×

NMB BANK
NIC ASIA

दलाई लामाको कार्यक्रममा सहभागी भएका सांसदहरूले दिए यस्तो स्पष्टिकरण

जेठ ६, २०७६

NTC
Sarbottam
सांसद् प्रदीप यादव
Premier Steels
Marvel

काठमाडौं- प्रतिनिधिसभाका सदस्यद्वय एकवाल मियाँ र प्रदीप यादवले गलत सूचनाका कारण तिब्बतसम्बन्धी सम्मेलनमा सहभागिता हुन गएको प्रति दुःख व्यक्त गरेका छन् ।

Muktinath Bank

सांसदद्वयले जारी गरेको विज्ञप्तिमा व्यक्तिगत हैसियतमा निजी तवरबाट टर्की, स्वीट्जरल्याण्ड र लाट्भियाको भ्रमणमा गएका बेला लाट्भियाको राजधानी रिगामा कानून निर्माताहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको भन्ने गलत सूचनाका कारणले अनभिज्ञतावश सहभागी हुन पुगेको उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'जब हामीलाई सम्मेलनका बारेमा यथार्थ जानकारी भयो, हामी तत्काल सम्मेलनस्थल छोडी स्वदेश फर्कियौं, गलत सूचनाको कारणबाट उक्त सम्मेलनमा हाम्रो सहभागिता हुन गएको प्रति हामी दुःखी छौं,' सांसदद्वय मियाँ र यादवले संयुक्त रूपमा हस्ताक्षर गरी जारी गरेको वक्तव्यमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

नेपालको संविधान, प्रचलित कानूनले निर्धारण गरेका अन्तर्राष्ट्रिय सम्बन्ध तथा सरकारको एक चीन नीतिप्रति प्रतिबद्धता र दृढ समर्थन रहेको उनीहरूले बताएका छन् । प्रतिनिधिसभा नियमावली २०७५ ले सदस्यका लागि निर्धारण गरेका शर्तबन्देजलगायत पालना गर्नुपर्ने आचार संहितासम्बन्धी व्यवस्थालाई पूर्ण रूपमा पालना गरिने प्रतिबद्धता पनि विज्ञप्तिमार्फत व्यक्त गरिएको छ ।

Vianet communication
Laxmi Bank

आफूहरूले आजै सभामुख कृष्णबहादुर महरालाई भेटी घटनाका बारेमा यथार्थ जानकारी गराएको संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद मियाँले बताए । गत वैशाख २४ देखि २७ सम्म रिगामा सांसदहरूको तिब्बतसम्बन्धी विश्व सम्मेलन भएको थियो ।

दलाई लामाको कार्यक्रममा सहभागी भएको भन्दै सांसदद्वयको तीव्र आलोचना भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x