पौडी खेल्ने क्रममा १ जनाको मृत्यु

जेठ ६, २०७६

धादिङ – काठमाडौंबाट पोखरा घुम्न निस्केका १ युवा धादिङमा पौडी खेल्न खोला गएपछि डुबेर आइतवार मृत्यु भएको छ ।

गल्छी गाउँपालिका–४ चिरौदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए ।


ADVERTISEMENT

काठमाडौंबाट ४ जना मोटरसाइकलमा आएकामा उनीहरू अत्यधिक गर्मीका कारण नदीमा नुहाउन गएका थिए । पौडी खेल्दा डुबेपछि उद्धार गर्न नसकेर उनको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

धादिङको नौबिसेमा मोटरसाइकल दुर्घटनामा चालकको आइतवार राति मृत्यु भएको छ । धार्केबजारबाट नौबिसेतर्फ जाँदै गरेको बा३५प ९३९१ नम्बरको मोटरसाइकललाई एउटा अर्काे गाडीले ठक्कर दिएपछि धुनीबेंसी नगरपालिका–१ का ३० वर्षीय दिपेश घलानको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको पहिचान नखुलेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

घटनापछि बजारवासीले केहीबेर सडक अवरुद्ध गरेका थिए । प्रहरीले घटना गराउने सवारी साधन खोजी गर्ने बताएपछि राजमार्ग सञ्चालन भएको थियो । 

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस