×

NMB BANK
NIC ASIA

मुख्य समाचार

राजपा केन्द्रीय सदस्यद्वय थुनामा, कार्यक्रममा बोल्दाबोल्दै ढलेका शिक्षकको मृत्यु

जेठ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

  काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका लागि वैदेशिक लगानी र प्रविधि भित्र्याइने बताएका छन् ।  मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण (अप्टिकल फाइबर नेटवर्क) को सोमबार गल्छी गाउँपालिका–४ मासटारमा शिलान्यास गर्दै उनले विकास गर्नका लागि देशमा सम्भावना नै सम्भावना भएको बताए । 

Muktinath Bank

    उनले नेपाल जस्तो उर्वर देशले कृषिलगायतका खानेकुरा आयात गरिरहेकाप्रति चिन्ता व्यक्त गर्दै यसको अन्त्य गर्नुपर्नेमा जोड दिए ।  प्रधानमन्त्री ओलीले कृषिमा आधुनिकीकरण, व्यवसायिकीकरण तथा यान्त्रिकीकरण गरी यसलाई व्यवहारमा उतार्ने गरी आगामी बजेट आउने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    आगामी वर्ष दुनियाँमा तीव्र आर्थिक विकास गरेको देशका रूपमा चिनिने गरी विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले युवालाई देशमै विकासका लागि लाग्न, कृषिमा आमूल परिवर्तन हुने गरी लाग्न र निर्यात गर्ने कृषि व्यवसायी बन्न आग्रह गरे ।  उनले सूचना महामार्गले शिक्षा, स्वास्थ्यलगायतको विकासका लागि सबैलाई छरितो बनाउने भएकाले यसले विकासका अन्य ढोकाहरू खोल्ने र ‘समृद्ध नेपाल, सुखी नेपाली’ हुनका लागि बृहत् काम गर्न सकिने बताए । 
 प्रधानमन्त्री ओलीले युवाहरूले सरकारलाई साथ दिएमा छिटो विकास सम्भव भएकामा जोड दिए । 


Advertisment
Nabil box
Kumari

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले डिजिटल नेपालको फ्रेमवर्कलाई १५औँ योजनाले समेटेकाले चार वर्षभित्र यसले रु आठ अर्बको गार्हस्थ्य उत्पादनको योगदान गर्ने बताए । 
    
    कार्यक्रममा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, सांसद खेम लोहनी, भूमि त्रिपाठी, प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेलगायतले बूढीगण्डकी जलविद्युत् एक हजार २०० मेघावाट नघटाई निर्माण गर्न, चीनबाट भारतसम्म जोड्ने छोटो दूरीका सडकहरू निर्माण गर्न, गिट्टी, वालुवा उत्खनन तथा निकासीसम्बन्धी कानून निर्माण गर्न, सडकहरू निर्माण गर्न एवं तरकारी सुपरजोन बनाउनुपर्नेमा जोड दिए  । 
    
    प्रदेश नं १, २ र ३ का ३५ जिल्ला तथा मध्यपहाडी लोकमार्ग र सो लोकमार्गमा जोडिने अन्य मार्गहरूमा अप्टिकल फाइबर नेटवर्क विस्तार तथा उच्च क्षमताका उपकरण जडान गरी सूचना महामार्ग निर्माण गर्न शुरु गरिएको बताइएको छ । सो परियोजना रु तीन अर्ब छ करोड ४२ लाख ५९ हजार ९२९ को लागतमा दुई वर्षभित्र सम्पन्न गरिने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । 
राजपा केन्द्रीय सदस्यद्वय थुनामा

Vianet communication
Laxmi Bank

    पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य विश्वनाथप्रसाद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका छन् । 

किर्ते गरी उपभोक्ता समिति गठन गरेको तथा सरकारी कागजात किर्ते गरेको मुद्दामा उनीहरू थुनामा परेका हुन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको एकल इजलाशले यादव र मण्डललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

 अग्निसाइर कृष्णासवरण गाउँपालिका तथा छिन्नमस्ता गाउँपालिकामा प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालित सडक निर्माण योजनाका लागि किर्ते गरी उपभोक्ता समिति बनाएको र सरकारी कार्यालयको कागजात किर्ते गरेको अभियोगमा दुवै जनामाथि एक महीनाअघि सप्तरी प्रहरीले अनुसन्धान थालेको थियो । यसैगरी सोही प्रकरणमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत रु चार लाख धरौटीमा रिहा भएका छन् ।

 पक्राउ परेका रुपनी गाउँपालिका–६ का रामानन्द ठाकुर र सोही ठाउँका दिलीप दाससँग अदालतले रु दुई लाख ५० हजार धरौटी माग गरेको छ ।

