ५ सय ४२ सिटमा मतदान भएको हो । २०१४ सालमा भएको निर्वाचनमा बीजेपीले २८२ सीट जितेको थियो भने कांग्रेसले जम्मा ४४ सिट जितेको थियो । २०१९ सालको निर्वाचनमा पनि कांग्रेसले नराम्रोसँग हार बेहोर्नुपर्ने भविष्यवाणी भइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x