भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं – स्पाइसजेट एयरलाइन्सको एक उडानमा विमान कर्मचारीको लापरवाहीका कारण महिला यात्रुको छाला डढेको छ ।
त्यसपछि ती महिला कोचिन विमानस्थलमा उपचारका लागि झर्नुपरेको छ ।
मुम्बईबाट कोचिन गइरहेको फ्लाइट एसजी–१५३ मा एक विमान कर्मचारीले वृद्धलाई अति तातो पानी दिएपछि उनले समातिरहन सकेनन् र गिलासको पानी सँगै बसेकी महिला यात्रीमा खस्यो ।
तातो पानीका कारण महिलाको जाँघमा २० प्रतिशत भाग डढ्यो । उपचारका लागि महिला कोचिन विमानस्थलमा रोकिइन् । महिलाले एयरलाइन्ससँग क्षतिपूर्तिको माग गर्दा उसले अस्वीकार गरिदियो ।
घटना चैतमा भएको हो । महिला सीट नम्बर ३२एफमा बसेकी थिइन् । उनले भनिन्, ‘एकजना वृद्ध मसँगैको सीटमा बसेका थिए । उनले एयर होस्टेससँग तातो पानी मागे । मनतातो पानी ल्याइदिएको भए यो घटना हुँदैनथियो । तातो पानी परेपछि मलाई असह्य पीडा भयो र म उठेर विमान कर्मचारीकहाँ पुगें । एयर होस्टेसले मलाई बरफका टुक्रा दिइन् । मैले प्यान्ट उचालेर ग्यालरीमै उभिएर घाउमा बरफ दलें ।’
अवतरणपछि आफैंले सुटकेस लिएर ओर्लनुपरेको महिलाको भनाइ छ । विमान कर्मचारीले आफूलाई कुनै सहयोग नगरेको उनी बताउँछिन् । तर एयरलाइन्सले भने विमान कर्मचारीले महिलालाई सहयोग गरेको जनाएको छ ।
स्पाइसजेटले वृद्धलाई तातो पानी चाहिएकाले पानी नछल्किने गरी सावधानी अपनाइएको र एयर होस्टेसले आधी गिलास पानी मात्र दिएको जनायो ।
महिलाले चाहिँ यसलाई नकार्दै घाउ हेर्दा नै गिलास आधा थियो कि आधाभन्दा बढी भन्ने थाहा हुने बताइन् ।
एजेन्सी
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...