काङ्ग्रेसद्वारा समन्वय समिति गठन

    प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारका विभिन्न मन्त्रालयमा निगरानी गर्न समन्वय समिति (छाया सरकार) गठन गरेको छ ।  काङ्ग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिम सो समन्वय समिति गठन गरेका हुन् ।  

    सोअनुसार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय समन्वय समितिका संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की एवं सदस्यमा सत्यनारायण खनाल र ज्ञानकुमारी छन्त्याल छन् ।  परराष्ट्र मन्त्रालय समन्वय समितिका संयोजकमा डा नारायण खड्का एवं सदस्यमा डा अमेरशकुमार सिंह र दिव्यमणि राजभण्डारी सदस्य रहेको दलको कार्यालयका निजी सचिव केशवराज जोशीले जानकारी दिए । 
  त्यस्तै अर्थ मन्त्रालय समन्वय समितिका संयोजकमा डा  मीनेन्द्र रिजाल एवं सदस्यमा मीना पाण्डे र विनोदकुमार चौधरी छन् ।  गृह मन्त्रालय समन्वय समितिका संयोजकमा दिलेन्द्रप्रसाद बडू एवं सदस्यमा रमेशजङ्ग रायमाझी र महेन्द्रकुमारी लिम्बू रहेका छन् । 

    शहरी विकास मन्त्रालय समन्वय समितिका संयोजकमा उमाकान्त चौधरी एवं सदस्यमा मीनाक्षी झा र रामबहादुर विष्ट रहको निजी सचिव जोशीले बताए । 
 युवा तथा खेलकूद मन्त्रालय समन्वय समितिका संयोजकमा किशोरसिंह राठौर एवं सदस्यमा रंगमती शाही र दुर्गाप्रसाद उपाध्याय छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समन्वय समितिका संयोजकमा मीनबहादुर विश्वकर्मा एवं सदस्यमा विन्दादेवी आले राना र कर्मा घले हुनुहुन्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समन्वय समितिका संयोजकमा गगनकुमार थापा एवं सदस्यमा उमेश श्रेष्ठ र नमिताकुमारी चौधरी रहेको काँग्रेसले जनाएको छ । 

    खानेपानी मन्त्रालय समन्वय समितिका संयोजकमा सुजाता परियार एवं सदस्यमा मीना सुब्बा र नागेन्द्रकुमार राय छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समन्वय समितिका संयोजकमा पार्वता डिसी चौधरी एवं सदस्यमा सीताराम महतो र मोहन आचार्य छन् । 

    त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समन्वय समितिका संयोजकमा देवेन्द्रराज कँडेल एवं सदस्यमा प्रकाश स्नेही रसाइली र प्रमिला राई छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समन्वय समितिका संयोजकमा डा  डिला संग्रौला  एवं सदस्यमा प्रकाश पन्थ छन् भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समन्वय समितिका संयोजकमा बहादुरसिंह लामा एव सदस्यमा सूर्यबहादुर केसी र विमला नेपाली छन्  । 

    भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय समन्वय समितिका संयोजकमा लक्ष्मी परियार एवं सदस्यमा प्रमोदकुमार यादव र स्मृतिनारायण चौधरी छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समन्वय समितिका संयोजकमा अतहरकमाल मुसलमान एवं सदस्यमा तेजुलाल चौधरी र धनकुमारी खतिवडा रहेको संसदीय दलको कार्यालयले जनाएको छ । कृषि तथा पशुपक्षी मन्त्रालय समन्वय समितिका संयोजकमा पद्मनारायण चौधरी एवं सदस्यमा अनिता देवकोटा र सरवत आरा खानम हलुवाइनी छन् । 

    त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समन्वय समितिका संयोजकमा उमा रेग्मी एवं सदस्यमा लालकाजी गुरुङ्ग र हीरा गुरुङ्ग रहेका छन् भने रक्षा मन्त्रालय समन्वय समितिका संयोजकमा भीमसेनदास प्रधान एवं सदस्यमा अभिषेकप्रताप शाह छन् ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समन्वय समितिका संयोजकमा सञ्जयकुमार गौतम एवं सदस्यमा जीपछिरिङ लामा र देवप्रसाद तिमिल्सिना छन् । साथै वन तथा वातावरण मन्त्रालय समन्वय समितिका संयोजकमा राजेन्द्रकुमार केसी एवं सदस्यमा मुक्ताकुमारी यादव छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय समन्वय समितिका संयोजकको जिम्मेवारी राधेश्याम अधिकारीलाई प्रदान गरिएको छ ।

वार्षिक प्रतिवेदन पेश
प्रतिनिधिसभामा “महालेखा परीक्षकको ५६ औँ वार्षिक प्रतिवेदन, २०७५” पेश भएको छ । 
  
