राजपा नेपालको अध्यक्ष मण्डलको व्यवस्था खारेज

जेठ ६, २०७६

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मा अब अध्यक्ष मण्डलको व्यवस्था खारेज हुने भएको छ ।

पार्टीको महाधिवेशनसम्म मात्रै अध्यक्ष मण्डलको व्यवस्था रहनेछ । अहिले चक्रीय प्रणालीअनुसार अध्यक्ष मण्डलमा रहेका ६ जना नेता पालैपालो संयोजक हुँदै आएका छन् ।


ADVERTISEMENT

राजपा नेपालको केन्द्रीय कार्यालय बबरमहलमा आइतबार सम्पन्न अध्यक्ष मण्डलको बैठकले पार्टी विधानमा रहेको अध्यक्ष मण्डलको व्यवस्था खारेज गर्दै अध्यक्ष प्रणालीअनुसार एकता महाधिवेशन गर्ने निर्णय गरेको छ ।
विगतमा बसेका विभिन्न तहका बैठकमा सहभागी नेताले अध्यक्ष मण्डलको व्यवस्था खारेज गर्नुपर्ने माग गर्दै आएका थिए ।

राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले एकता महाधिवेशनबाट पार्टी अध्यक्ष मण्डल प्रणालीमा नभई अध्यक्ष व्यवस्थामा जाने बताए । २८, २९ र ३० कात्तिकमा एकता महाधिवेशन गर्ने निर्णय पार्टीले यसअघि नै गरिसकेको छ ।राजधानी दैनिकमा खबर छ ।

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस