×

NMB BANK
NIC ASIA

मुटु सुन्निएर ज्यान नै जान सक्छ

जेठ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मुटु सुन्निएर ज्यान नै जान सक्छ । तर, मुटु पनि सुन्निएला र ज्यान जाला भन्ने कमैले सोचेको हुन सक्छ । चस्किनु र ढुकढुक हुनु मात्रै मुटुको समस्या हो भन्ने सोचाइ अधिकांशको हुन्छ । तर, मुटु सुन्निनु पनि गम्भीर समस्या हो । मुटु सुन्निँदा देखिने लक्षण र यसले निम्त्याउने खतरा यस्ता छन् । 

Sagarmatha Cement
Muktinath Bank

कस्ता लक्षण देखिन्छन् ?
थोरै मात्रै हिँडे पनि निकै नै स्याँ–स्याँ भयो भने मुटु सुन्निएको लक्षण हुन सक्छ । फोक्सोमा समस्या भयो भन्ने अनुमान धेरैको हुन सक्छ, तर समस्या मुटु सुन्निएर भएको हुन सक्छ । सुन्निएर मुटुको आकार नै ठूलो भएको अवस्थामा यस्तो लक्षण देखिन्छ । मुटु धेरै नै सुन्निएपछि र केही दिनपछि हातगोडा पनि सुन्निने, पेट फुल्ने, पूरै शरीर नै फुल्नेजस्ता लक्षण देखिन्छन् । त्यसो त अधिकांशलाई धेरै वर्षसम्म पनि यसको लक्षण नै देखिँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कस्तोखाले समस्या हो ?
मुटु सुन्निने समस्यालाई मेडिकल भाषामा कार्डियोमायोप्याथी भनिन्छ । मुटु सुन्निने कारण धेरै हुन सक्छ । यसमध्ये डाइलेटेड कार्डियोमायोप्याथी एउटा हो । यो मुटुको मांसपेशीमा लाग्ने रोग हो । यो समस्याको मुख्य कारण त अहिलेसम्म पनि विश्वका मुटुरोगविज्ञहरूका लागि खोजीकै विषय बनिरहेको छ ।


Advertisment
Nabil box
Kumari

मुटु सुन्निएपछि के हुन्छ ?
सुन्निने समस्या छिप्पिँदै गएपछि मुटुको पम्प गर्ने क्षमतामै कमी आउँछ । जब मुटुले रगत पम्प गर्न सक्दैन, तब सफा भएर फोक्सोमा आउनुपर्ने रगत कम हुन्छ । शरीरको तल्लो भाग अर्थात् खुट्टातिरबाट मुटुमा आउनुपर्ने रगतको गति पनि कम हुन जान्छ । यसैगरी, मुटुको पम्प सुस्त भएपछि शरीरका विभिन्न अंगबाट मुटुमा फर्किनुपर्ने रगतको गतिमा पनि सुस्तता आउँछ । यस्तो समस्या भएपछि नै सास फेर्न असहज हुनेजस्ता लक्षण देखिने हो ।

Vianet communication
Laxmi Bank

कस्ता व्यक्ति निसानामा ?
मुटु सुन्निने अर्थात् कार्डियोमायोप्याथी समस्या खासगरी हार्टअट्याक भएका तथा लामो समयदेखि हाई ब्लडप्रेसरको सामना गरिरहेका व्यक्तिलाई देखिन्छ । त्यसो त लामो समयसम्म रक्सी सेवन गर्नेलाई पनि यसको खतरा हुन्छ । गर्भवती भएको अवस्थामा महिला यसको निसानामा पर्न सक्छन् । केहीमा भने मुटु सुन्निने समस्या वंशाणुगत पनि हुन सक्छ । निसानामा यस्ता व्यक्ति बढी परे पनि सामान्य व्यक्तिलाई भने समस्या हुँदै हुँदैन भन्नेचाहिँ होइन । यो रोगको सुगरसँग पनि कुनै प्रत्यक्ष सरोकार छैन । सुगर र प्रेसरका बिरामीलाई हृदयाघातको खतरा भने सधैँ उच्चचाहिँ रहन्छ । यस्ता बिरामीले डाक्टरले भनेअनुसार आफ्नो स्वास्थ्यजाँच नियमित गराउनुपर्छ । यस्तै, सामान्य व्यक्तिले पनि कोलेस्ट्रोल र मिर्गौलाको कार्यक्षमता बुझ्न रगत जँचाउनुपर्छ ।

कसरी जान्ने सुन्निएको ?
कतिपय व्यक्तिमा लक्षण नै नदेखिने र लक्षण देखिए पनि अन्य रोगसँग मिल्दोजुल्दो देखिने भएकाले मुटु सुन्निएकै हो÷होइन भनेर बुझ्न केही जाँच गर्नुपर्ने हुन्छ । पहिलो जाँच इसिजी नै हो, तर इसिजीमा मात्रै समस्या नदेखिन पनि सक्छ । इको, टिएमटीजस्ता जाँच पनि गर्नुपर्ने हुन्छ । मुटुको सुरक्षाका लागि कम्तीमा हरेक ६ महिनामा इसिजी, इको, टिएमटीजस्ता जाँच गर्नु राम्रो हुन्छ । रोग लागिसकेको भए पनि उपचार गरेर भविष्यमा निम्तिन सक्ने क्षतिबाट जोगिन सकिन्छ । मुटु सुन्निने समस्या निम्तिसकेको छ भने केही औषधि सेवन गर्नुपर्छ । एक हप्तामै औषधिले पूर्ण असर देखाउँछ । नयाँ पत्रिकाबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x