    प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले सो प्रतिवेदन सदन समक्ष पेश गरेका हुन् ।  त्यसैगरी, मन्त्री ढकालले “नेपाल सरकारको आर्थिक वर्ष २०७४÷७५ को सुशासन प्रतिवेदन” र “राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वर्ष ०७४÷७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन” पेश गरे ।    

    बैठकमा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले आर्थिक वर्ष (आव) ०७६÷७७ को पूर्व बजेट छलफल कार्यक्रम सम्बन्धी प्रतवेदन, २०७६ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन ०७५÷७६ पेश गरे । 

सुरक्षाको माग गर्दै जनप्रतिनिधि सदरमुकाममा

    खप्तड छान्ना गाउँपालिका–६ का जनप्रतिनिधिसहित कर्मचारी सुरक्षाको माग गर्दै सदरमुकाम आएका छन् । वडाध्यक्ष तिलकबहादुर खड्का र सचिव दीपक खड्कालगायत जनप्रतिनिधि तथा कर्मचारी सदरमुकाम चैनपुर आएका हुन् ।

    आइतबार गाउँपालिकाको आयोजनामा वडास्तरीयअन्तर्गतका मावि र निमावि तहबीच पोषण, महीनावारी स्वच्छतासम्बन्धी वक्तृत्वकला कार्यक्रमको शुरुआत गरिरहेका बेला वडा कार्यालय नजीकै घर भएका डबलबहादुर खड्काले शिक्षक र जनप्रतिनिधिलाई गालीगलौच तथा दुव्र्यवहार गरेपछि सुरक्षाको माग गर्दै सदरमुकाम आएका वडाध्यक्षले जानकारी दिए । 

        बजेट अधिवेशन जेठ १३ गतेदेखि 

    प्रदेश नंं १ को बजेट अधिवेशन यही जेठ १३ गतेबाट शुरु हुने भएको छ ।

प्रदेश सरकारले यस अधिवेशनमा आर्थिक वर्ष २०७६÷७७ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । पहिलो बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ । 

    
मृतकको सङ्ख्या चार पुग्यो 

    जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा गम्भीर घाइते दशरथचन्द नगरपालिका–१० बाराकोटका ४५ वर्षीय प्रकाश भट्टको सोमबार उपचारको क्रममा भारतको बरेलीमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए । 
 
    दशरथचन्द नगरपालिका–१० बाराकोटबाट नागार्जुनतर्फ जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आइतबार दशरथचन्द नगरपालिका–११ नानीगाडमा दुर्घटना हुँदा दशरथचन्द नगरपालिका–१० बाराकोटका ६० वर्षीय हिराबल्ल भट्ट, उनका सहोदर भाइ ५३ वर्षीय लालमणी भट्ट र लालमणिकी श्रीमती ५० वर्षीय नारुली भट्टको घटनास्थमै मृत्यु भएको थियो ।

जीप चालक नवीन भट्ट र कञ्चनपुरको भीमदत्तनगरका राहुल भट्ट घाइते भएका छन् । नवीनको भारतको पिथौरागढमा तथा राहुलको कञ्चनपुरमा उपचार भइरहेको छ । उनीहरू देवताल मन्दिर दर्शन गर्न जाँदा दुर्घटनामा परेका हुन् । 


बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या 
    
सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ । बक्यौता तिर्न बाँकी निजी विमान कम्पनी टाट पल्टेको अवस्था वा बन्द भएमा बक्यौता असुल्न कम्पनीमा मात्र सीमित रहने हो कि सञ्चालकको व्यक्तिगत घरघरानाबाट समेत असुल्ने भन्नेमा कानूनी समस्या देखिएको हो ।  
 
    विमान कम्पनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउण्ड हेण्डलिङ’ तथा अन्य सुविधा प्रयोग गरेबापत तिर्नुपर्ने सो बक्यौता उठाउन चुनौती देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको करीब रु दुई अर्ब बक्यौतामध्ये सञ्चालनमा नरहेका राष्ट्रिय विमान कम्पनीको करीब रु आठ करोड र सञ्चालनमा नरहेका अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु चार करोड बक्यौता असुल्न कानूनी समस्या देखिएको छ । 
 
    प्राधिकरणका अनुसार सञ्चालनमा नरहेका कस्मिक एयरको तीन करोड ३३ लाख १२ हजार ९०६, नेकोन एयरको चार करोड ६३ लाख ८५ हजार ५३ र अन्य राष्ट्रिय विमान कम्पनीको रु ५० लाख छ हजार ५१५ बक्यौता रहेको छ ।
 
    त्यस्तै सञ्चालनमा नरहेका अन्तर्राष्ट्रिय विमान कम्पनीमध्ये गल्फ एयरको दुई करोड २२ लाख १३ हजार ५४, किङ्ग फिसर एयरलाइन्सको एक करोड १५ लाख ९७ हजार ५६२ र अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीको रु एक करोड ४६ लाख १५ हजार ८३८ बक्यौता रहेको महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । 

चिया श्रमिक काममा फर्किए 

    लामो समयको आन्दोलनपछि चिया श्रमिक काममा फर्किएका छन् । तीन दिनअघि श्रमिक र रोजगारदाताबीच सहमति भएको थियो ।  

    रोजगारदाताले श्रमिक ज्याला कार्यान्वयन गर्न ढिला स्वीकृति दिएकाले उनीहरू सोमबारदेखि काममा फर्किएका हुन् । बगानमा ५१ श्रमिकमध्ये अहिले २५÷२६ जनाले मात्र काम गर्दै आएका छन् । चिया बाझिएकाले कामको चटारो नहुँदा करार दरबन्दीका कर्मचारी कामविहीन भएका छन् । चिया टिप्नुको सट्टा फाँड्नुपर्ने र कम जनशक्तिले काम चल्ने हुँदा अन्य श्रमिकलाई फर्काइएको हो । बगानमा राम्रो चिया पत्ती नहुँदा तथा चियाको आम्दानी न्यून भएका कारण हाल स्थायी दरबन्दीका कर्मचारी मात्र काममा फर्र्किएको कन्याम चिया बगानका श्रमिक रमेश खड्काले बताए । 
 
    चिया बगान व्यवस्थापनले तत्कालका लागि करार र अस्थायी दरबन्दीका कर्मचारी हटाइए पनि कामको समयमा बोलाउने जनाएको छ । 

मन्तव्य राख्ने क्रममा निधन

    फिदिम नगरपालिका–१४ स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको विद्यालयमा आफ्नो स्वागतका लागि राखिएको कार्यक्रममा मन्तव्य राख्ने क्रममा मृत्यु भएको छ । 

    विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाइ तथा नवनियुक्त शिक्षक फागोको स्वागतका लागि आयोजित कार्यक्रममा मन्तव्य राख्ने क्रममा उनको मृत्यु भएको हो । मन्तव्य राख्दै गर्दा शिक्षक फागो बेहोस भएर ढलेका थिए ।

    फिदिम–११ मूलडाँडा स्थायी घर भएका ३५ वर्षीय शिक्षक फागोको बेहोस भएको केहीबेरमै मृत्यु भएको बताइएको छ । शवपरीक्षणका लागि सरदरमुकाम लगिएको तमाखेस्थित प्रहरी चौकीले जनाएको छ । शिक्षक फागोलाई केही दिनअघि मात्र करारमा नियुक्त गरिएको विद्यालयका प्रधानाध्यापक कमलप्रसाद बाँस्कोटाले बताए । 


गुणस्तरीय सडक निर्माणमा जोड

    देशका ७६ जिल्ला सदरमुकाम सडक सञ्जालसँग जोडिएसँगै सरकारले सडक विस्तारभन्दा गुणस्तरीय सडक निर्माणमा जोड दिएको छ । पहिले सडक सञ्जाल विस्तार गर्नु पहिलो उद्देश्य भए पनि आगामी वर्षको बजेटले भएका सडकको स्तरोन्नतिमा बढी केन्द्रित हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयले अहिले पहुँचलाई कम प्राथमिकता दिएको प्रवक्ता शिवहरि सापकोटाले बताए । उनका अनुसार देशभरमा अहिले हुम्ला जिल्ला सदरमुकाम मात्रै सडक सञ्जालसँग जोडिन बाँकी छ । उनले भने, “अहिले जनताले पनि सडक निर्माण मात्र भन्दा पनि गुणस्तरीय सडकको माग गरिरहेका छन् ।”

    पहिले भित्री सडकबाहेकका सडक निर्माण नेपाल सरकारले नै गर्दै आएको थियो । नयाँ संरचनाअनुसार तीन तहको सरकारलाई नै सडकको जिम्मेवारी बाँडफाँटको समेत योजना बनिरहेको प्रवक्ता सापकोटाले बताए । 

सामाजिक सञ्जालमा लेख्ने पक्राउ

    महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीबारे तल्लोस्तरमा लेख्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले नेपाली खबर अनलाइनमा ‘कमेन्ट’ गर्ने सिन्धुपाल्चोकका ३४ वर्षीय लालबहादुर तामाङलाई आज बानेश्वरबाट पक्राउ गरेको हो । 

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले सामाजिक सञ्जालको दुरुपयोग गरी त्रास फैलाउने कार्यमा संलग्न रहेकाले तामाङलाई पक्राउ गरिएको जानकारी दिए । 
 अभियुक्त तामाङलाई विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x